News Portal

भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

२३८ पटक

तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण, सशक्त कनेक्टिभिटी र निर्बाध पारवहन प्रणालीलाई सर्वाधिक प्राथमिकतामा राख्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।

तुर्कमेनिस्तानमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय सम्मेलन अन्तर्गतको ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय राउन्ड टेबललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले समृद्धिको यात्रामा तीनवटै पक्षलाई रणनीतिक एजेन्डा बनाएको स्पष्ट पारे।

उनले भने, “हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सपना साकार पार्न पूर्वाधार निर्माण, सबल सम्पर्क सञ्जाल र सहज पारवहन प्रणालीमा केन्द्रित छौं। यी स्तम्भहरू दिगो र तेज आर्थिक वृद्धिका आधार हुन्।”

नेपाल जस्ता भूपरिवेष्टित मुलुकहरूलाई अन्तरदेशीय मार्ग, डिजिटल सम्पर्क र व्यापारिक सहजता सुनिश्चित गर्न क्षेत्रीय साझेदारी अपरिहार्य रहेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले नेपालले सीमापार सम्पर्क सञ्जाल विस्तार र पारवहन सञ्जाल मजबुत बनाउन नीति तथा कार्ययोजनाहरू अघि सारेको उल्लेख गरे।

“हामी विश्वसामु एउटा यस्तो समावेशी भविष्यको आह्वान गर्छौं, जहाँ कुनै मुलुक पछाडि नपरोस्। कनेक्टिभिटी, ट्रान्जिट र पूर्वाधारमा समान पहुँच सबै राष्ट्रको अधिकार हो,” ओलीको भावुक मन्तव्य थियो।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...