News Portal

आरआर क्याम्पसको स्ववियुमा सर्वसम्मतिको प्रयासले नेविसंघमा खैलाबैला, सात जना नेतामाथि कडा कारबाही

हिमालीसंचार संवाददाता
२१७ पटक

काठमाडौं, वैशाख२६ – रत्नराज्य (आरआर) क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनलाई लिएर नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघभित्र चर्को विवाद उत्पन्न भएको छ। केन्द्रीय निर्देशन अवमाना गर्दै क्याम्पसमा सर्वसम्मत गराउने नाममा स्वेच्छाचारी निर्णय गरेको भन्दै संगठनले आफ्नै सात जना नेतामाथि कारबाही गरेको छ।

नेविसंघ अनुशासन समितिका संयोजक परोपकार अधिकारीद्वारा जारी पत्रअनुसार केन्द्रीय सदस्य अशोक सिंह विष्ट र विजय शाह (अनुराग) सहित जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा, शेखर रोकाया र अर्का एक जनालाई संघको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो।

अनुशासन समितिको ठहर अनुसार, वैशाख १८ गते सम्पन्न स्ववियु निर्वाचनमा संघका केन्द्रीय प्रतिनिधिहरूको अनुमोदनबिनै निर्णय लिई, संगठनको आधिकारिक उम्मेदवार हटाएर अन्य व्यक्तिलाई सचिव तथा सदस्य पदमा अघि सारेको पाइएपछि यस्तो कडा निर्णय लिनु परेको उल्लेख छ।

तर, कारबाहीमा परेका नेताहरूले भने यस निर्णयको तीव्र विरोध जनाएका छन्। उनीहरूले आरआर क्याम्पसमा सचिवसहित पाँच पद जित्नुलाई ऐतिहासिक सफलता बताउँदै २०३६ सालयता संघले त्यहाँ सदस्य पनि नजितेको अवस्थामा हालको सर्वसम्मति ठूलो उपलब्धि भएको दाबी गरेका छन्।

विष्ट सत्तारूढ कांग्रेसका गृहमन्त्री रमेश लेखक निकटका हुन् भने शाह प्रवक्ता डा. प्रकाशशरण महतको समर्पित मानिन्छन्। यस्तो पृष्ठभूमिमा उनीहरूमाथिको कारबाहीले संगठनभित्रको गहिरो गुटबन्दी झनै सतहमा आएको देखिएको छ।

नेविसंघको नेतृत्व तहबाट अझै आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। तर विद्यार्थी राजनीतिमा वर्चस्वको लडाइँ र संगठनभित्रको आन्तरिक असहजतालाई यो घटनाले थप उजागर गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...