News Portal

लकडाउनले बाँझो जग्गामा कागती खेती

हिमाली संचार संवाददाता
७५९ पटक
२०७७ असार ६ शनिबार

खोटाङ – काठमाडौं बस्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका चन्द्रबहादुर कार्कीले लकडाउनको बीचमा गाउँ आएर ८ सय बोट कागती रोप्न सुरु गरेका छन्।

लकडाउनका बेला गाउँ सम्झेका कार्कीले हाल कागती रोप्ने खाल्डो तयार पारेर कागती लगाइरहेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए।

‘काठमाडौं बसिरहेको अवस्थामा लकडाउनमा घर आएर उहाँले खाली जग्गामा कागती रोपिरहनु भएको छ,’ वडाध्यक्ष राईले भने, ‘उहाँले नमूना काम गरिरहनु भएको छ।

यो क्षेत्रमा यत्तीको लगानी गरेर कृषिमा काम गर्नु चानकुने कुरा होइन। यस्तै, लकडाउनको अवधिमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले १५ वर्षदेखि बाँझिएको जग्गामा सामूहिकरुपमा लिची रोप्ने तयारी थालेका छन्।

लिचीको पकेट क्षेत्रकारुपमा विकास गर्नका लागि बरबोटे बिज बृद्धि कृषक समुहमा आवद्ध किसानले बयाखुखोला नजिकैको दुई सय रोपनी जग्गामा दुई हजार बोट लिची रोप्ने तयारी थालेका हुन्।

‘गाउँमै केही गर्नुपर्छ’ भन्ने सोचका साथ उनीहरुले बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर लिचीका लागि खाल्डो खनिरहेका छन्।

शहर बजारमा बसिरहेका युवा गाउँमा आएपछि सामूहिक रुपमा बाँझो जग्गामा लिची लगाउने निर्णयमा पुगिएको बरबोटे बिज बृद्धि कृषक समूहका अध्यक्ष राजेश राईले बताए।

कृषक समूहमा आवद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामूहिक रुपमा लिची खेतीमा लागेका हुन्। लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक समुहले जनाएको छ।

उत्पादनको तीन भागमध्ये एक भाग लगानीकर्तालाई र एक भाग मलजल गर्ने हेरालुलाई दिइने सहमती गरिएको कृषक समुहका अध्यक्ष राईले बताए।

कृषि ज्ञान केन्द्र खोटाङले उपलव्ध गराएको ८ लाख अनुदानमा किसानको आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो।

लकडाउनमा घर आएका युवा साथीभाईले चासो दिए। शहरमा बसेर मात्र नहुने रहेछ, गाउँमा केही गर्नु पर्ने रहेछ भन्ने उहाँहरुको कुरा आयो,’ अध्यक्ष राईले भने, ‘सोही अनुसार हामीले बाँझो जग्गा फाँडेर लिची रोप्ने तयारी थालेका हौँ।

१५ वर्षदेखि बाँझिएको जग्गालाई लकडाउनका कारण जगाउने कोसिस गरिएको छ। यस मानेमा लकडाउनले हामीलाई फाईदै पुर्‍याएको छ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकभर लकडाउन लागू गरिएको छ। शहरमा बसिरहेका युवा युवती लकडाउन छल्दै गाउँ–गाउँमा पुगेका छन्।

चाडवाडका समयमा मात्र गाउँघरमा भेला हुने युवायुवती हाल लकडाउनका कारण एकठाउँमा भेला भएका छन्। लकडाउनका कारण गाउँ आएका स्थानीयका कारण मेलापातमा रौनक देखिन्छ।

बाआमा मात्र देखिने खेतबारीको काममा छोराछोरी सँगै देखिन्छन्। यही मौकामा बाँझो जग्गामा फँडानी गरेर खेती बढाउने, लिची, आँप, केरा, कागती लगायतका फलफूलका बोटबिरुवा रोप्ने किसान बढेको पाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए।

लकडाउनले विपत्ती र महामारीका समयमा गाउँलाई नै सुरक्षित थलोका रुपमा देखाएकाले गाउँ फर्केका अधिकांश स्थानीयले गाउँमै केही गर्नुपर्ने सोच बनाएको देखिन्छ। सोही अनुुार उनीहरुले आ–आफ्नो बाँझो जग्गालाई सदुपयोग गर्ने प्रयास गरिरहेका छन्। नागरिकबाट

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...