News Portal

  • एनआरएनए युएईको उपाध्यक्षमा राजेन्द्र रोस्याराको उम्मेद्बारी

    हिमालीसंचार संवाददाता
    १७३ पटक

    युएई– एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन चलायमान भएको छ ।
    आगामी जुलाई ३० मा हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्बारी दाबी गर्ने सिलसिलामा उपाध्यक्षको लागि राजेन्द्र रोस्याराले उम्मेद्बारी दिने भएका छन् ।
    वैदेशिक रोजगारीको सिलसिलामा १३ वर्ष अगाडि धनगढीको कैलालीबाट आएका रोस्यारा उत्तरी इमिरेट्सको नेपाली समुदायमा सामाजिक अभियन्ताको रूपमा उच्च छवि बनाएका व्याक्तित्व हुन् ।
    सामान्य रोजगारी गर्न युएई आएका रोस्यारा राक क्षेत्रमा रेस्टुरेन्टको क्षेत्रमा लगानी गरेर व्यावसायिक अनुभव संगाालेका सहयोगी र कर्तव्यबोध भएका युवा हुन् ।
    युएईका आम नेपालीमा उनी नयाँ जस्ता देखिए पनि हरेक सामाजिक, साँस्कृतिक, राजनीति व्याक्तित्वको नजरमा उनी जिम्मेवार र कर्तव्यनिष्ठ युवा समाजसेवी हुन् ।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइको आसन्न २१-२३ कार्यकालको लागि रोस्याराले उपाध्यक्ष पदमा आफ्नो दावेदारीको घोषणा गर्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

    सन् २०१३ देखि २०१७ सम्म दुई कार्यकाल एनआरएनए राक क्षेत्रको अध्यक्षको जिम्मेवार सम्मलेर उत्तरी इमिरेट्समा एनआरएनएको साख जोगाउने मध्येका एक दरिला स्तभ हुन् रास्योरा । यति मात्रै नभएर उनी विभिन्न संस्थाहरुमा सल्लाहकारका रूपमा विगतदेखि हालसम्म पनि कार्यरत छन् ।
    रोस्यारा आवद्ध संस्थाहरुमा इनास राक, सुदुर पश्चिम सेवा समाज, नेपाली समाज राक, जनप्रगतिशील मञ्च राक, एनआरएनए राक, नेप्लिज एसोसिएसन राक क्षेत्रमा सल्लाहकार भएर आफ्नो सम्लग्नता जनाइसकेका छन् । एनआरएनए राक क्षेत्रको वरिष्ठ सल्लाहकार समेत रहेका रोस्यारा आफ्नो क्षेत्रमा समस्यामा परेका नेपालीहरुका लागि दिनरात केही नभनी काम गर्ने युवा भएकोले उनको जित भनेको समग्र नेपालीहरुको विजय सावित हुने कुरा झापाली समाज युएईका राक क्षेत्र अध्यक्ष केशव कार्कीले प्रतिक्रिया दिएका छन् । पुराना एनआरएनकर्मीको साथ र सहयोग भएका कारण आफ्नो जीत सुनिश्चित भएको रोस्याराको दाबी रहेको छ ।

    संस्थामा गलत प्रवृत्ति र मैमत्ताको राजनिती हुन नहुने बरु सिद्धान्त र नीति प्रधान हुन जरुरी छ भन्ने मान्यता राख्ने, अध्ययनशिल, प्रखर वक्ता हुन् रोस्यारा ।

    संस्था सुदृढीकरणको साथै, आर्थिक रुपमा सम्पन्नको मात्र संस्थामा हालिमुहाली हुन हुन्न , हर तह र तप्काको ब्याक्तिहरुको प्रतिनिधित्वको नारा लिने रास्योरा युएईमा रहेका नेपालीहरुलाई आवश्यक सबै प्रकारका सहयोग पर्ने गरेका छन।

    एनआरएनमा अधिनायकवाद र राजनितिक दम्भको खुलेर बिरोध गर्ने , क्रान्तिकारी स्वभावका राजेन्द्रले आसन्न अधिवेशनमा आफूले संस्थालाइ नीति नियम र बिधानको शुत्रमा बाध्न उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal