News Portal

  • संसदीय समितिमा माधब नेपाल र ओली पक्षका सांसदबीच भनाभन !

    हिमालीसंचार संवाददाता
    २८४ पटक

    काठमाडौँ।
    प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ। समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा ११ बजे बैठक डाकेको थियो।

    पूर्वप्रधानमन्त्रीको हैसियतमा अघिल्लो लहरमा नेता नेपाल समिति सभापति पवित्रा निरौला खरेलसँग बसेका थिए। नेपालले सुरूआतमा प्रतिनिधि सभा पुन: स्थापना भएकोमा खुसी व्यक्त गरे। उनले संसद ब्युताउन संघर्ष गर्नु परेको तर्क गरे। साथै जनताले संसद ल्याएको बताए।

    केही समयपछि केपी ओली पक्षका सांसद नारदमुनि राना बैठकमा प्रवेश गरे। उनले बैठकमा सर्वोच्चको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको बताए। साथै माधव नेपाल पक्षलाई कटाक्ष गर्दै ‘केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए’ भन्दै व्यंग्य कसे।

    वैशाख २७ गते प्रतिनिधि सभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान गर्न माधव नेपालसहित उनी पक्षका २८ सांसद अनुपस्थित भएका थिए। सांसद रानाले प्रतिनिधि सभा विघटनको विषय राजनीतिक भएको टिप्पणी गरे।

    ‘जो आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा गएर सुतिरहेका थिए’, रानाले भने, ‘तिनैले अहिले संसद भनेर कराउनुको औचित्य छैन। संसद विघटन राजनीतिक निर्णय हो। त्यस निर्णयमा पुर्‍याउनेहरू दोषी हुन्।’ उनले प्रतिनिधि सभा विघटन हुनुको जिम्मा वरिष्ठ नेता नेपालले पनि लिनु पर्ने बताए। माधव नेपाललाई कटाक्ष गरेपछि दीपकप्रकाश भट्ट बीचैमा बोले। उनले ठूलो स्वरमा ‘प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोजे।

    ‘के कुरा गरेको प्रतिगमनको मतियार बाहिर जानुहोस्’, भट्टले भने। त्यसपछि माधव नेपाल पनि बोले। उनले पनि प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार नभएको बताए। ‘प्रतिगमनका मतियार राजीनामा दिएर संसदबाट बाहिर जानुहोस्’, नेता नेपालले भने। लगत्तै कांग्रेस सांसदहरूले पनि नेता नेपाल समूहलाई साथ दिए। कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संविधान विरोधी कुरा गर्ने भन्दै चर्को स्वरमा बोले।

    समिति सभापति खरेलले बोलिरहेका रानालाई नै समय दिन खोजिन्। तर दीपकप्रकाश भट्टले रानालाई समय दिए पनि बोल्न छाडेनन्। राना सँगै बसेकी एमालेकै सांसद सरला यादवले रानालाई नै ‘तपाईं को हो जे पायो त्यही बोल्ने’ भन्दै हप्काइन्।

    समिति सभापति खरेलले ‘माननीयज्यू शान्त हुनुस्’ भनिरहिन्। सँगै बसेका माधव नेपाल सांसदहरूलाई रोक्न तर्फ लागेनन्। बरू सांसदहरुको दोहरी सुनिरहे। केही समयपछि नेता नेपाल निस्किए। अनि अरू सांसद पनि बैठक कक्षबाट बाहिरिए। समिति विषय नै प्रवेश नगरी सक्कियो।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal