News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • भारत–पाकिस्तानबीचको सम्भावित तनाव रोक्न नेपालले भूमिका खेलेको प्रधानमन्त्री ओलीको दाबी

    हिमालीसंचार संवाददाता
    ७६ पटक

    लुम्बिनी, वैशाख २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भारत र पाकिस्तानबीच चर्किंदै गएको विवादलाई युद्धतर्फ जान नदिइ नेपालले संयमको सन्देश दिएको दाबी गर्नुभएको छ। बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले छिमेकी राष्ट्रहरूलाई समयमै सुझाब दिएकाले युद्धको सम्भावना टरेको दाबी गर्नुभयो।

    “छिमेकमै झडपको अवस्था सिर्जना भएको थियो। भारत–पाकिस्तानबीच लगभग हात हालाहालको स्थिति आएको थियो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “तर हामीले त्यसलाई लडाइँमा परिणत नहोस् भनेर सुरुदेखि नै अनुरोध गर्यौं। उहाँहरू पनि युद्ध नहुने प्रतिबद्धतामा दृढ रहनुभयो।”

    प्रधानमन्त्रीले बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक भएको उल्लेख गर्नुभयो। उहाँले लुम्बिनीलाई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि ठहर गर्दै बुद्धका शिक्षाहरू सबै देश, समाज र व्यक्तिका लागि मार्गदर्शक हुने बताउनुभयो।

    लुम्बिनीमा निर्माणाधीन सभा हलको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पाँच हजार क्षमताको हल आफ्नो पहलमा निर्माण भइरहेको जानकारी गराउनुभयो। तर, त्यहाँको ध्वनी प्रणाली असजिलो भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तुरुन्तै सुधार गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो। कार्यक्रममा सहभागी सबैले बोलेका कुरा प्रस्टसँग सुन्न सकून् भन्ने उद्देश्यले ध्वनि प्रणाली सुदृढ पार्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

    त्यस्तै, विभिन्न भाषामा उल्था गर्न योग्य जनशक्ति तथा प्रविधि स्थापना गर्न आवश्यक रहेको उहाँले बताए।

    प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजनाअन्तर्गत बाँकी रहेका निर्माण कार्य चाँडो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्नुभयो। साथै, बुद्धका शिक्षाको गहिरो अध्ययन, अनुसन्धान र प्रचारप्रसारमा लुम्बिनी बौद्ध विश्वविद्यालयले अझ सशक्त भूमिका खेल्नुपर्ने प्रधानमन्त्रीको आग्रह थियो।

    प्रतिकृया दिनुहोस्

    संसदमा नाती पुस्ता र हजुरबुवा पुस्ताको लडाई

    संसदिय ब्यबस्थामा जनताको आस्थाको केन्द्र भनेको संसद हो। जहाँ देशको कानून बनाईन्छ। बिडम्बना त्यहि थलो...

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक...

    सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

    दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित...