आज : २०२६-०६-१५, सोमबार

कुवेतमा ४ नेपाली लागुपदार्थ सहित पक्राउ

२०७७ साउन १४, बुधबार
राज मल्ल/कुवेत सिटि – कुवेतमा ४ जना नेपालीहरु लागुऔषध ओसार पसारको आरोपमा पक्राउ परेका छन।

उनिहरुलाई गत २६ जुलाईमा लागु औषध नियत्रण विभागले पक्राउ गरेको हो। इलिगल रुपमा कुवेतमा रहेको उक्त समुहमा एक जना घरेलु महिला कामदारसमेत संलग्न रहेको बुझिएको छ।

उनिहरु जेलमा रहेका लागुऔषध ब्यापारीको आदेशमा ड्रगको  सप्लाई गर्ने गरेका थिए भने उनिहरुको नाम ठेगाना सार्वजनिक गरिएको छैन।