News Portal

  • आरआर क्याम्पसको स्ववियुमा सर्वसम्मतिको प्रयासले नेविसंघमा खैलाबैला, सात जना नेतामाथि कडा कारबाही

    हिमालीसंचार संवाददाता
    १५८ पटक

    काठमाडौं, वैशाख२६ – रत्नराज्य (आरआर) क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनलाई लिएर नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघभित्र चर्को विवाद उत्पन्न भएको छ। केन्द्रीय निर्देशन अवमाना गर्दै क्याम्पसमा सर्वसम्मत गराउने नाममा स्वेच्छाचारी निर्णय गरेको भन्दै संगठनले आफ्नै सात जना नेतामाथि कारबाही गरेको छ।

    नेविसंघ अनुशासन समितिका संयोजक परोपकार अधिकारीद्वारा जारी पत्रअनुसार केन्द्रीय सदस्य अशोक सिंह विष्ट र विजय शाह (अनुराग) सहित जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा, शेखर रोकाया र अर्का एक जनालाई संघको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो।

    अनुशासन समितिको ठहर अनुसार, वैशाख १८ गते सम्पन्न स्ववियु निर्वाचनमा संघका केन्द्रीय प्रतिनिधिहरूको अनुमोदनबिनै निर्णय लिई, संगठनको आधिकारिक उम्मेदवार हटाएर अन्य व्यक्तिलाई सचिव तथा सदस्य पदमा अघि सारेको पाइएपछि यस्तो कडा निर्णय लिनु परेको उल्लेख छ।

    तर, कारबाहीमा परेका नेताहरूले भने यस निर्णयको तीव्र विरोध जनाएका छन्। उनीहरूले आरआर क्याम्पसमा सचिवसहित पाँच पद जित्नुलाई ऐतिहासिक सफलता बताउँदै २०३६ सालयता संघले त्यहाँ सदस्य पनि नजितेको अवस्थामा हालको सर्वसम्मति ठूलो उपलब्धि भएको दाबी गरेका छन्।

    विष्ट सत्तारूढ कांग्रेसका गृहमन्त्री रमेश लेखक निकटका हुन् भने शाह प्रवक्ता डा. प्रकाशशरण महतको समर्पित मानिन्छन्। यस्तो पृष्ठभूमिमा उनीहरूमाथिको कारबाहीले संगठनभित्रको गहिरो गुटबन्दी झनै सतहमा आएको देखिएको छ।

    नेविसंघको नेतृत्व तहबाट अझै आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। तर विद्यार्थी राजनीतिमा वर्चस्वको लडाइँ र संगठनभित्रको आन्तरिक असहजतालाई यो घटनाले थप उजागर गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...

    प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज...

    युवा शक्ति कुवेतद्वारा पहिलो पटक सरकारी स्वीकृतिसहित सालमिया साइट क्षेत्रमा सफाई अभियान सुरु

    कुवेत सिटी– कुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक...