News Portal

  • वडा सदस्य शाहीले सडक निर्माण रोकेपछि..

    हिमाली संचार संवाददाता
    ३७५ पटक

    बाँके २५, २०७६ कार्तिक : देशमा २०५४ सालमा भएको स्थानीय निर्वाचन भएको २० बर्षपछि स्थानीय निर्वाचन भयो। आम नागरिकलाई छुट्टै उत्साह थियो। टोलको विकाससँगै आम नागरिकको जीवनस्तर पनि सुध्रिन्छ भन्ने आम नागरिकको बुझाई थियो।

    स्थानीय निर्वाचनपछि विकास र समृद्धि हुन्छ भन्नेमा आम नागरिकहरुले अपेक्षा गरेका थिए। नागरिकहरुका अपेक्षा केही पुरा भए, कतै जनप्रतिनिधिबाटै नागरिकका अपेक्षामाथि अवरोध भयो।

    जनप्रतिनिधि आएपछि विकास र समृद्धिको आशा गरेका नागरिकहरुले कतै विकास पाए, कतै निराशामात्रै हात लाग्यो। नेपालगन्जमा एक जना वडा सदस्यले आफ्नै मतदाताको अपेक्षामाथि तुसारापात गरेकी छन्।

    जनताका काममा बाधा अड्चन आउँदा समाधानका लागि समन्वय गर्ने निर्वाचित जनप्रतिनिधिले नै विकासमा अवरोध गर्दा आम नागरिकले विकास होइन, अवरोध संस्कार गर्नुपर्छ भन्ने विकास भएको प्रतिक्रिया दिएका छन्।

    नेपालगन्ज–४ की वडा सदस्य इन्दिरा शाहीले विकासका नाममा अवरोध गरेको एक जना स्थानीयले बताए। गणेशपुर चोकमा रहेका घर भत्काउन नदिएपछि जनप्रतिनिधि शाहीको घरको पूर्वतर्फको निर्माणधिन सडक लामो समयदेखि अलपत्र अवस्थामा छ।

    सामान्य नागरिकले मात्रै घर भत्काउनुपर्ने ? उनले प्रश्न गर्दै भने, ‘सडक कहिले बन्छ भन्ने कुनै जानकारी छैन। भोट हालेका जनप्रतिनिधिको रबैयाले विकास रोकिएको छ। चासो कसले लिने ?

    राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके निकट स्रोतले वडा सदस्य शाहीलाई विकासका काममा अवरोध नगर्न धेरै पटक आग्रह गरिसकेको बतायो।

    स्रोतले भन्यो, ‘हामीले धेरै पटक अवरोध नगर्न भनिसकेका छौं, उहाँले मान्नुभएको छैन, यसमा उहाँको व्यक्तिगत राजनीतिसँगै पार्टीलाई पनि समस्या हुन्छ। आगामी निर्वाचनमा पार्टीलाई पनि राम्रो हुँदैन।

    नेपालगन्ज–४ का वडाध्यक्ष सफिक बेहनाले विकासका नाममा कसैले पनि राजनीति गर्न नहुने प्रतिक्रिया दिएका छन्। उनले भने, ‘विकासमा राजनीति गर्नु हुँदैन, विकास राजनीतिक विचारमा चल्दैन।

    विकासका लागि सबैले एकजुट भएर आफ्नो दायित्व निर्वाह गर्नुपर्छ। उनले बुवाको नाममा रहेको घर भत्काएर सडक निर्माण गरेको स्मरण गर्दै विकासका काममा कसैले कुनै पनि बाहनामा अवरोध गर्न नपाइने बताए।

    गणेशपुर चौक हुँदै एबीसी स्कुलतर्फ सडक चौडा बनाउने क्रममा वडा सदस्य शाहीले सडक निर्माणमा अवरोध गरेपछि स्थानीयहरुसमेत आक्रोशित बनेका छन्।

    एक जना स्थानीयले भने, ‘अरुका घरका पर्खाल तोड्दै हिड्ने वडा सदस्यले आफ्नो घरको पर्खाल तोड्न नदिएर विकासमा अवरोध पुर्‍याउनु जायज हो ?

    सर्वसाधारणका घर तोड्ने, आफ्नो घर भत्किने भएपछि सडक निर्माणमा अवरोध गर्ने कस्तो राजनीति हो ?

    वडा सदस्य शाहीले श्रीमानका कारण पर्खाल भत्काउन नसकेको प्रतिक्रया दिइन्। उनले भनिन्, ‘मैले होइन, श्रीमानले रोक्नु भएको छ। घर उहाँकै नाममा छ, मैले केही गर्न सक्दिँन।

    सडक निर्माणमा अवरोध भएको ५/६ महिना बितिसक्दा पनि घरधनी श्रीमान् भएको कारण देखाउँदै वडा सदस्य शाही सडक निर्माणको कामबाट पन्छिएको स्थानीयहरुको भनाई छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal