News Portal

  • धरानमा एमाले हराउने कांग्रेसको दाउ, विरासत जोगिनेमा एमाले ढुक्क र स्वतन्त्रको ह्वात्तै चर्चा

    हिमालीसंचार संवाददाता
    ३०४३ पटक

    धरान – धरान उपमहागरपालिका धरानको मेयर बन्नका लागि अहिले धरान उपमहानगरपालिका धरानमा विभिन्न दलका २० जना उम्मेदवार चुनावी मैदानमा छन् । धरानको राजनैतिक दृष्टिकोणबाट हेर्दा सत्ता गठबन्धनका किशोर राई र नेकपा एमालेकी मञ्जु भण्डारीबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ।

    यता स्वतन्त्र उम्मेदवार सामाजिक अभियान्ताको रुपमा आफ्नो परिचय बनाएका हर्क साम्पाङको उम्मेदवारीले पछिल्लो समय बढी चर्चा पाएको छ । चुनाव नजिकिएसँगै किशोर राई, मञ्जु भण्डारी र हर्क साम्पाङ अन्य दलका प्रतिनिधिहरु धरानका मतदाता रिझाउने अभियानमा छन् ।

    हर्कराज साम्पाङको लोकप्रियताः सत्ता गठबन्धन र नेकपा एमालेका नेताहरूले जस्तो धरानका स्वतन्त्र उम्मेदवारहरूले पनि जनमत आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन् । धरानका खानेपानी समस्य, भ्रष्टाचार, चुरे दोहन लगायत एजेण्डामार्फत धराने जनतासँग परिचित हर्क साम्पाङ आफूले नया पुस्ता सहित विवेकको मत पाउनेमा ढुक्क छन् ।

    स्वतन्त्र मतसँगै एमाले र कांग्रेसका असन्तुष्टहरू आफ्नो जितको आधार भएको उनको विश्वास छ । भ्रष्टाचार नगर्ने र धरानको पुरानो शाख जोगाउने प्रतिबद्धता जनाएका हर्क साम्पाङले मतदातासँग “लोरो” चुनाव चिन्हमा मतदान गर्न आह्वान गरिरहेका छन् । हर्क साम्पाङसँगै धरानमा रत्न कटवाल स्वतन्त्र उमेदवारी दिएका छन् भने यता खम्बुवान साझा पाटीबाट हर्कराज राईले उपमेयर र राप्रपाबाट नरेश शाक्यले पनी मेयरका लागि उम्मेदवार दिएका छन् । तर नगरमा हर्क साम्पाङको लोकप्रियता ह्वात्तै बढेको छ। 

    धरानमा यस पालि नयाँ मतदाता रिझाउन हरेक उम्मेदवारले बढी जोड दिएका छन् । ०७४ सालको चुनावमा ७९ हजार २८२ मतदाता रहेको धरानमा यो पटक नयाँ मतदाता २१ हजार ४२ मतदाता थपिएका छन् ।

    धरानका गठबन्धनः २०७६ सालको मंसिरमा सम्पन्न उपनिर्वाचनमा पहिलोपटक धरानमा कम्युनिष्ट उम्मेदवार हराएको नेपाली कांग्रेस यो चुनाव सजिलै जित्ने बुझाइमा छ । तर उम्मेदवार फरक रहेको छ। उपनिर्वाचनमा तिलक राई र अहिले किशोर राई। १४ मंसिर ०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तिलक राईले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई कुल २६ हजार ७०९ मत ल्याई पराजित गरेका थिए ।

    धरानको जीतलाई नेपाली कांग्रेसले पार्टी पुनर्जागरणकै रुपमा अथ्र्याएको थियो । हुन पनि, ०७४ सालको चुनावमा नराम्रोसँग पराजित भएको मात्रै नभएर धरानमा बहुदल आएपछि सम्पन्न कुनैपनि चुनाव कांग्रेसले जित्न सकेको थिएन । २०४९ सालमा ध्यानबहादुर राई, २०५४ सालमा मनोज मेन्याङ्बो र २०७४ सालमा मेयर जितेका तारा सुब्बाले निरन्तरता दिएका थिए ।

    तर तारा सुब्बाको १ साउन २०७५ सालमा निधन भयो । त्यसपछि सम्पन्न उपनिर्वाचनमा कांग्रेसले पहिलोपटक कम्युनिष्ट किल्ला ढालेको थियो । ०७४ सालको चुनावमा तारा सुब्बासँग ४ हजार ७७३ मतले पछि परेका तिलक राईले उपनिर्वाचन जिते । नेकपाका उम्मेदवार प्रकाशलाई २ हजार ७९५ मतले पछि पार्दै तिलक राईले २६ हजार ७०९ मत ल्याएका थिए ।

    धरानमा नेकपा एक भएको त्यो अढाइ वर्षको अवधिमा तिलकले उल्ट्याएको नतिजा चानचुनले थिएन । किनकि एमालेका तारा सुब्बासँग पाँच हजार नजिक मतान्तरले पराजित तिलक राईले नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकता हुँदाको नेकपा उम्मेदवार प्रकाश राईलाई २ हजार ७९५ मतको अन्तरले हराएका थिए । ०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

