News Portal

  • बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    २०८ पटक

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको आशंकामा दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना साउन १८ गते राति गोकर्णेश्वर–६ स्थित नारायणटारको लामा पेट्रोल पम्प नजिक भएको हो।

    प्रहरीका अनुसार खुकुरी प्रहारबाट घाइते भएका व्यक्ति मकवानपुरका सुरेन्द्र थोकर हुन्, जो हाल गोकर्णेश्वर–४ को गोकर्ण नाम्गेल क्षेत्रमा बसोबास गर्दै आएका थिए।

    उक्त आक्रमणमा संलग्न रहेको आरोपमा धनकुटाको भेडेटार घर भई हाल गोकर्णेश्वर–७ मा बस्ने २० वर्षीय आशिष राई र मोरङको उर्लाबारी नगरपालिका–१ घर भई हाल जोरपाटी गोकर्णेश्वर–५ मा बस्ने १८ वर्षीय शंस्कार मगरलाई प्रहरीले पक्राउ गरेको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्ध प्रहरी वृत्तबाट खटिएको सादा पोशाकधारी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो।

    आक्रमणमा गम्भीर घाइते भएका सुरेन्द्र थोकरको प्रारम्भिक उपचार राष्ट्रिय ट्रमा सेन्टरमा गरिएको थियो भने थप उपचारका लागि वीर अस्पतालमा सारिएको छ। हाल उनको अवस्था स्थिर रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...