News Portal

  • खुट्टाको कुर्कुच्चा फुट्ने समस्याबाट छुटकारा पाउन यो विधि अपनाउनुहोस

    हिमाली संचार संवाददाता
    ४४० पटक

    खुट्टाको कुर्कुच्चा फुट्ने एक आम समस्या नै हो। सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन्।

    जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो मानिसमा यो समस्या देखिन्छ। छाला सुख्खा हुँदा फुट्ने समस्या भए तापनि अन्य कारणहरु पनि छन्, जस्तै धेरै बेरसम्म उभिएर काम गर्ने व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ।

    त्यस्तै खुट्टा या छालाको राम्रो स्याहार सुसार नगर्दा र फिट नहुने जुत्ता वा चप्पलको कारण पनि कुर्कुच्चा फुट्ने समस्या हुन्छ। कुर्कुच्चा फुट्नु ठुलो समस्या भने होइन। यसलाई हामीले आफ्नै घरमा उपलब्ध सामाग्रीहरु प्रयोग गरेर सजिलै हटाउन सकिन्छ।

    त्यसकारण आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले फुटेको कुर्कुच्चालाई सधैँको लागि निको पार्नुका साथै खुट्टालाई पहिला भन्दा सफा, मुलायम र कोमल बनाउँछ।

    चाहिने सामग्री: 
    पानी, कागती, नुन, ग्लिसिरिन र भ्यास्लिन।

    बनाउने विधि: 
    आधा कचौरा पानीमा एउटा कागती काटेर यसको आधा भागको रस निचोरेर राख्ने। त्यसपछी यसमा सानो चम्चाको आधा यानिकी आधा चम्चा ग्लिसिरिन र सानो चम्चाकै आधा नुन राखेर सम्पूर्ण सामग्रीलाई राम्ररी मिसाउने। यो मिश्रण तयार भएपछी।

    प्रयोग गर्ने विधि: 
    अघि हामीले निचोरेको कागतीको बोक्रा लिएर यस पानीको मिश्रणमा चोपेर फुटेको ठाउँमा स्क्रब गर्ने। ५-१० मिनेट सम्म गर्नु पर्छ। यसरी स्क्रब गर्दा फुटेको छाला (डेड स्किन) सबै निस्किन्छ र एकदम सफा र चिटिक्क हुन्छ। करिब ५-१० मिनेट स्क्रब गरेपछी सफा कपडाले यसलाई पुछ्नुहोस्।

    स्क्रब गरेर राम्ररी पुछेपछी यो भागमा भ्यास्लिन लगाउनुहोस्। यो विधि राती सुत्नु भन्दा अगाडी प्रयोग गर्नुहोस्। बिहान उठेर खुट्टालाई राम्रो सँग धुनुहोस्। लगातार तीन दिनसम्म यो उपचार विधि अपनाउँदा जस्तोसुकै फुटेको कुर्कुच्चा निको हुन्छ। यदि तीन दिनमा ठिक भएन भने अझ अरु केहि दिन यो विधि अपनाउनुहोस्। तपाइँले एकदम प्रभावकारी नतिजा पाउनुहुनेछ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal