News Portal

  • अब नेपाली भाषामै इन्टरनेट डोमेन नेम

    हिमाली संचार संवाददाता
    ८३० पटक

    काठमाडौं – इन्टरनेटमा कुनै सामग्री हेर्नुपर्दा वा कुनै वेवसाइटमा जान पर्दा अंग्रेजी भाषामा डोमेन नेम हान्नुपर्छ । तर, चाँडै नै नेपाली भाषामा पनि इन्टरनेटको डोमेन नेम उपलब्ध हुने भएको छ ।

    विश्वभर इन्टरनेटको डोमेन नेम सिस्टम (डीएनएस) व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संस्था ‘इन्टरनेट कर्पोरेशन फर एसाइन्ड नेम्स एण्ड नम्बर्स’ (आईसीएएनएन) दक्षिण एसियामा धेरै बोलिने ९ भाषाका विभिन्न लिपीमा इन्टरनेट डोमेन नेम उपलब्ध गराउने तयारीमा जुटेको छ ।

    देवनागरी, बंगाली, गुजराती, गुरमुखी, कन्नडा, मलायालम, उडिया, तामिल र तेलगु गरी नौ लिपीमा डोमेन नेम उपलब्ध गराउने तयारी गरिरहेको आइसीएएनएन इन्डियाका प्रमुख समिरन गुप्ताले बताए । नौ लिपीहरु अन्तर्गत दक्षिण एसियामा बोलिने दर्जनौं भाषाहरु पर्छन् ।

    नेपाली भाषा देवनागरी लिपीअन्तर्गत पर्ने भाषा हो । देवनागरी लिपीमा नेपाली, संस्कृत, हिन्दी, भोजपुरी, मैथिली, मराठी, अवधी, पालीलगायतका भाषा पर्छन् ।

    आईसीएएनएनले विश्वभर प्रचलित लिपीहरुमा सुरक्षित र स्थिर रुपले उच्चस्तरीय डोमेन नेम उपलब्ध गराउनको लागि नियमहरु बनाउने काम गरिरहेको छ ।

    यसपछि अंग्रेजी भाषाको ज्ञान नभएका मानिसहरुले पनि अनलाइनमा आफ्नो भाषाको डोमेन नेमबाट इन्टनेटको प्रयोग गर्न सक्नेछन् ।

    उदाहरणको लागि तपाईले कुनै वेबसाइटमा नेपाली सामग्रीहरु हेर्नको अंग्रेजी डोमेन नेम टाइप गर्नुपर्दैन । तपाई सिधै नेपालीमा डोमेन नेम टाइप गरेर वेवसाइटमा प्रवेश गर्न सक्नुहुनेछ ।

    अहिलेसम्म विश्वभरका ५२ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन् र बाँकी ४८ प्रतिशतमध्ये धेरैजसो अंग्रेजी नबोल्ने मानिसहरु छन् ।

    ‘अंग्रेजीमा टाइप गर्न नसक्ने मानिसहरुलाई उनीहरुको आफ्नै भाषामा डोमेन नेम उपलब्ध गराएमा उनीहरुलाई पनि इन्टरनेटको पहुँचमा पुर्‍याउन सकिन्छ’ गुप्ताले भने ।

    दक्षिण एसियामा बोलीने भाषाहरुमा डोमेन नेम उपलब्ध गराउनको लागि समुदायमा आधारित समर्पित प्यानलबाट नियमहरु बनाउने काम भइरहेको उनले बताए ।

    नियो ब्राहृमी जेनेरेसन प्यानल नामको उक्त प्यानलमा यी भाषा बोलिने भारत, नेपाल, बंगलादेश, श्रीलंका र सिंगापुरका ६० भन्दा धेरै प्राविधिक विज्ञ र भाषाशास्त्रीहरु सम्मिलित छन् ।

    देवनागरी, गुजराती, गुरमुखी, कन्नडा, उडिया र तेलगु गरी ६ लिपीहरुको लागि तयार प्रस्तावहरु सार्वजनिक प्रतिक्रियाको लागि तयार भइसकेको जनाइएको छ ।

    यसको लागि आईसीएएनएनको वेवसाइटमा गएर कसैले पनि प्रस्तावहरुको समीक्षा गर्न र प्रतिक्रियाहरु दिन सक्ने जनाइएको छ ।
    टाइम्स नाउ इन्डियाबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...