News Portal

वैदेशिक रोजगारीमा साउदी अरब जाने बढे !

हिमालीसंचार संवाददाता
३३९ पटक

सीता शर्मा,काठमाडौँ। पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ। नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा पुस महिनामा साढे १० हजारले घटेको हो। मङ्सिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा पुस महिनामा ६३ हजार ८२५ जना मात्रै छन्।

कोरोना सङ्क्रमणका कारण गत फागुनदेखि वैशाखसम्म ठप्पजस्तै भएको वैदेशिक रोजगारी असारदेखि गति लिन थालेको थियो तर पुनः कोरोना महामारीको नयाँ लहर आएपछि भने घट्न थालेको हो।

विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा दुई लाख ९७ हजार ४०८ जनाले ९७ देशमा जानका लागि श्रम स्वीकृति लिएका छन्। साउनदेखि मङ्सिरसम्मको तथ्याङ्क हेर्दा श्रम स्वीकृति लिनेको सङ्ख्या बढदै गएको र पुसमा घटेको पाइएको छ।

विभागका अनुसार चालू आर्थिक वर्षको छ महिनामा सबैभन्दा धेरै मङ्सिरमा ७४ हजार ३५४ जना र सबैभन्दा कम साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिए। यसैगरी, पुस महिनामा ६३ हजार ८२५ जना, कात्तिक महिनामा ५४ हजार ११८ जना, असोजमा ३९ हजार ६७१ जना र भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले गएको असारदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या क्रमशः बढेकामा पुसमा कोरोना सङ्क्रमण बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्यामा पनि घट्न थालेको बताउनुभयो। पछिल्लो पटक नेपाल र नेपालीका श्रम गन्तव्य देशमा नयाँ भेरियन्टको कोरोनाको सङ्ख्या बढेकाले माघ महिनामा यसको सङ्ख्या अझै घट्ने उहाँको भनाइ छ।

संस्थागत रूपमा श्रम स्वीकृति लिएर जाने बढे !

विभागका अनुसार पछिल्लो महिना व्यक्तिगतभन्दा संस्थागत रूपमा श्रम स्वीकृति लिएर जानेको सङ्ख्या बढेको छ। पुस ६३ हजार ८२५ जनाले श्रम स्वीकृति लिएकामा महिनामा ३३ हजार २२५ जनाले संस्थागत श्रम स्वीकृति लिए भने ३० हजार ६०० जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन्।

मङ्सिर महिनामा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा संस्थागत रूपमा ३१ हजारले मात्रै लिएका थिए भने ३९ हजार ३५४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ।

साउदी अरब जाने बढे !

विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालीका प्रमुख गन्तव्य देश साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। पछिल्लो ६ महिनामा साउदी अरब र कतारमा एक/एक लाख जना रोजगारीका लागि श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ।

यस्तै, यूएईमा पछिल्लो ६ महिनामा ५८ हजार ११४ जना नेपाली कामदार रोजगारीका लागि गएका छन्। ओमान, कुवेत, माल्दिभ्स, रोमानिया, साइप्रस, बहराइनसहितका ९८ देशमा श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...