News Portal

  • दुई करोडको भैसीं खरिदबारे छानविन

    हिमाली संचार संवाददाता
    ५५४ पटक

    २०७७ साउन १८, आइतबार
    गोविन्द केसी/दैलेख – नारायण नगरपालिकामा, पशु सेवा कार्यालय दैलेख र जिल्ला कृषि विकास कार्यालयको साँझेदारमा गत आर्थिक वर्षको असारमा किसानहरुलाई भैसी बाँडिएपछि अनियमितता भएको भन्दै उजुरी परेको छ।

    उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले छानविन सुरु गरिको हो। भैसीं खरिद प्रकृया र किसान छान्ने क्रममा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्धा परेको जनाईएको छ।

    असारमसान्तमा दुध चिस्यान केन्द्र स्थापना र भैसी खदिरमा २ करोड ४ लाख रकम खर्चिएको थियो। उक्त कार्यक्रम पाउने सहकारीले पनि साँझेदारमा खर्च गरेको छ।

    पशु सेवा कार्यालय, तथा पशु अस्पताल दैलेखले १ करोड, नारायण नगरपालिकाले ४० लाख, कृषि विकास विकास कार्यालय मार्फत अति विपन्न वर्गको (लक्षित वर्ग विशेष)बाट ४० लाख र कार्यक्रम पाएको राष्ट्रसेवक बहुउद्देश्य सहकारी संस्था लिमिटेडले २४ लाख रुपैँया खर्चिएको थियो।

    जसमा दुध चिस्यान केन्द्र स्थापना तथा सामान खरिद, भैसी खरिद, ढुवानी, भैसी विमा, भकारो सुधार, लगायतका शिर्षकमा उक्त रकम खर्चिएको सहकारी संस्थाले जनाएको छ।

    सहकारी मार्फत नारायण नगरपालिकाका ३, ४, ५, ६, ७ र ११ नम्वर वडाका १ सय २१ जना किसानलाई ढुवानी भाडाँ बाहेक प्रति भैसी १ लाख १० हजारमा रुपैँयामा भैसी दैलेख सदरमुकाम सम्म ल्याएको थियो।

    सचिवस्तरिय निर्णयले भैसी कर्णाली प्रदेशबाट किन्नुपर्ने नियम रहेको छ। जिल्ला तथा प्रदेशभित्रबाट खरिद गरेर ढुवानी तथा कस्तो मुल्य हालेर विल बढी बनाएको आरोप समेत लगाईएको छ।

    पशु सेवा अस्पतालबाट चिस्यान केन्द्र स्थापना तथा दुध ब्यवसाय भनेर कार्ययोजना सहित ५ वटा सहकारीले प्रस्तावना हालेका थिए। जसमा १ वटा सहकारीले काम गर्ने स्विकृती पाएको थियो।

    स्थलगत अध्यायन गरेर चिस्यान केन्द्र र भैसींमा लगानी भएको गरिएको पशु सेवा कार्यालयका निमित्त प्रमुख भिमबहादुर विष्टले बताए। सहकारीका अनुसार नगरपालिकाले प्रतिवद्धता गरेको रकम रकमान्तर गरेर दिनुपर्ने भएकाले आएको छैन्।

    नारायण नगरपालिकाले भाद्रसम्म पैसा दिने प्रतिवद्धता गरेको जनाईएको छ। वडाध्यक्षको अध्यक्षतामा बसेको बैठकले किसान छानेको र नारायण नगरपालिकालाई दुध र दहिमा आत्मनिर्भर बनाउने उद्देश्य बोकेकोले रिसका भरमा उजुरी गरिएको पशु सेवा कार्यालय तथा पशु अस्पतालका निमित्त कार्यालय प्रमुख भिमबहादुर विष्टले बताए।

    दुध चिस्यान केन्द्र स्थापनामा २५ लाखको सामान, चिस्यान केन्द्रको घर निर्माण ८ लाख, भैसी ढुवानी, विमा, भकारो सुधार लगायतका शिर्षकमा रकम खर्च गरिएको जनाईएको छ।

    दैलेख दहिका लागि प्रख्यात भएपनि दहि, दुध अभाव हुन थालेपछि यस्तो कार्यक्रम ल्याईएको सहकारीका अध्यक्ष खमबहादुर थापाले बताए।

    नगरपालिकामा दुध र दहि जति बेला पनि उलपब्ध गराउने उद्देश्यका साथ कार्यक्रम पारदर्शिताका साथ गरेपनि कार्यक्रम पाउँदा प्रतिस्पर्धी सहकारीले मुद्दामामिला गरेर बदनाम गर्न खोजेको अध्यक्ष थापाले बताए।

    भैसीं खरिदमा मुल्य बढी, दोहोरो परेको लगायतका विषयमाथि छानविनका लागि उजुरी परेकाले छानविन भईरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...