News Portal

वडा सदस्य शाहीले सडक निर्माण रोकेपछि..

हिमाली संचार संवाददाता
५३२ पटक

बाँके २५, २०७६ कार्तिक : देशमा २०५४ सालमा भएको स्थानीय निर्वाचन भएको २० बर्षपछि स्थानीय निर्वाचन भयो। आम नागरिकलाई छुट्टै उत्साह थियो। टोलको विकाससँगै आम नागरिकको जीवनस्तर पनि सुध्रिन्छ भन्ने आम नागरिकको बुझाई थियो।

स्थानीय निर्वाचनपछि विकास र समृद्धि हुन्छ भन्नेमा आम नागरिकहरुले अपेक्षा गरेका थिए। नागरिकहरुका अपेक्षा केही पुरा भए, कतै जनप्रतिनिधिबाटै नागरिकका अपेक्षामाथि अवरोध भयो।

जनप्रतिनिधि आएपछि विकास र समृद्धिको आशा गरेका नागरिकहरुले कतै विकास पाए, कतै निराशामात्रै हात लाग्यो। नेपालगन्जमा एक जना वडा सदस्यले आफ्नै मतदाताको अपेक्षामाथि तुसारापात गरेकी छन्।

जनताका काममा बाधा अड्चन आउँदा समाधानका लागि समन्वय गर्ने निर्वाचित जनप्रतिनिधिले नै विकासमा अवरोध गर्दा आम नागरिकले विकास होइन, अवरोध संस्कार गर्नुपर्छ भन्ने विकास भएको प्रतिक्रिया दिएका छन्।

नेपालगन्ज–४ की वडा सदस्य इन्दिरा शाहीले विकासका नाममा अवरोध गरेको एक जना स्थानीयले बताए। गणेशपुर चोकमा रहेका घर भत्काउन नदिएपछि जनप्रतिनिधि शाहीको घरको पूर्वतर्फको निर्माणधिन सडक लामो समयदेखि अलपत्र अवस्थामा छ।

सामान्य नागरिकले मात्रै घर भत्काउनुपर्ने ? उनले प्रश्न गर्दै भने, ‘सडक कहिले बन्छ भन्ने कुनै जानकारी छैन। भोट हालेका जनप्रतिनिधिको रबैयाले विकास रोकिएको छ। चासो कसले लिने ?

राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके निकट स्रोतले वडा सदस्य शाहीलाई विकासका काममा अवरोध नगर्न धेरै पटक आग्रह गरिसकेको बतायो।

स्रोतले भन्यो, ‘हामीले धेरै पटक अवरोध नगर्न भनिसकेका छौं, उहाँले मान्नुभएको छैन, यसमा उहाँको व्यक्तिगत राजनीतिसँगै पार्टीलाई पनि समस्या हुन्छ। आगामी निर्वाचनमा पार्टीलाई पनि राम्रो हुँदैन।

नेपालगन्ज–४ का वडाध्यक्ष सफिक बेहनाले विकासका नाममा कसैले पनि राजनीति गर्न नहुने प्रतिक्रिया दिएका छन्। उनले भने, ‘विकासमा राजनीति गर्नु हुँदैन, विकास राजनीतिक विचारमा चल्दैन।

विकासका लागि सबैले एकजुट भएर आफ्नो दायित्व निर्वाह गर्नुपर्छ। उनले बुवाको नाममा रहेको घर भत्काएर सडक निर्माण गरेको स्मरण गर्दै विकासका काममा कसैले कुनै पनि बाहनामा अवरोध गर्न नपाइने बताए।

गणेशपुर चौक हुँदै एबीसी स्कुलतर्फ सडक चौडा बनाउने क्रममा वडा सदस्य शाहीले सडक निर्माणमा अवरोध गरेपछि स्थानीयहरुसमेत आक्रोशित बनेका छन्।

एक जना स्थानीयले भने, ‘अरुका घरका पर्खाल तोड्दै हिड्ने वडा सदस्यले आफ्नो घरको पर्खाल तोड्न नदिएर विकासमा अवरोध पुर्‍याउनु जायज हो ?

सर्वसाधारणका घर तोड्ने, आफ्नो घर भत्किने भएपछि सडक निर्माणमा अवरोध गर्ने कस्तो राजनीति हो ?

वडा सदस्य शाहीले श्रीमानका कारण पर्खाल भत्काउन नसकेको प्रतिक्रया दिइन्। उनले भनिन्, ‘मैले होइन, श्रीमानले रोक्नु भएको छ। घर उहाँकै नाममा छ, मैले केही गर्न सक्दिँन।

सडक निर्माणमा अवरोध भएको ५/६ महिना बितिसक्दा पनि घरधनी श्रीमान् भएको कारण देखाउँदै वडा सदस्य शाही सडक निर्माणको कामबाट पन्छिएको स्थानीयहरुको भनाई छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...