News Portal

व्यवसायसँगै समाज सेवामा राम खाती

हिमाली संचार संवाददाता
४९८ पटक

वसन्तप्रताप सिंह
बझाङ, ३ बैशाख : थलारा गाउँपालिकाका ६, पिखेतका राम खाती कांग्रेसका स्थानीय नेता हुन् । राजनीति र समाजसेवा उनको रुचिको क्षेत्र हो । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको पदमा उम्मेदवारी दिएका उनी नेकपाका भुवनेश्वर उपाध्यायसँग पराजित भए ।

उनीजस्तै अधिकांश स्थानीय तहमा पराजित उम्मेदवारहरू जितेकाहरूले गरेका जुनसुकै कामको पनि आलोचना गर्दै हिंड्ने गरेका छन् । तर राम खातीले अरूको सिको गरेनन् । बरु उनले आफू नमुना बनेर देखाउन व्यवसाय सुरु गरे । कुखुरापालनबाट डेढ वर्षमा उनी गाउँपालिकाकै सफल व्यवसायी मात्र बनेका छैनन्, अरूलाई पनि व्यवसायमा लाग्न उत्प्रेरणा दिइरहेका छन् ।

उनले गाउँकै छेउमा रहेको जग्गामा कुखुरा फार्म खोलेका छन् । बिहानदेखि साँझ अबेरसम्म कुखुराको स्याहार गर्नु उनको दैनिकी हो । यसबाहेक गाउँमा हुने गरेका विकास निर्माणका छलफल र कार्यक्रममा पनि उनी पुगेकै हुन्छन् । गाउँपालिकाको विकास योजना निर्माण गर्न उनले आफूलाई पराजित गरेका गाउँपालिका अध्यक्षलाई पनि सहयोग गर्दै आएका छन् ।

‘चुनावमा हारजित सामान्य हो । राजनीति भनेको विकासका लागि हो । स्वार्थका लागि होइन,’ कुखुरा फार्ममा काम गर्दै गरेको अवस्थामा भेटिएका खातीले भने, ‘मैले हारें भन्दैमा गाउँपालिकाले गरेका सबै कामको विरोध गर्दै हिँड्नु राम्रो होइन । राम्रो कामका लागि मैले आफूले सक्दो सहयोग गर्दै आएको छु । जीविका चलाउनलाई लागि व्यवसाय गर्छु ।’

२ सय ५० कुखुराका चल्लाबाट सुरु गरेको पोल्ट्री फार्ममा अहिले ८ सय चल्ला छन् । ग्राहक उनको फार्ममै आएर २ सय ४० रुपैयाँ किलोका दरले जिउँदो कुखुरा किनेर लैजान्छन् । फार्ममा बिक्री नभएका कुखुरा बेच्न गाउँपालिका नजिकै उनले मासु पसल पनि खोलेका छन् । उनको पोल्ट्री फार्म र पसलमा २ जनाले रोजगारीसमेत पाएका छन् । सबै खर्च कटाएर महिनामा ६० देखि ८० हजारसम्म चोखो नाफा हुने गरेको उनले बताए ।

स्नातकोत्तर गरेका उनले पढेलेखेका युवा आफ्नो गाउँमा श्रम गर्न लाज मान्ने तर विदेशमा गएर जस्तोसुकै काम गर्न पनि तयार हुने मानसिकतालाई तोड्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘पढेका मान्छेले कृषिकर्म गर्नु हुँदैन भन्ने धारणामा पनि परिवर्तन आओस् भन्ने मेरो इच्छा हो । पढेको छ, नेता हो भन्दैमा कामै नगर्ने, गफ चुटेर खाने संस्कार पनि बदल्नु छ,’ उनले व्यवसायबाट गरेको फाइदा देखेर हाल गाउँपालिकामा २० जना बढी शिक्षित युवाले पोल्ट्री व्यवसाय थालेको र आफूसँग सल्लाह लिएर थुप्रै युवाले तरकारी खेती, दुग्ध व्यवसाय, बाख्रापालनलगायतमा संलग्न भएको उनले बताए ।

‘पढेपछि कि त जागिर खानुपर्छ, कि त विदेश जानुपर्छ भन्ने युवाहरूको मान्यतामा विस्तारै परिवर्तन आउँदै छ,’ उनले भने । गाउँपालिका अध्यक्ष भुवनेश्वर जोशी पनि खातीको व्यावसायिक लगावप्रति खुलेरै प्रशंसा गर्छन् । गाउँपालिकाले लिएको कृषिमा नमुना गाउँपालिका बनाउने लक्ष्य हासिल गर्न खातीको ठूलो भूमिका रहेको उपाध्यायको भनाइ छ ।

‘उहाँ आफूले मात्र व्यवसाय गरिरहनुभएको छैन । अरूलाई पनि विभिन्न व्यवसायमा लाग्नका लागि प्रेरणा दिइरहनुभएको छ,’ उपाध्यायले भने ‘उहाँकै प्रेरणा र सल्लाहमा धेरै युवाहरू व्यवसायमा संलग्न भइसकेका छन्,’ खातीले उनले गाउँमै बसेर उत्पादनमूलक व्यवसायमा लाग्न चाहने युवाहरूलाई गाउँपालिकाले पनि प्राविधिक तथा आर्थिक सहयोग गर्ने गरेको बताए ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...