News Portal

मीन विश्वकर्माको दाबी – रामचन्द्र पौडेलले लामखुट्टे मार्न ए.के. ४७ पड्काए !

हिमाली संचार संवाददाता
४६२ पटक

काठमाडौं २२, २०७६ पौष : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन बहादुर विश्वकर्माले रामचन्द्र पौडेल समूहले बोलाएको आफू पक्षधर जिल्ला सभापतिहरुको भेलालाई अवैधानिकको संज्ञा दिएका छन्।

उनले भने,‘उहाँहरुले बोलाउनुभएको आफू पक्षधर जिल्ला सभापतिहरुको भेला नै अवैधानिक छ। उहाँहरुले जसरी सभापतिलाई विधिसंगत ढंगबाट अघि बढेन भनेर आरोप लगाएर विधानविपरित भएको गुनासो गरिरहुनभएको छ, स्वभाविक हिसाबले उहाँहरुले गरिरहेको क्रियाकलापपनि विधानविपरित छ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै विश्वकर्माले अघि थपे,‘कुनैपनि केन्द्रिय कार्यसमितिका ८५ सदस्य र पदाधिकारीमध्ये एक जनाले कुनै औपचारिक कार्यक्रम गर्नको लागि केन्द्रीय कार्यसमितिको स्विकृति लिनुपर्ने हुन्छ।

उहाँहरुले जसरी औपचारिक बैठक बस्नको लागि केन्द्रिय कार्यसमितिले औपचारिक निर्णय गरेको छैन्। जिल्ला सभापतिहरुको बारेमा विधानले विधानतः कुनै पनि संगठन मान्दैन्।

पौडेल समूहले बोलाउँदा उनीहरुकै समहुका अधिकांश सभापतिहरुले पार्टीलाई जुटाउनेभन्दा फुटाउनेतर्फ प्रेरित गरेकोले आफूहरु आउन नसक्ने भनेर जवाफ दिएको पनि आफूहरुको जानकारीमा आएको उनले स्पष्ट पारे।

नेता विश्वकर्माले सभापति शेरबहादुर देउवा विधानविपरित हिँडेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे। उनले भने,‘सभापतिले त्यस्तो गर्नुभएको छैन्।

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले विधानविपरित केही पनि गरेको छैन् भन्ने कुराको प्रमाण अहिले जसले पार्टी कार्यालयमा अनौपचारिक जिल्ला सभापतिहरुको भेला बोलाएर छलफल गर्दै हुनुहुन्छ उहाँहरुले पेश गर्नुभएको ९ बुँदे प्रस्ताव, त्यसलाई शेरबहादुर देउवा सभापति रहेको केन्द्रिय कार्यसमितिले हुबहु पारित गरिदिएको छ।

तर, पौडेल समूहले आफूहरुको अनुपस्थितिमा किन निर्णय गरियो भनेर भनेको कुरामा पनि उनले खण्डन गरे। उनले भने,‘हाम्रो अनुपस्थितिमा किन पारित गरियो ? भन्ने कुरामा चाहीँ झुक्याएर पारित गरेको होईन्।

मंसिर २६ गतेको केन्द्रिय समितिको बैठकमा उहाँहरुको सबै प्रस्ताव मानिदिएपछि उहाँहरुसँग अर्को नयाँ बखेडा थिएन्। त्यही भएर पौडेल समूहको आग्रहमा २ दिन पछि (मंसिर २८ गते) सारिएको स्मरण गराए।

उनले भने,‘मंसिर २८ गते उहाँहरुले प्याकेज भन्ने नयाँ प्रस्ताव ल्याउनुभयो। त्यो प्याकेजलाई नेतृत्वले स्विकार गरिदियो र, बैठक पुष ४ गते सारियो। ४ गते फेरि उहाँहरुले विषय पाउनुभएन र नेविसंघ र तरुण दलभित्रको प्रतिशतको कुरा उठाउनुभयो।

