News Portal

  • मकाउबाट कैंलालीका ‘साहारा-घर’ का बेवारिसे, फरक क्षमताका बृद्ध-बालबालिकाहरुलाई खुवाए खाना

    हिमालीसंचार संवाददाता
    ५१७ पटक

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा कार्यरत समाजसेवी गीता मगर शेर्पा र राजी शाह भट्टको नेतृत्वमा तिज विशेष कार्यक्रम २०७९ आयोजना हुदा उक्त कार्यक्रमबाट बचेको खर्च कैलालीको बोनिया स्थित “साहारा-घर” का बेवारीसे फरक क्षमता भएका ११३ जना बुवा-आमा तथा बाल बच्चाहरुलाई स्थानीय समाजसेवी लक्ष्मि बोगटी कुवरको समन्वयमा एक छाक खाना खुवाइएको छ।

    माकाउमा आयोजित तिज विशेष कार्यक्रममा शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, गुरुङ “तमु” समाज मकाउ सार चीनका अध्यक्ष लिलबहादुर गुरुङ (गोरा), सामाजिक अभियन्ता राजी शाह भट्ट-इश्वर भट्ट, दावा पासाङ शेर्पा, टिका भण्डारी, शंखर-रंजिला लामा, विष्णुमाया, शाह देव खड्का, भीम गुरुङ, भाग्य-निरज थापामगर, हिमाल धिमिरे, सवी बरुवाल, सुरेश वस्नेत, सन्दिप-सितु पौडेल, राजेन्द्र श्रेष्ठ, गोपाल चौधरी, जीवनाथ धिमिरे, सुदीप क्षेत्री, एन्जल, विनोद-सारा मगर, जानुका, हिसिला-विकाश मगर, रामप्रसाद शर्मा र समाजसेवी गीत मगर शेर्पा-भीम शेर्पा लगयाद तिज विशेष कार्यक्रमा उपस्थित महानुभावहरुले कुशे औंसी ‘बुबाको मुख हेर्ने दिन’ खिर-तरकारी लगयादका मिष्ठान्न परिकार भोजन गराएका हुन्।

    गत भाद्र ८ गते बुधबार समाजसेवी भीम शेर्पाको पर्न गएको जन्मोउत्सवको अबसरमा उक्त साहारा-घर कैलालीमा ११३ जना बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर, सडकआश्रीत मानवहरुलाई एक छाक भोजन गराएर मकाउमा कार्यरत समाजसेवी शेर्पाले आफ्नो जन्मोसव मनाएका थिए। उक्त कार्यक्रमको समन्वय स्थानीय समाजसेवी लक्ष्मि बोगटी कुवरले नै गरेकी थिइन्। 

    कैलालीको बोनिया स्थित साहारा-घर विस २०७२ सालदेखि सामाजिक अभियन्ता डा. दलबहादुर विष्टले संचालनमा ल्याएका हुन् । समाजका बेवारिसे अबस्थामा भेटिएका व्यक्तिहरु, फरक क्षमताका कारण समाजमा अपहेलित बृद्धदेखि बालबालिकाहरुको स्याहार र संरक्षण गर्दै आएको कैलालीको साहारा-घर हाम्रो समाजमा रहेका महामानवहरुको सहयोगले गर्दै आएका छन्। 

    कैलालीको साहारा-घरले अहिलेसम्म १ हजार भन्दा धेरै बेवारिसे व्यक्तिहरुको उद्धार गरी सम्बन्धित परिवारको पहिचान गरी पारिवारिक मिलान गरेको सामाजिक अभियन्ता लक्ष्मि बोगटी कुवरले हिमालीसचारडटकमसंग बताए। साहारा-घर कैलालीका संचालक डा. विष्टको यो अभियानमा सहयोगी महानुभावहरुले थप उर्जा दिएको उनको भनाई छ। 

    डा. विष्टले ११३ जना बुबा-आमा र बाल बच्चाहरुका लागि एक छाक भोकालाई भोजन गराउनु हुने मकाउका सहयोगी महामानव, तपाईहरु जस्तो मनकारी सहयोगी महामानवलाई जन्मदिनु हुने आमा, कर्म दिने बाबालाई विशेष आभार सहित धन्यबाद छ, उनले भने। त्यस्तै, उनले थप समाजसेवी गीता मगर शेर्पालाई “तपाईसंगै जीवनको एउटै रथको पाङ्ग्रा बनेर सहयात्रा गरिरहनु हुने जीवनसाथी भीम शेर्पा आभार सहित धेरै धेरै धन्यबाद।” आफ्ना इच्छा र छाकहरुमा कटौटी गर्दै यहि जुनीमा सत्कर्म गर्नु हुने तपाई मनकारी मनहरुमा धेरै धन्यबाद। 

    मकाउबाट समाजसेवी गीता मगर शेर्पाको टोलीले पूर्वी नेपालको संखुवासभा जिल्लाको चिचिला गाउपालिका वडा नं. २ ताले गाउका ललिमा राईको कानको गम्भीर समस्या रहेको थियो। उनको आर्थिक अबस्थाका नाजुक भएका कारण उरचार गर्न ठुलो समस्या भइरहेको १२ बर्षीय राईलाई समेत बुबाको मुख हेर्ने दिन (कुशे औंसी) आर्थिक सहयोग गरेका छन्। 

    विगद धेरै लामो समयदेखि नेपालका विभिन्न जिल्लाहरुमा आर्थिक, जिन्सी अन्य सहयोग गर्दै आएकी समाजसेवी गीता मगर शेर्पाको टोलीले यस बर्ष पनी कैलालीको साहारा-घरमा रहेका ११३ जना बेवारिसे बृद्धदेखि बालबालिकाहरुका लागि मिष्ठान्न भोजन गराएका हुन।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal