News Portal

  • मन्त्रीको बाचा पुरा भएन, रोपाइँका लागि तयार छ सडक

    हिमाली संचार संवाददाता
    ५६६ पटक

    काठमाडौं – बिमिस्टेक सम्मेलनका लागि सदस्य राष्ट्रका पाहुनाहरु काठमाडौं आउन थालिसके । मंगलबार म्यानमारका राष्ट्रपति आए भने बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका पाहुनाहरु आउनेछन् ।

    सरकारले राष्ट्र तथा सरकार प्रमुखहरुलाई गोकर्ण रिसोर्टमा रिट्रिट राखेको छ भने चन्द्रगिरीमा पनि घुमाउने योजना छ । त्यसका लागि आजसम्ममा कलंकी-थानकोट र चवहिल-जोरपाटी-साँखु सडक कालोपत्र गरिसक्नु पर्ने थियो ।

    भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठले दुबै सडकको स्थलगत अनुगमन गर्दै त्यही घोषणा गरेका थिए । १२ गतेसम्म कोलोपत्र हुने उनको दाबी थियो ।

    तर, मन्त्रीको बाचा पुरा भएन । मंगलबार कलंकी थानकोट सडकमा जाँदा कतै हिलो त कतै ठूलठूला खाल्डा थिए । ‘मन्त्रीज्यूले भनेको सुन्दा नै विश्वास लागेको थिएन । पुरा गर्नु भएन भन्ने पनि गुनासो छैन’ सतुंगलका रोशन महर्जन भन्छन्

    मन्त्रीज्यूलाई भेट्नुभयो भने सुनाइदिनुस् भन्दै उनले भने, ‘एकै पटक पिच नगर्ने हो भने खाल्डा पुरेर मात्र हुँदैन । यसरी सरकरी ढुकुटी सत्यानाश नगरौं ।’

    मन्त्रीले १२ गतेसम्म जसरी पनि खाल्डा पुर्नु भनेपछि सडक विभागले माटो हालेको रहेछ ।

    तर, सडकको अवस्था सुधि्रएन, झन विगि्रएको छ । रातभर माटो मिसिएको गिट्टी ल्याएर हाल्ने र भोलिपल्ट पानी पर्नासाथ बगाएर लैजाने समस्या दोहोरिरहेको छ । अहिले सडक रोपाइको लागि तयार गरिएको खेत जस्तै छ ।

    गतिलोसँग काम नगर्दा सडक नै खेत जस्तो भएको ढुंगेअड्डाकी सविता नापित बताउँछिन् । ‘खाल्डा नपुर्दा गाडी चल्न सक्दैन । खाल्डामा माटो हाल्दा खेत जस्तो हुन्छ’ उनी भन्छिन्, ‘खाल्डा पुर्ने काम पनि झारो टारेजस्तो भयो ।’

    स्थानीयका अनुसार झरिकै बीचमा सतुंगलको एउटा अप्ठ्यारो खण्डमा पिच पनि गरिएको थियो । तर, तीन दिन पनि नटिकेपछि फेरि माटो ल्याएर हालिएको छ ।
    स्थानीय सुरेन्द्र सापकोटा भन्छन्, ‘यो मध्यबषर्ामा जति काम गरेपनि के अर्थ छ र ? यो समस्या आउन नदिने त वषर्ा लाग्नुअघि नै काम गरिसक्नुपथ्र्यो ।’

    तर, जे भएपनि बिमिस्टेक सम्मेलन सुरु हुने अघिल्लो दिनसम्म पनि सडक न कालोपत्र भयो न खोल्डाखुली रहित् ।

    अब विमिस्टेकमा आउने पाहुनाहरु मध्ये कसैले चन्द्रागिरी जान्छु भन्यो भने सरकारलाई आपत ! ढुंगेअड्डाकी सविताले सुझाएकी छन्, ‘चन्द्रगिरी जाने पाहुनालाई भनौं, यो सडकमा खाल्डा बनेको होइन, हामीले खाल्डामै सडक बनाएका हौं ।’

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal