News Portal

खुट्टाको कुर्कुच्चा फुट्ने समस्याबाट छुटकारा पाउन यो विधि अपनाउनुहोस

हिमाली संचार संवाददाता
६३५ पटक

खुट्टाको कुर्कुच्चा फुट्ने एक आम समस्या नै हो। सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन्।

जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो मानिसमा यो समस्या देखिन्छ। छाला सुख्खा हुँदा फुट्ने समस्या भए तापनि अन्य कारणहरु पनि छन्, जस्तै धेरै बेरसम्म उभिएर काम गर्ने व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ।

त्यस्तै खुट्टा या छालाको राम्रो स्याहार सुसार नगर्दा र फिट नहुने जुत्ता वा चप्पलको कारण पनि कुर्कुच्चा फुट्ने समस्या हुन्छ। कुर्कुच्चा फुट्नु ठुलो समस्या भने होइन। यसलाई हामीले आफ्नै घरमा उपलब्ध सामाग्रीहरु प्रयोग गरेर सजिलै हटाउन सकिन्छ।

त्यसकारण आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले फुटेको कुर्कुच्चालाई सधैँको लागि निको पार्नुका साथै खुट्टालाई पहिला भन्दा सफा, मुलायम र कोमल बनाउँछ।

चाहिने सामग्री: 
पानी, कागती, नुन, ग्लिसिरिन र भ्यास्लिन।

बनाउने विधि: 
आधा कचौरा पानीमा एउटा कागती काटेर यसको आधा भागको रस निचोरेर राख्ने। त्यसपछी यसमा सानो चम्चाको आधा यानिकी आधा चम्चा ग्लिसिरिन र सानो चम्चाकै आधा नुन राखेर सम्पूर्ण सामग्रीलाई राम्ररी मिसाउने। यो मिश्रण तयार भएपछी।

प्रयोग गर्ने विधि: 
अघि हामीले निचोरेको कागतीको बोक्रा लिएर यस पानीको मिश्रणमा चोपेर फुटेको ठाउँमा स्क्रब गर्ने। ५-१० मिनेट सम्म गर्नु पर्छ। यसरी स्क्रब गर्दा फुटेको छाला (डेड स्किन) सबै निस्किन्छ र एकदम सफा र चिटिक्क हुन्छ। करिब ५-१० मिनेट स्क्रब गरेपछी सफा कपडाले यसलाई पुछ्नुहोस्।

स्क्रब गरेर राम्ररी पुछेपछी यो भागमा भ्यास्लिन लगाउनुहोस्। यो विधि राती सुत्नु भन्दा अगाडी प्रयोग गर्नुहोस्। बिहान उठेर खुट्टालाई राम्रो सँग धुनुहोस्। लगातार तीन दिनसम्म यो उपचार विधि अपनाउँदा जस्तोसुकै फुटेको कुर्कुच्चा निको हुन्छ। यदि तीन दिनमा ठिक भएन भने अझ अरु केहि दिन यो विधि अपनाउनुहोस्। तपाइँले एकदम प्रभावकारी नतिजा पाउनुहुनेछ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...