त्यो प्रतिशतमा लगभग लगभग कुरा मिलिसकेपछि अब तेस्रो गुटको बारेमा कुरा उठाउनुभयो। पुष ११ गतेको बैठकमा पौडेल समूह बिना जानकारी अनुपस्थिति भएको पनि उनले सुनाए। उनले भने,‘उहाँहरुले विधानविपरित सभापति हिड्यो भन्नुभयो तर, उहाँहरु बैठकमा आउनुभएन्।

४ गतेको बैठकपछि सभापति त असन्तुष्टि नेताहरुको घरघरमा जानुभयो। नेताहरुको कुरा सुनेर उहाँहरुको सबै माग पूरा गरिदिन्छु भनिदिनुभयो। उनले पार्टीलाई कमजोर पार्ने काम कसैबाट पनि गर्न नहुने धारणा राखे।

यसअघि कार्यसम्पादन समिति २५ सदस्य रहेको बताउँदै त्यतिवेला २९ सदस्यीय बनाईएको उनले सुनाए। त्यतिवेला पनि उनीहरुकै आग्रहमा थपेर २९ सदस्यीय बनाईएको उनको भनाई छ। त्यस्तै, संसदीय बोर्ड बनाउँदा १५ मा ७ सदस्य थपिएको पनि उनले सुनाए।

निर्वाचन हारेपछि पौडेल समूहले अवैधानिक कार्यसम्पादन समिति र संसदीय बोर्डले गर्दा चुनाव हारियो भनेर आरोप लगाएपछि सभापतिले दुवै समिति विघटन गरिदिएको पनि उनले सुनाए। उनले भने,‘सभापति त सारै सजिलो मान्छे, जे भन्यो त्यही मान्ने।

पौडेल समूहले नेविसंघको तदर्थ समिति बनाउनुपर्ने माग राखेको सुनाए। उनले भने,‘उहाँहरुले ३२ माथिको बनाउनुपर्छ भन्नुभयो, त्यो पनि सभापतिले मान्नुभयो। उहाँहरुले ५० प्रतिशत माग्नुभयो। त्यो पनि सभापतिले दिनुभयो तर, ५० प्रतिशतमा सिटौला समूहलाई पनि दिनुहोस भन्दा उहाँहरुले मान्नुभएन्।

सभापति देउवा सहमतिको आदर्श बोकेर हिड्ने नेता भएको उनको टिप्पणी छ। पौडेल समूहले अहिले असन्तुष्टिको गीत गाएको उनको आरोप छ। उनले भने,‘पौडेल समूह अहिले कुनैपनि सांगठानिक महत्व नहुने प्लेटफार्ममा बैठक गरिरहनुभएको छ।

२०५५ सालमा सभापति गिरिजाप्रसाद कोइराला रहेको बेला यसैगरि किसुनजीले गुनासो गरेर बाहिर निस्किँदा उहाँले जिल्ला सभापतिहरुको भेला बोलाउनुभएको थियो। त्यो बेला उहाँले किसुनजीका नजिकका १७ जिल्ला सभापतिलाई एकै रातमा पदबिहीन बनाईदिनुभएको थियो।

भोलिपल्ट बिहानै प्रवक्ताहरुको खारेजी भएको थियो। केन्द्रिय समिति पूनर्गठन भएको थियो। सभापति देउवाले बरिष्ठ नेता तनहुँ गएको बेला, पाथीभरा गएको बेला वा राति सुतेको बेला बैठक नबोलाएको पनि उनले स्पष्ट पारे।

उनले भने,‘उहाँ बिरामी भएर अस्पताल बसेको बेला बैठक बोलाएको हो ? म प्रश्न गर्न चाहन्छु। होईन। अहिले सभापति देउवाले सानेपामा विपक्षीहरुलाई भेला गर्न दिएको उनले सुनाए। उनले थपे,‘कुनै होहल्ला छैन्। कहीँ प्रतिक्रिया पनि छैन्।
अनि त्यस्तो व्यक्ति तानाशाही हुन्छ ? त्यस्तो व्यक्ति निरंकुश हुन्छ ? अनि त्यस्तो व्यक्ति असक्षम हुन्छ ? पटक्कै होईन्।

उनले अहिलेको जिल्ला सभापतिहरुको भेला महाधिवेशनलाई लक्षित गरेर सभापतिको बलियो उम्मेदवार शेरबहादुर देउवालाई लाञ्छना लगाएर हिलो छ्यापेर चरित्र हत्या गरेर, बात लगाएर, कमजोर बनाउने मक्शतबाहेक अरु केही पनि नभएको जिकिर गरे।

उनले सामान्य विषयमा जिल्ला सभापतिहरुलाई पुषको जाडोमा बोलाएर दुःख दिनु राम्रो नभएको भन्दै पौडेल समूहको आलोचना गरे। उनले भने,‘अहिले देशमा धेरै विषय छन्। विभिन्न विद्येयकहरुको बारेमा आलोचना भैरहेको छ। पार्टी त्यतातिर केन्द्रित हुनुपर्छ। यसरी पार्टी चल्दैन्।

उनले भने,‘आजपनि मलाई लाग्दैछ कि सामान्य चित्त दुखाईको कुरामा, नेविसंघमा को मान्छेको सट्टा को मान्छे राख्न ? र कतिजनाको सट्टा कति जना राख्नका लागि सभापतिहरुलाई यो पुषको जाडोमा काठमाडौं बोलाएर यो जुन झमेल गरिरहनुभएको छ, मलाई लाग्छ उहाँहरुले मच्छेड मार्नको लागि उहाँहरुले ए.के.फोर्टी सेभेन पड्काउँदै हुुनुहुन्छ।

उनले पौडेल समूहको चित्त दुखाई निर्देशित भएकोले सभापति देउवाले चित्त बुझाउन समय लागेको पनि तर्क गरे। उनले भने,‘अहिले सभापतिलाई कमजोर देखाउने नाममा साथीहरुले जथाभावी, असंवैधानिक, अवैधानिक र अराजनीतिक गतिविधिहरुको पनि अभिव्यक्ति आउन थाल्यो।

हिजोमात्रै बरिष्ठ नेताको अभिव्यक्ति चितवनमा देख्नुभयो होला, यदि मान्नुहोला मैले यो मञ्चबाट नेपाली कांग्रेस फलानो मितिबाट रहँदैन भने भने पार्टी चाहीँ रहन्छ तर म चाहीँ रहिँदन् तर नेताले के भन्नुभयो अब नेपाली कांग्रेस रहँदैन्।

उनले अघि थपे,‘अर्का नेताले के भन्नुभयो कांग्रेस पार्टीमा मत हाल्दाखेरि मेरो हात काँप्छ भन्नुभयो। अर्को नेताले के भन्नुभयो फलानो भूभाग फलानोलाई दिए हुन्छ। यस्तो भन्न पाईन्छ ? अनि उनीहरुचाहीँ पार्टी जोगाउने, पार्टी बचाउने, देश बचाउने, अनि पार्टी सभापतिले भन्नुभयो–लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो नेपालको हो महामहिम राजदुत, तपाईले के गर्दैहुनुहुन्छ ?

यो नक्शा तत्काल खारेज गर्नुहोस भनेर टेलिफोन गर्ने सभापतिलाई चाहीँ सभापतिले त्यसो भन्नुहुँदैन थियो म लज्जित भएको छु भन्ने नेताहरु अहिले यो अभियानमा छन्।

उनले प्रतिनिधिसभाको सभामुखको चयन जतिसक्दो चाँडो गर्नपनि आग्रह गरेका छन्। उनले भने,‘नियतवश यस्तो रिक्तता रहन गएको होईन्। दुर्भाग्यवश, दुर्घटना भयो। उनले सत्तापक्षको आपसी मतभेद र आपसी मतभेदको कारण सिंगो संसदलाई अनिर्णयको बन्दी नबनाउन पनि चेतावनी दिए।

उनले भने,‘संसदीय व्यवस्थालाई प्रभावित गर्नेगरि, सिंगो संसदीय व्यवस्थालाई बद्नाम गर्नेगरि, अन्तर्राष्ट्रिय जगत हसाउनेगरि सभामुखको पद खाली राखिराख्न मिल्दैन्। पुष २७ गते नै सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन गर्न पनि उनले आग्रह गरे।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...