News Portal

  • कर्णाली प्रदेश सभाले विजनेस पाएन, मुख्यमन्त्री र मन्त्री डुल्नमै मस्त !

    हिमाली संचार संवाददाता
    ४९५ पटक

    सुर्खेत : रुकुम पश्चिमका प्रदेशसभा सदस्य गोपाल शर्मा आफ्नो गृह जिल्लामा मतदाताहरूसँग भेटघाटमा व्यस्त छन् । त्यस्तै, सांसद विन्दमान विष्ट, सीता नेपाली लगायतका सांसद पनि जिल्ला दौडाहामा नेकपाको पालिकास्तरका भेला बैठकहरूमा हिँडिरहेका छन् । प्रायः माननीयहरू कि त पार्टीका काममा छन् कित आफ्नो निर्वाचन क्षेत्रमा । प्रायः सुर्खेतमा भेटिरहने कर्णाली प्रदेशसभाका सदस्यहरूसँग उति भेट हुन छाडेको छ । वर्षे अधिवेशन स्थगित भएको डेढ महिना बितिसक्दा पनि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुन नसक्दा प्रदेशसभाका सदस्यहरुको जमघट पातलिएको हो ।

    पुस महिनाको दोस्रो साता बित्नै लाग्दासमेत हिउँदे (तेस्रो) अधिवेशन सञ्चालनबारे कर्णालीमा अन्यौलता छ । प्रदेश सरकारले बिजनेस दिन नसक्दा तेस्रो अधिवेशन आह्वानबारे संसद् सचिवालय नै अन्योलमा परेको हो । हिउँदे अधिवेशन आह्वान नहुँदा प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माणमा ढिलाइ हुने भएको छ । कानुन अभावकै कारण चालु आर्थिक वर्षमा विनियोजित बजेट कार्यान्वयन गर्न चुनौती भएका बताउँदै आएको सरकारले नै आवश्यक कानुनको मस्यौदा निर्माण गर्न सकेको छैन ।

    मुख्यमन्त्रीसहित मन्त्रीहरु लावालस्कर लागेर औपचारिक कार्यक्रममा दियो बाल्न व्यस्त छन् । सरकारले प्रभावकारी रूपमा कानुन निर्माण गर्न नसक्दा प्रदेश अधिवेशन आह्वान गर्नेबारेमा अन्योलता कायम रहेको सचिवालय बताउँछ । दोस्रो अधिवेशन गत कार्तिक १८ गते अन्त्य भएको थियो ।

    प्रदेश सरकारले काम थालेको करिब एक वर्ष बितिसक्दा २० वटा मात्रै कानुन निर्माण गरेको छ । जसमध्ये १५ वटा कानुन प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रमाणित गरेका छन् । पहिलो अधिवेशनमै टेबुल भएका अधिकांश विधेयकमाथि नै दोस्रो अधिवेशन केन्द्रित रह्यो । आउने अधिवेशनका लागि सरकारसँग अहिले कुनै बिजनेस छैन् ।

    कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित सातवटा मन्त्रालय छन् । तीमध्ये तीन मन्त्रालयले दुईवटा अधिवेशनमा विधेयक पेस गर्नसमेत सकेनन् । यतिवेला प्रदेशसभामा भने पाँचवटा विधेयकहरू दर्ता छन् । तीनवटा विधेयक दफाबार छलफलका लागि प्रदेशसभाको विषयगत समितिमा छन् भने दुई विधेयक सचिवालयमा पेस भएका छन् ।

    प्रदेशको नाम र राजधानी टुंगो लगाएर प्रभावकारी काम देखाएको कर्णाली प्रदेश सरकार त्यसयता सुस्त बन्दै गएको छ । सरकारले बिजनेस दिए आगामी माघको पहिलो सातासम्म सभा आह्वान गर्न सकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए ।

    उनले सरकारको काम प्रभावकारी बनाए संसद् नियमित सञ्चालन हुने बताए । ‘पुसको अन्तिम वा माघको पहिलो सातासम्म प्रदेशसभा आह्वानबारे टुङ्गो लाग्ला’ उनले भने, ‘सरकारले केही काम दिन सकेको छैन् । सरकारबाट काम नआएसम्म बैठक आह्वान गर्न पनि सकिँदैन् ।’ बजेट कार्यान्वयनतर्फ केन्द्रित भएकाले प्रदेश सरकारले संसदलाई बिजनेस दिन नसकेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

    ‘प्रदेशमा बजेट कार्यान्वयनको चटारो सुरु भएकाले कानुन निर्माण भएका छैनन्’ उनले भनिन्,‘संसदमा दर्ता भएका विधेयकहरूमाथि नै छलफल भएको छैन् । विषयगत मन्त्रालयहरू कानुन निर्माणमा जुटेका छन् ।’ उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले विधेयक निर्माणलाई तीव्रता दिएको बताइन् ।

    कर्णाली प्रदेशको संसद् सचिवालय नेतृत्वविहीन जस्तै बनेको छ । सरकारले नियुक्त गर्ने संसद् सचिवालयको सचिव विधेयक नबन्दा नियुक्त हुन सकिरहेको छैन् । विद्येयक विधायन समितिमा गएर अड्केको छ । सचिवालयमा दुईवटा उपसचिवको दरबन्दी भएकोमा दुवै दरबन्दी अहिले रिक्त रहेको छ । कानुन उपसचिव र प्रशासन तर्फको उपसचिव दुवै रिक्त अवस्थामा छ ।

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उपेन्द्र केशर खनालले हेर्ने गरी भनिएको छ । सचिवालयमा ४ जना शाखा अधिकृतको दरबन्दी भएकोमा दुईजना मात्र छन् दुई जनाको दरबन्दी अहिले पनि रिक्त नै रहेको सचिवालयकी प्रशासनतर्फकी नायव सुव्वा दुर्गा खनालले जानकारी दिइन् । यसअघि राजेश पौडेल संसद् सचिवालयमा सचिवका रूपमा आएका थिए उनी अहिले संघीय गृह मन्त्रालयको अध्यागमन विभागमा कार्यरत रहेका छन् ।

    अर्का लक्ष्मण शर्मा उपसचिवका रूपमा आएका थिए उनी गत साउन ३० देखि लागू हुनेगरी स्वैच्छिक अवकाशमा गइसकेका छन् । यसैगरी उपसचिव दिनेश भट्ट पनि गत मंसिर ७ देखि संघीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत रहेका छन् । त्यसयता प्रदेशसभाको सचिवालय नेतृत्वविहीन रहेको छ । बुलबुलेखबरबाट

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal