News Portal

भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

१९७ पटक

तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण, सशक्त कनेक्टिभिटी र निर्बाध पारवहन प्रणालीलाई सर्वाधिक प्राथमिकतामा राख्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।

तुर्कमेनिस्तानमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय सम्मेलन अन्तर्गतको ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय राउन्ड टेबललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले समृद्धिको यात्रामा तीनवटै पक्षलाई रणनीतिक एजेन्डा बनाएको स्पष्ट पारे।

उनले भने, “हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सपना साकार पार्न पूर्वाधार निर्माण, सबल सम्पर्क सञ्जाल र सहज पारवहन प्रणालीमा केन्द्रित छौं। यी स्तम्भहरू दिगो र तेज आर्थिक वृद्धिका आधार हुन्।”

नेपाल जस्ता भूपरिवेष्टित मुलुकहरूलाई अन्तरदेशीय मार्ग, डिजिटल सम्पर्क र व्यापारिक सहजता सुनिश्चित गर्न क्षेत्रीय साझेदारी अपरिहार्य रहेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले नेपालले सीमापार सम्पर्क सञ्जाल विस्तार र पारवहन सञ्जाल मजबुत बनाउन नीति तथा कार्ययोजनाहरू अघि सारेको उल्लेख गरे।

“हामी विश्वसामु एउटा यस्तो समावेशी भविष्यको आह्वान गर्छौं, जहाँ कुनै मुलुक पछाडि नपरोस्। कनेक्टिभिटी, ट्रान्जिट र पूर्वाधारमा समान पहुँच सबै राष्ट्रको अधिकार हो,” ओलीको भावुक मन्तव्य थियो।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...