News Portal

व्यवसायसँगै समाज सेवामा राम खाती

हिमाली संचार संवाददाता
४५८ पटक

वसन्तप्रताप सिंह
बझाङ, ३ बैशाख : थलारा गाउँपालिकाका ६, पिखेतका राम खाती कांग्रेसका स्थानीय नेता हुन् । राजनीति र समाजसेवा उनको रुचिको क्षेत्र हो । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको पदमा उम्मेदवारी दिएका उनी नेकपाका भुवनेश्वर उपाध्यायसँग पराजित भए ।

उनीजस्तै अधिकांश स्थानीय तहमा पराजित उम्मेदवारहरू जितेकाहरूले गरेका जुनसुकै कामको पनि आलोचना गर्दै हिंड्ने गरेका छन् । तर राम खातीले अरूको सिको गरेनन् । बरु उनले आफू नमुना बनेर देखाउन व्यवसाय सुरु गरे । कुखुरापालनबाट डेढ वर्षमा उनी गाउँपालिकाकै सफल व्यवसायी मात्र बनेका छैनन्, अरूलाई पनि व्यवसायमा लाग्न उत्प्रेरणा दिइरहेका छन् ।

उनले गाउँकै छेउमा रहेको जग्गामा कुखुरा फार्म खोलेका छन् । बिहानदेखि साँझ अबेरसम्म कुखुराको स्याहार गर्नु उनको दैनिकी हो । यसबाहेक गाउँमा हुने गरेका विकास निर्माणका छलफल र कार्यक्रममा पनि उनी पुगेकै हुन्छन् । गाउँपालिकाको विकास योजना निर्माण गर्न उनले आफूलाई पराजित गरेका गाउँपालिका अध्यक्षलाई पनि सहयोग गर्दै आएका छन् ।

‘चुनावमा हारजित सामान्य हो । राजनीति भनेको विकासका लागि हो । स्वार्थका लागि होइन,’ कुखुरा फार्ममा काम गर्दै गरेको अवस्थामा भेटिएका खातीले भने, ‘मैले हारें भन्दैमा गाउँपालिकाले गरेका सबै कामको विरोध गर्दै हिँड्नु राम्रो होइन । राम्रो कामका लागि मैले आफूले सक्दो सहयोग गर्दै आएको छु । जीविका चलाउनलाई लागि व्यवसाय गर्छु ।’

२ सय ५० कुखुराका चल्लाबाट सुरु गरेको पोल्ट्री फार्ममा अहिले ८ सय चल्ला छन् । ग्राहक उनको फार्ममै आएर २ सय ४० रुपैयाँ किलोका दरले जिउँदो कुखुरा किनेर लैजान्छन् । फार्ममा बिक्री नभएका कुखुरा बेच्न गाउँपालिका नजिकै उनले मासु पसल पनि खोलेका छन् । उनको पोल्ट्री फार्म र पसलमा २ जनाले रोजगारीसमेत पाएका छन् । सबै खर्च कटाएर महिनामा ६० देखि ८० हजारसम्म चोखो नाफा हुने गरेको उनले बताए ।

स्नातकोत्तर गरेका उनले पढेलेखेका युवा आफ्नो गाउँमा श्रम गर्न लाज मान्ने तर विदेशमा गएर जस्तोसुकै काम गर्न पनि तयार हुने मानसिकतालाई तोड्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘पढेका मान्छेले कृषिकर्म गर्नु हुँदैन भन्ने धारणामा पनि परिवर्तन आओस् भन्ने मेरो इच्छा हो । पढेको छ, नेता हो भन्दैमा कामै नगर्ने, गफ चुटेर खाने संस्कार पनि बदल्नु छ,’ उनले व्यवसायबाट गरेको फाइदा देखेर हाल गाउँपालिकामा २० जना बढी शिक्षित युवाले पोल्ट्री व्यवसाय थालेको र आफूसँग सल्लाह लिएर थुप्रै युवाले तरकारी खेती, दुग्ध व्यवसाय, बाख्रापालनलगायतमा संलग्न भएको उनले बताए ।

‘पढेपछि कि त जागिर खानुपर्छ, कि त विदेश जानुपर्छ भन्ने युवाहरूको मान्यतामा विस्तारै परिवर्तन आउँदै छ,’ उनले भने । गाउँपालिका अध्यक्ष भुवनेश्वर जोशी पनि खातीको व्यावसायिक लगावप्रति खुलेरै प्रशंसा गर्छन् । गाउँपालिकाले लिएको कृषिमा नमुना गाउँपालिका बनाउने लक्ष्य हासिल गर्न खातीको ठूलो भूमिका रहेको उपाध्यायको भनाइ छ ।

‘उहाँ आफूले मात्र व्यवसाय गरिरहनुभएको छैन । अरूलाई पनि विभिन्न व्यवसायमा लाग्नका लागि प्रेरणा दिइरहनुभएको छ,’ उपाध्यायले भने ‘उहाँकै प्रेरणा र सल्लाहमा धेरै युवाहरू व्यवसायमा संलग्न भइसकेका छन्,’ खातीले उनले गाउँमै बसेर उत्पादनमूलक व्यवसायमा लाग्न चाहने युवाहरूलाई गाउँपालिकाले पनि प्राविधिक तथा आर्थिक सहयोग गर्ने गरेको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...