News Portal

  • अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् डा.गुञ्जना शर्मा

    हिमाली संचार संवाददाता
    ५१८ पटक

    टीका बन्धन
    काठमाडौं, २४ असार : महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ? डा.गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ । किनभने उहाँ विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज रिसर्च ल्यावोरेटोरिज (एचआरएल)मा इन्जिनियरिङ विज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।

    शर्मा आवद्ध ल्यावले तयार गर्ने न्यानो टेक्नोलोजी र सफ्टवेयर अमेरिकी रक्षा विभाग (डार्पा), अमेरिकी सुरक्षा एजेन्सी (एनएसए), विश्वप्रसिद्ध हवाई उत्पादक कम्पनी (बोइङ), अमेरिकी बहुराष्ट्रिय जनरल मोटर्स कर्पोरेसन (जीएमसी) जस्ता कम्पनीले प्रयोग गर्दै आएका छन् । एचआरएलका उत्पादन प्रयोग गरिरहेका कम्पनीले थप र नयाँ उपकरण माग गर्नुपर्ने अवस्था आएमा ती कम्पनीले पुनः ल्यावको गुणस्तर, गोपनीयता र सुरक्षा सुनिश्चिता गर्ने उहाँले बताउनुभयो ।

    शर्मा भन्नुहुन्छ– एचआरलका प्रयोगकर्ता यस्ता विषयमा ढुक्क भएपछि मात्रै उत्पादन प्रकृया अघि बढ्छ । उहाँका अनुसार एचआरएलले न्यानो टेक्नोलोजीमा आधारित ट्रान्जिस्टर, तीब्र गति र उच्चशक्तिका नवीनतम उपकरण तयार गर्दै आएको छ । सन् १९६० मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको सो संस्था अमेरिकी एएस ९१०० गुणस्तर प्राप्त कम्पनी हो । क्यालिफोर्नियाको मालिबुमा अवस्थित सो ल्यावको स्वामित्व हाल जीएमसी र बोइङ कम्पनीले लिएका छन् ।

    व्यावसायिक र गैरव्यावसायिक दुवै प्रकृतिका सामग्री उत्पादन गर्ने एचआरएलले विशिष्टीकृत परियोजनालाई मात्रै ग्रहण गर्दैआएको छ। सन् २०१३ मा सिनियर प्रोसेस डेभलपमेन्ट इन्जिनियरका रुपमा सो कम्पनीमा आवद्ध शर्मा सन् २०१५ यता पूर्णकालीन इन्जिनियरिङ स्पेसलिस्टका रुपमा कार्यरत हुनुहुन्छ । अमेरिकी रक्षा विभाग (डार्पा), विश्वमै चिनिएको हवाई उत्पादक कम्पनी (बोइङ) जस्ता संस्था र कम्पनीले प्रयोग गर्ने उपकरण उत्पादन गर्ने निकाय हो ।

    सो कम्पनीमा आवद्ध हुन अमेरिकी नागरिक पहिलो प्राथमिकतामा दिइने गरिएको बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘धेरैजसो अमेरिकी र युरोपेली छन्, एसियाका साथीहरु ज्यादै थोरै मात्र छन् ।’ शर्माले प्रष्ट्याउँदै भन्नुभयो–‘आफ्नो प्रशंसा आफै गर्नु उपयुक्त नहुन सक्छ, म अहिले जुन कम्पनीमा आवद्ध छु यो उपलब्धि म र मेरा आफन्तका लागि मात्रै होइन, समग्र नेपाल र नेपालीले पनि गर्व गर्ने विषय हो ।

    भारत, पाकिस्तान, भियतनाम, फिलिपिन्स, दक्षिण कोरिया लगायत एसियाली मुलुकबाट केही अनुसन्धाता एचआरएलमा आवद्ध भएपनि प्रायसबैले विगतमै अमेरिकी नागरिकता लिइसकेका उहाँले जानकारी दिनुभयो। शर्मा माइक्रोसिस्टम प्रविधिमा विद्यावारिधि गर्ने सम्भवतः पहिलो नेपाली महिला हुनुहुन्छ। उहाँले स्वीडेनको उप्साला विश्वविद्यालयबाट पीएचडी र यूनिभर्सिटी अफ क्यालिफोर्नियाबाट ‘मेकानिकल र एरोस्पेस इन्जिनियरिङ’मा पोस्ट डक्टे«ट गर्नुभएको छ ।

    कपिलवस्तुको जमहरामा जन्मनु भएकी शर्माले विद्यालयतहको शिक्षा काठमाडौंको सिद्धार्थ बनस्थली इस्टिच्यूटबाट पूरा गर्नुभएको थियो भने अमृत साइन्स कलेजबाट आईएससी र काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गर्नुभएको हो। उहाँले जर्मनीको म्यूनिखस्थित टेक्निकल यूर्निभरसिटीबाट हाई फ्रिक्वेन्सी प्रविधिमा स्नातकोत्तर गर्ने अवसर पाउनुभयो। उहाँ व्यवसायी श्रीमान् र १२ वर्षीय छोरासहितको सुखी परिवारकी सदस्य हुनुहुन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...

    रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

    काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान...