News Portal

अंग्रेजले नेपाललाई छलकपट गरेर हराएको स्वीकारोक्ति

हिमाली संचार संवाददाता
५६६ पटक
२०७७ जेठ ११, आइतबार

काठमाडौं – भनिन्छ, इतिहासको सच्चाइलाई कसैले चाहेर पनि मेटाउन सक्दैन। अहिले नेपालको कालीनदीको मुहान रहेको लिम्पियाधुरालाई आफ्नो दाबी गरिरहेको भारतले आफ्नै इतिहासमा नेपालको सीमाना पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म फैलिएको र इष्ट इण्डिया कम्पनीले छलपूर्वक छिनेर लिएको उल्लेख गरेको छ। अधिकांश भारतीयले पढ्ने इतिहासको किताब हो- पंकज सरल अध्ययन माला।

सो पुस्तकको आधुनिक भारत – १७०७-१८१८) पुस्तक मालामा एउटा अध्याय छ- गोर्खा युद्ध। यस अध्यायमा गोर्खा राज्यको सिमाना सिक्किमदेखि सतलजसम्म रहेको र युद्धमार्फत अंग्रेजहरुले त्यो भूभाग छिनेर लिएको उल्लेख गरिएको छ। ‘नेपाल राज्यका निवासीलाई गोरखे भनिन्छ। पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म यिनको राज्य फैलिएको थियो,’ किताबमा लेखिएको छ, ‘गोरखा जाति आफ्नो वीरताका लागि प्रशिद्ध थिए।’

सो पुस्तकमा अंग्रेजले नेपाललाई बाध्य बनाएर सुगौली सन्धिमा हस्ताक्षर गर्न लगाएको स्वीकारोक्ति छ। पुस्तकमा भनिएको छ, ‘बलमार्फत जब विजय प्राप्त गर्न सम्भव भएन, तब अंग्रेजले छलपूर्वक गोर्खालाई मिलाउने प्रयास गर्‍यो। गोर्खाका सेनापतिलाई धेरै प्रयास गर्दा पनि अंग्रेसले आफ्नो मित्र बनाउन सफल भएन। छापामार रणपद्दतिद्वारा गोर्खाले अंग्रेजलाई धेरै स्थानमा पराजित गरे।’ तर, अन्तिममा छलकपटद्वारा अंग्रेजले नेपाललाई हराएको पंकज सरल अध्ययनमालामा उल्लेख छ।

पुस्तकमा अगाडि भनिएको छ, ‘परिणामस्वरुप १८१६ मा सुगौलीको सन्धी भयो, जसद्वारा कमाऊ र गढवालको समस्त प्रदेश अंग्रेजलाई प्राप्त भयो। नेपाली विश्लेषकहरुले पनि सुगौली सन्धिअघिसम्म नेपाल विशाल एवं सार्वभौम सत्तासम्पन्न मुलुक रहेको र सुगौली सन्धिपछि अर्धऔपनिवेशिक बन्न पुगेको बताउने गरेका छन्।

नेपालमा विदेशी हस्तक्षेपको सुरुवात यही सुगौली सन्धीलाई मान्ने गरिएको छ। सुगौली सन्धीले नेपालको सीमालाई संकुचन त गरेको थियो नै, तर छिमेकी भारतले त्यसपछि पनि सुस्ता, कालापानी लगायतका विभिन्न ठाउँमा नेपाली सीमा अतिक्रमण गर्ने कार्य अहिलेसम्म जारी राखेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...