    तर यसपटक माओवादी केन्द्रको मत कांग्रेस उम्मेदवारलाई जाने छ । सत्ता गठबन्धनको निर्णय अनुसार, माओवादी केन्द्रले उपमेयरको उम्मेदवार उठाएको छ । माओवादी केन्द्रले ०७४ सालको निर्वाचनमा मेयरका उम्मेदवार बनेका बेघालाई नै अगाडि सारेको छ । धरानमा एमालेको धेरै भएकाले यसपटक गठबन्धनले सजिलै जित्ने बेघा दाबी गर्छन् ।

    नेकपा माओवादी केन्द्रसँग एकीकृत समाजवादीको समर्थन किशोर राईलाई नै छ । मेयर उपमेयरमा आफ्नै उम्मेदवार खडा गरेपनि जनता समाजवादी पार्टी, जसपा र संघीय लोकतान्त्रिक मञ्चले पनि कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ । धरानका किशोर राई आफैंमा पनि धरानमा परिचित व्यक्तित्व हुन् । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वउपाध्यक्ष किशोर युवा पुस्तामा लोकप्रिय छन् ।

    उपनिर्वाचन जितेको उत्साह, कम्युनिष्टहरुसँगै तालमेल र परिचित व्यक्तित्व भएर पनि किशोर राई ढुक्क हुने अवस्था भने देखिँदैन । उनलाई पार्टीभित्रैको असन्तुष्टि मिलाउनुपर्ने चुनौति छ । कम्युनिष्टहरू मिलेको उपचुनाव जितेका तिलक राई फेरि मेयर बन्ने दौडमा थिए । तर कांग्रेसको आन्तरिक शक्ति संघर्षका क्रममा तिलक राईले नभएर यसपटक किशोर राईले टिकट पाए । अहिले किशोर राईलाई तिलक राईले पाएको मत जोगाउनुपर्ने चुनौती छ । गठबन्धनलाई थप कसिलो बनाइराख्दा मात्रै कम्युनिष्ट मत किशोर राईले पाउन सक्छन् ।

    अर्कातिर, धरानमा एमालेको जग बलियो छ । ०७४ सालको चुनावमा २० मध्ये १३ वडा एमालेले जितेको थियो । नेपाली कांग्रेसले ६ र नेकपा माओवादी केन्द्रले १ वडा जितेको थियो । यस हिसाबले गठबन्धन हुँदा पनि धरानमा एमाले कमजोर छैन । तर धरान जनजातिको जनधनत्व रहेको क्षेत्र हो। 

    धरानमा ‘इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको वडा समितिदेखि क्षेत्रीय समितिसम्म एक भएर निर्वाचनमा होमिएको छ’, सभापति पोखरेल भन्छन् । एन्फाका पूर्वपदाधिकारी किशोर राई कांग्रेसको शक्ति र गठबन्धनको बलमा सजिलै मेयर जित्ने विश्वासमा छन् । आफूले मेयर जितेपछि ‘खेलाडीको खुट्टामा फुटबल जुन गतिमा दौडिन्छ, धरानको विकास त्यै गतिमा दौडिने’ आश्वासनसहित किशोर राईले भोट मागिरहेका छन् ।

    ०५४ सालमा धरान–१२ को वडाध्यक्ष जितेका किशोर ०५८ सालमा कांग्रेस प्रजातान्त्रिकका नगर सभापति थिए । उनले मेयर जित्न मतदातासँग खानेपानी र सुकुम्बासीको एजेण्डा अगाडि बढाएका छन् ।

    धरानमा विरासत जोगिनेमा एमाले ढुक्कः उपमेयरको कार्यकाल पूरा गरेकी मञ्च भण्डारीलाई मेयरको उम्मेदवार बनाएको एमाले नेताहरू पनि धरानमा पार्टीको बिरासत जोगिनेमा ढुक्क छन् । तारा सुब्बाको निधनपछि केही समय कार्यबाहक मेयरको जिम्मेवारी सम्हालिएकी मञ्जु भण्डारीसँग अनुभव र युवा उर्जा रहेको एमाले नेताहरू तर्क गर्छन् । ४० वर्ष नकट्दै कार्यबाहक मेयर र उपमेयरको भूमिका निर्वाह गरेकी भण्डारी धरानका जनताको समस्यासँग परिचित रहेकी उनीहरुको तर्क छ ।

    अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति थालेकी भण्डारी छोटो समयमै एमाले केन्द्रीय सदस्य भएकी छन् । उनको व्यक्तित्वलाई समेत एमालेले मेयर जित्ने आधारका रुपमा लिएको छ । ‘मेरो उम्मेदवारीले सम्पूर्ण महिलामा उर्जा थपिएको छ । धरानको समग्र विकासमा जनताको मनमा आशा पलाएको छ’, मेयरका उम्मेदवार भण्डारी भन्छिन् । ०७६ सालमा गुमेको एमाले शाख फर्काउने एकमात्रै उद्देश्यमा आफू केन्द्रीत भएको भण्डारी बताउँछन् ।

    तर एमालेको दावीमा पार्टी विभाजनको असर र उपनिर्वाचनको नतिजा प्रतिकुल देखिन्छ । एमाले धरान नगर इञ्चार्ज मुराहरी सुवेदी भने विभाजन पछि धेरै कार्यकर्ता एमालेमै रहेको दाबी गर्छन् । धरानको चुनावमा एकीकृत समाजवादीको कुनै प्रभाव नपर्ने उनी बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal