नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा, बरीष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र शशांक कोइरालाको नाम यति खेर काँग्रेस र काँग्रेसी जनहरूको मुख मुखमा आई रहन्छ।कसैले यी नेताहरूलाई राम्रो भन्छन त कोही यिनीहरूले नै काँग्रेस डुवाए भन्दै कुर्लि रहेका छन् ।खैर आखिर जे भए पनि महोदयहरूको नाम यति बेला चर्चाको शिखरमा नै छ। नेपाली काँग्रेसको केन्द्र देखि स्थानीय तह सम्मको गुट बन्दीका कारण काँग्रेसले २०७४ सालको प्रदेश र प्रतिनिधि सभा चुनावमा भोगेको हारको परीणामलाई भुलेर अझै पार्टी भित्र पानी बारा बारको स्थितिमा पुराउनुलाई राम्रो मान्न सकिदैन्। काँग्रेसका शीर्ष नेताहरूको भिजन नहुनु र गुटगत राजनितिमै रमाउने प्रवृतिका कारण केपी ओलीले भने झै काँग्रेस कठै बराको स्थितिमा पुगेको छ।
काँग्रेसका शीर्ष नेताहरूकै कारण काँग्रेसको दुर्गतीका दिन सुरू भएको हो। सार्बजनिक स्थलमा कुन कुरा बोल्ने कुन कुरा नबोल्ने भन्ने बिषयमा ख्याल गर्दैनन्।पार्टीका केन्द्रिय नेता बोली रहदा काँग्रेस बोलेको हुँ भन्ने ख्याल गर्ने की नगर्ने ? मनमा जे आयो त्यही बोल्छन्। सबैलाई पदकै लोभ छ।आफ्ना आफन्त र आसे पासेलाई राम्रो गर्ने बारे मात्रै चिन्तित भई रहन्छन। नेपाली काँग्रेसका शीर्ष नेताहरू शेर बहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक कोइराला, प्रकाश मान सिंह लगाएतका नेताहरूले ब्यक्तिगत र गुटगत स्वार्थबाट माथि उठेर पार्टी संरचनालाई सुधार गरेर अगाडी बढ्न सक्यो भने काँग्रेस पुरानै शाँख सहित पुरानै लयमा फर्किन सक्ने छ। काँग्रेस भित्र टिम वर्कमा काम हुन जरूरी छ। जसरी फुटवलमा टिमका ११ जना खेलाडीको गहन भुमिका हुन्छ त्यसरी नै काँग्रेसका नेता देखि कार्यकर्ता सम्म टिम वर्कमा काम हुन जरूरी छ।
काँग्रेसलाई देउवाले मात्रै डुवाएका होईनन् काँग्रेस डुब्नु र डुबाउनुमा राम चन्द्र पौडेल, शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान लगाएतका नेताहरू पनि त्यति नै जिम्मेवार छन्। पार्टी सभापति भएका कारण देउवाले अलि बढी जिम्मेवारी बहन गर्नै पर्छ तर अरू नेताहरू भने त्यतिकै पन्छिन मिल्दैन। यी सबै शीर्ष नेताहरूको शरीरको तौल र उमेरमा केही घटबड होला तर बुद्धि र बिचार चाँहि एकै छन्। सबै गुटका राजनिति गर्छन्। ती गुटहरूका पनि उपगुट हुन्छ।भातृ संस्थाको चुनावमा त काटामारको स्थिति नै सृजित गर्छन्।
१३ औं माहाधिवेशनको माहौललाई अवलोकन गर्ने हो भने पनि हामी प्रष्ट हुनेछौ।काँग्रेसलाई अन्धकारको भूमरीमा हुत्याउने त पूर्व सभापति गिरीजा बाबु नै हुन। उहाँ नै हो गुटबन्दीको महानायक । उहाँले नै हो देउवालाई पाखा लगाएर पानी बाराबारको स्थितिमा पुराएको।जब सम्म काँग्रेस भित्र गुटबन्दीको सिमित लगाम हुँदैन तब सम्म काँग्रेस उभो लाग्ने लक्षण देखिदैन।काँग्रेस २०७४ मा बाम गठबन्धनले मात्र हारेको होईन त्यसका मुख्य सुत्राधार काँग्रेसका नेताहरू नै हुन। राम्रालाई भन्दा हाम्रालाई टिकट बाड्ने र बर्षको ३६४ दिन काँग्रेस बन्ने र चुनावको एक दिन चाँहि रीसिइबीका कारण अरू दलकालाई मतदान गर्ने प्रवृतिले काँग्रेस हारेको हो। भर्खरै सम्पन्न बारको चुनावमा लोक तान्त्रिक समुहको हार हुनुको कारण पनि यहि नै हो।उद्योग बाणिज्य संघको चुनावमा पनि त्यहि स्थिति सृजित हुनेछ।आफ्नाबाट आफ्नैलाई घात हुने छ।
त्यसै गरी नेपाली काँग्रेसका जिल्ला सभापतिहरू पनि गुटगत राजनितिमा ब्यस्त छन्। अधिकाँशले सभापति देउवा बिरूद्ध आवाज उठाई रहनु भएको अबस्थामा जिल्ला सभापति हरूलाई मेरो प्रश्न पार्टीका हितका लागि किन जिल्लामा राम्रो कार्यक्रम ल्याउन सक्नु भएन ? कार्यकर्तालाई प्रशिक्षण खोई ? खै त संगठनमा गतिशीलता ? खै त कार्यकर्तामा समान ब्यबहार ? आफ्नालाई काखा अनि अरूलाई किन पाखा ? गुटगत राजनिति कहिले सम्म ? पार्टीका हितका लागि के छ गुरू योजना ? काँग्रेस र काँग्रेसी बीचको माया र सदभाव खै ? गाउँ नगर र शहरका कार्यकर्ता बीच गुटको राजनिति गर्दै एक आपसमा बैमन्सयता किन ? यस्ता अनेकौ प्रश्नहरू छन् । तपाईहरू पहिले आफू ठिक रहनु होस अनि अरू माथी औला ठड्याउनु होला ! हिजो देउवालाई तेह्रौ महाधिवेशनमा बहुमतले जिताउने तपाईहरू नै होईन ! आज के को ल्याङ् ल्याङ सकिन्छ राम्रो गरौ सकिदैन नराम्रो पनि नगरौ।जिल्ला भरी काँग्रेस बलियो भए देश भरीका काँग्रेसी बलियो हुन्छन भन्ने कुरा नभूलौ।
पार्टी सभापति देउवाको हठको बिषयमा पनि केहि लेखौ।सभापति देउवाले काँग्रेसका अन्य नेताहरूलाई गन्दै नगन्नु र बिचार बिमर्स नलिनुका कारण पनि यिनी बिबादमा तानिन्छन्।केन्द्रिय कमिटीका पदाधिकारीहरूको भावनालाई अवलम्वन गर्न नसक्नु र आफ्ना मात हातका मान्छेका कुरा सुन्नुले पनि देउवालाई बक्तिगत रूपमा घाटा पुगेकै हो।यिनले सिमित मान्छेहरूको बिश्वास गर्नाले पनि पार्टी भित्र लोक प्रिय हुनुको साटोमा अलोक प्रिय चाँहि भई रहेका छन्।पार्टी र संगठनमा ब्यक्तिगत बिचार प्रस्तुत गरी अगाडी बढ्नुको साटोमा सामुहिक निर्णयबाट अगाडी बढ्दा राम्रो हुने थियो।अर्को तर्फ काँग्रेस पछाडी पर्नुमा कार्यकर्ता पनि त्यतिकै जिम्मेवार पनि छन्।कार्यकर्ताले खबरदारी गर्न नसक्दा नेताहरू फुक्का राँगो जस्तै भए तसर्थ यस्तो अबस्थामा नेताहरूलाई लगाम लगाउने काम कार्यकर्ताको पनि हो। असल कार्यकर्ताले नेतालाई भन्दा पार्टीलाई माहान ठान्न सक्नु पर्दछ। भोलीका दिनमा नेता फेरीएला तर सच्चा कार्यकर्ताले पार्टी फेर्न चाहदैनन्।
त्यसै गरी रामचन्द्र पौडेलको पनि आफ्नै हठ छ।समय अनुकुल चल्न नसक्दा यिनी पछाडी परेका हुन्।प्रकाशमान सिंह पनि गुटगत राजनितिमा रम्न र रमाउन माहिर छन गणेशमान पुत्र भएका कारण र नेतामा हुनु पर्ने गुण भएकाले जटिल परीस्थितिमा पनि चुनाव भने जिति रहन्छन्। कृष्ण सिटौलाको त कुरै नगरौ काँग्रेसको यो हालत बनाउने सिटौला पनि एक हुन यिनका आफ्नै समुह छन् । यि समुहले बेला बेलामा उदण्ड मच्चाई रहन्छ पार्टी भित्र। बिपी पुत्र सशाँकको त झनै कुरै नगरौ यिनलाई कुन समयमा कुन कुरा बोल्ने भन्ने ख्यालै हुँदैन। कहिले हिन्दु धर्म नेपालमा आबस्यकता छ भन्छन त कहिले चाहिदैन भन्छन् खैर जे भए पनि यिनको मन चाँहि सफा छ।बिपीको सपना बोकेर अगाडी बढ्छन की भने आशा लाग्दा नेता हुन तर बेला बेलामा यिनको पनि खुट्टा दाँयाबाँया भई दिदा काँग्रेसीहरू अन्यौलमा पर्दछ।पार्टी भित्र यिनको पनि आफ्नै गुट छ।
म नेपाली काँग्रेसको कृयाशील सदस्यको हैसियतमा पार्टी सभापतिलाई ध्यानाकर्षण गराउदै आफुले पनि गुटगत राजनिति नगर्ने र अरूलाई पनि गर्न नदिने माहौल सृजना गर्नु होस भन्न चाहन्छु। काँग्रेस लोकतन्त्रमा बिस्वास राख्ने पार्टी भएका कारण पार्टी भित्र आफ्ना बिचारहरू राख्न पाईन्छ तर राख्नको लागि पनि निश्चित परीधीको रेखा चित्रित गरी दिए काँग्रेस गुटबन्दीको दल दलमा फस्ने थिएन। बिपीको समाजबादका आदर्शलाई जोगाउन काँग्रेसीहरू परीवर्तित भएर अगाडी बढ्न जरूरी छ। समाज देश बदल्न चाहनु हुन्छ भने सबै भन्दा पहिला सकरात्मक सोच लिएर आफैबाट सुरूवाती गर्न जरूरी छ।
नुवाकोट, नेपाल
हाल : मकाउ।