News Portal

  • काठमाडौंको टुडिखेलमा गुञ्जियो ढोल-झ्याम्टा, आज मुलुकभर साकेलामय

    हिमालीसंचार संवाददाता
    ३५९ पटक

    काठमाडौं – प्रकृति पुजक किरात राई समुदायले शनिबार मुलुकभर आकास गर्जिने र पत्ताल थर्किने गरी ढोल झ्याम्टा बजाउदै धुमधामसँग साकेला उभौली चाड मनाएका छन् ।

    खोटाङ, भोजपुर, उदयपुर जिल्लाका गाउ-गाउ हुदै धनकुटा र पुर्वाञ्चलका विभिन्न किरात समुदायको बाहुल्यता भएको स्थानहरुमा आज शनिबार मुन्धुमी नक्छो सहित भूमिपुजा गरी उभौली साकेला चाड मनाएका छन् । झापा जिल्लाको विभिन्न साकेलथानहरुमा, मोरङ जिल्लाका प्रतिस्थापन गरिएका साकेल थानहरुमा र धरानमा प्रतिस्थापन गरिएका साकेल थानहरु बाहेक धरानको भानु चौकमा साकेला चाड धुमधमसंग मनाएका छन्। 

    किरात राई यायोक्खा धरान नगर कार्यसमितिको आयोजनामा भानुचोकमा येलेदोङ ५०८२ औं उभौली साकेला चाड मनाएका हुन्। बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा बजाएर करिब १५ दिनसम्म धुमधामसँग साकेला सिली नाचेर उभौली चाड मनाउने गरिन्छ । धरानमा हरेक बर्ष उभौली साकेला चाडको अवसरमा नगरका विभिन्न चोकहरुमा दुई सातासम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि साकेला चाड मनाउने गरिएको छ। 

    आज काठमाडौं टुडिखेलमा किरात समुदायको उल्लेख्य सहभागिताबीच ढोल झ्याम्टाको तालमा नक्छो सहित पोर्टेवल तीन चुलामा विधिवत रुपमा पुजागरी शीली नाच्दा साकेलामय भएको थियो ।

    किरात समुदायमा समय सधै प्रतिकुल भइरहोस्, अन्नवाली सप्रियोस, अनिकाल नलागोस् सबै जीव प्राणीहरुमा सुख शान्ति छाओस् भन्दै सिमेभुमे पूजा गरी साकेला शीली नाचेर नयाँ अन्नबाली लगाउने प्रचलन रहेको छ ।

    किरात समुदायले आज एक दिन खनजोत बन्द गरेर अन्नबाली उब्जनी दिने (भूमि) धर्तीलाई पुज्ने यो चाडलाई विशेष रुपमा किराती समुदायले साकेला उधौली र साकेला उभौली मान्दै आएका छन्।

    नेपालमा बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा बजाएर करिब १५ दिनसम्म (औशी) धुमधामसँग साकेला चाड मनाइन्छ भने नेपाल भन्दा बाहिर यहि समयबधिमा विभिन्न कार्यक्रमको आयोजना गरी साकेला चाड मनाउने प्रचलन रहेको छ।

    तस्वीरः अर्जुन राई

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal