News Portal

  • अंग्रेजले नेपाललाई छलकपट गरेर हराएको स्वीकारोक्ति

    हिमाली संचार संवाददाता
    ३९२ पटक
    २०७७ जेठ ११, आइतबार

    काठमाडौं – भनिन्छ, इतिहासको सच्चाइलाई कसैले चाहेर पनि मेटाउन सक्दैन। अहिले नेपालको कालीनदीको मुहान रहेको लिम्पियाधुरालाई आफ्नो दाबी गरिरहेको भारतले आफ्नै इतिहासमा नेपालको सीमाना पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म फैलिएको र इष्ट इण्डिया कम्पनीले छलपूर्वक छिनेर लिएको उल्लेख गरेको छ। अधिकांश भारतीयले पढ्ने इतिहासको किताब हो- पंकज सरल अध्ययन माला।

    सो पुस्तकको आधुनिक भारत – १७०७-१८१८) पुस्तक मालामा एउटा अध्याय छ- गोर्खा युद्ध। यस अध्यायमा गोर्खा राज्यको सिमाना सिक्किमदेखि सतलजसम्म रहेको र युद्धमार्फत अंग्रेजहरुले त्यो भूभाग छिनेर लिएको उल्लेख गरिएको छ। ‘नेपाल राज्यका निवासीलाई गोरखे भनिन्छ। पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म यिनको राज्य फैलिएको थियो,’ किताबमा लेखिएको छ, ‘गोरखा जाति आफ्नो वीरताका लागि प्रशिद्ध थिए।’

    सो पुस्तकमा अंग्रेजले नेपाललाई बाध्य बनाएर सुगौली सन्धिमा हस्ताक्षर गर्न लगाएको स्वीकारोक्ति छ। पुस्तकमा भनिएको छ, ‘बलमार्फत जब विजय प्राप्त गर्न सम्भव भएन, तब अंग्रेजले छलपूर्वक गोर्खालाई मिलाउने प्रयास गर्‍यो। गोर्खाका सेनापतिलाई धेरै प्रयास गर्दा पनि अंग्रेसले आफ्नो मित्र बनाउन सफल भएन। छापामार रणपद्दतिद्वारा गोर्खाले अंग्रेजलाई धेरै स्थानमा पराजित गरे।’ तर, अन्तिममा छलकपटद्वारा अंग्रेजले नेपाललाई हराएको पंकज सरल अध्ययनमालामा उल्लेख छ।

    पुस्तकमा अगाडि भनिएको छ, ‘परिणामस्वरुप १८१६ मा सुगौलीको सन्धी भयो, जसद्वारा कमाऊ र गढवालको समस्त प्रदेश अंग्रेजलाई प्राप्त भयो। नेपाली विश्लेषकहरुले पनि सुगौली सन्धिअघिसम्म नेपाल विशाल एवं सार्वभौम सत्तासम्पन्न मुलुक रहेको र सुगौली सन्धिपछि अर्धऔपनिवेशिक बन्न पुगेको बताउने गरेका छन्।

    नेपालमा विदेशी हस्तक्षेपको सुरुवात यही सुगौली सन्धीलाई मान्ने गरिएको छ। सुगौली सन्धीले नेपालको सीमालाई संकुचन त गरेको थियो नै, तर छिमेकी भारतले त्यसपछि पनि सुस्ता, कालापानी लगायतका विभिन्न ठाउँमा नेपाली सीमा अतिक्रमण गर्ने कार्य अहिलेसम्म जारी राखेको छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal