News Portal

  • नेपाली राष्ट्रियताको समृद्धीकरण !

    दुर्गा श्रेष्ठ
    ६३४ पटक
    २०७७ जेठ १८, आइतबार

    राष्ट्रियताको प्रश्न राज्य र नागरिकको मुलभूत पक्ष हो। विश्वमा राज्यहरुको उत्पति भएपछि राष्ट्रियताको अवधारणा जन्म भएको हो। यो राज्यको भूगोल, जनसङ्ख्या, सभ्यता र अस्तित्वसँग अन्तरसम्बन्धित छ। राज्यमा बसोबास गर्ने आम नागरिक समग्रतामा राष्ट्र हो र आफ्नो राष्ट्रप्रतिको अगाढ आस्था, स्नेह र भरोसाको समुच्चता राष्ट्रप्रेम हो।

    राष्ट्र र राष्ट्रप्रेम सघन हुदै गर्दा राष्ट्रियताको मौलिकतामा चमक छाउँछ। राष्ट्रियता गतिशिल, देशगत र सन्दर्भगत अबधारणा पनि हो। आधुनिक मान्यतामा राष्ट्रियता झन् बढी बहुआयामिक अबधारणा हुँदै गएको छ।

    नेपाली सन्दर्भमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, सिमानाको सुरक्षा र नेपालीको हकहितको रक्षा राष्ट्रिय सुरक्षाका अन्तरवस्तु हुन् र राष्ट्रियताका प्रखर बहुआयामहरु पनि हुन्।

    यसले देशको मान, सम्मान, स्वाभिमान र गौरवलाई उच्च बनाउछ भने जुनसुकै राज्यको जनता हुनुको नाताले आफु र आफ्नो देशप्रतिको आधारभूत नागरिक दायित्वलाई समेत सम्झाउँछ।

    राष्ट्रियता कुनै पनि मुलुक र नागरिकलाई सर्वप्रीय बिषय हो। हरेक मुलुकले आफ्नो राष्ट्रियताको मुद्दालाई प्राथमिकतामा राखेको हुन्छ। नेपाली समाजमा पनि राष्ट्रियताको बिषय बेलाबेलामा बहसको बिषय बन्ने गरेको छ।

    खासगरी राजनीतिक वृत्तमा राष्ट्रियता पेचिलो भएर उठान हुन्छ र केहि समयपछि तार्किक निष्कर्षमा नपुगि सेलाउने गरेको पाइन्छ। राजनीतिक दलहरु सत्ता इतर हुदाँ राष्ट्रियताको नारा बुलन्द बनाउने र सत्तामा पुग्दा अक्सर बिर्सने आरोप लाग्ने गरेको पाइन्छ।

    यसखाले पटके प्रवृतिले नेपाली राष्ट्रियता गिजोलिएको र थिलथिलो भएको छ। नेपालमा विश्वव्यापी कोरोना भाइरस महामारीको संकट गहिरिदै गर्दा नेपाली भूमि कालापानी लिपुलेकमा भारतीय पक्षबाट एकतर्फी सडक उद्घाटन गरेपछि नेपाली राष्ट्रियताको स्वर फेरि एकपटक जुर्मुराएको छ।

    यसपटक नेपाली राष्ट्रयताको माथिको प्रहारलाई लिएर राष्ट्रियता रक्षा गर्न अभूतपूर्व राष्ट्रिय सहमति पनि कायम भएको छ।नेपाल सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यकमको २६९ नं. बुँदामा स्पष्टरुपमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमी हो भन्दै त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने तथा तदनुरुप नै छुटेको भूमी समेत समावेश गरि नेपालको नक्सा जारी गर्ने उल्लेख छ।

    र सरकारले नीति तथा कार्यक्रममा सम्बोधन गरे बमोजिम नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्जजनिकीकरण समेत गरिसकेको छ। साथै सो नक्सालाई नेपालको संविधानको अनुसूचीमा रहेको निसान छापमा समेट्न संविधान संशोधन गर्ने बिषय प्रकाशमा आएको छ।

    देशको राष्ट्रियता समृद्धीकरणको सवाल रणनीतिक महत्वको हुन्छ। आफ्नो राष्ट्रियतालाई प्रखर बनाउँदै लानु राज्यको प्रथम दायित्व हुनुको नाताले नेपालले पनि राष्ट्रियताका सम्बन्धमा लोकप्रियतामा रमाउने भन्दा दूरदर्शिता र परिपक्वताको साथ भूमिका निर्वाह गर्नुपर्छ।

    मुलुकको परिवेश अनुसार राष्ट्रियताको चुनौति पनि फरक फरक हुने हुँदा नेपालको पनि विशिष्ट चुनौतीहरु रहेका छन्। नेपालले पनि राष्ट्रियतामा आइपर्ने बाह्य तथा आन्तरिक कारणले दुबै चुनौतिहरु प्रक्षेपण गरि बेलैमा समाधान गर्न सक्नुमा राष्ट्रियता सबलीकरण हुन्छ। नेपाली सन्दर्भमा राष्ट्रियता समृद्धीकरणका लागि निम्न पक्षलाई ध्यान पुर्याउनु पर्ने देखिन्छ।

    राष्ट्रियताको चेत !

    सामाजिक सम्झौताको सिद्धान्तको अन्तर्यले पनि मूलत राज्य नागरिकका लागि स्थापित भएको हो। जसरी राज्य नागरिकमैत्री बन्नुपर्छ, त्यसरी नै नागरिकहरुको पनि राज्य प्रति राष्ट्रियताको निश्चित अनिवार्य दायित्व रहन्छ।

    नागरिकहरुमा राष्ट्रियताको हुटहुटि प्रगाढ हुन सकेमा राष्ट्रियताको झण्डा सगरमाथामा फहराइरहन सक्छ। नागरिक तहमा देशभक्ति चेत र राष्ट्रियतामा मतैक्यता हुन जरुर छ।

    राष्ट्रियताको चेतको कुरा गर्दा सरकार र राजनीतिक तहमा अझ बढी हुनुपर्छ। सरकारले राजकीयसत्ता र वास्तविक सार्वभौमसत्ताको प्रयोग गरी राष्ट्रियता समृद्धीकरण गर्नुपर्छ। राजनीतिक दलहरुले आफ्ना राजनीतिक कर्महरुमा राष्ट्रियतामा सम्झौता गर्नु राष्ट्रघात हुन्छ।

    राष्ट्रियता र विविधता व्यवस्थापन !

    राष्ट्रियता र देशमा विद्यमान विविधताबीचमा व्युतक्रमानुपातिक सम्बन्ध रहन्छ। स्वभाविक रुपमा विविधता राष्ट्रिय एकताको बिरोधी चरित्र हो। विविधतामा राष्ट्रियता समृद्ध बनाउनु बढी चुनौतिपूर्ण हुन जान्छ। राष्ट्रियताको आन्तरिक चुनौती मुलुकी विवधतालाई आत्मसात गरी व्यवस्थापन गर्नु आवस्यक छ।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुक रहेको हुदाँ अर्थपूर्ण विविधता व्यवस्थापन जोड दिदै राष्ट्रियताको समृद्धीकरण गर्नु आवस्यक हुन्छ। इन्द्रेणीमय नेपाली विविधतामा राष्ट्रियता बर्करार गर्न सचेतता सहितको पूर्वसावधानी अपरिहार्य हुन्छ।

    अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा संरक्षण !

    मुलुकको राष्ट्रियता रक्षाको लागि अन्तर्राष्ट्रिय सीमा सुरक्षा संवेदनशील मानिन्छ। मुलुकको चौतर्फी सिमाना संरक्षण गर्न सकेमा राष्ट्रियता सबल हुन्छ । राष्ट्रियता सबलीकरण गर्न वर्तमान विभिन्न देशहरुले सिमानामा पर्खाल, पिलर, काँडेतार तथा घेराबाराको एजेण्डा ल्याउने गर्दछन्।

    यतिबेला नेपाल-भारत सीमा विवादले राष्ट्रियताको मुद्दा सतहमा ल्याइदिएको छ। नेपालको अन्तर्राष्ट्रिय सिमानालाई संरक्षण गर्नुपर्ने आवाजहरु बुलन्द भएका छन्।

    भारतले दावा गरिरहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित नेपाली भूमीको प्राप्ति गर्दै नेपाली राष्ट्रियता समृद्धीकरण गर्न ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट मीत्रराष्ट्र भारतसँग सीमा विवाद समाधान गर्नु आजको आवस्यकता हो।

    विकास तथा समृद्धिको आधार !

    कुनैपनि मुलुकको राष्ट्रियता समृद्धीकरणको आधार राष्ट्रिय विकास र समृद्धि पनि हो। राष्ट्र जतिजति आत्मनिर्भर हुन्छ उतिउति नै राष्ट्रियता समृद्धीकरण हुन्छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal