News Portal

  • डाक्टर नवराज लम्साललाई महालक्ष्मी साहित्य पुरस्कार

    हिमालीसंचार संवाददाता
    २८० पटक

    काठमाडौँ – यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्साललाई प्रदान गरिने भएको हो।

    पुरस्कार नगद राशि ५१ हजारसहित सम्मानपत्र रहने छ। गतवर्षसम्म २१ हजार एकको रहेको महालक्ष्मी साहित्य पुरस्कारको राशि यस वर्षबाट वृद्धि गरी रु ५१ हजार बनाइएको बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले जानकारी दिनुभयो।

    सामाजिक उत्तरदायित्व निभाउँदै बैकले साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको पराजुलीले जानकारी दिनुभयो।

    यही फागुन २९ गते एक कार्यक्रमको आयोजना गरी महालक्ष्मी साहित्य पुरस्कारबाट डा. लम्साल, मातृभूमि राष्ट्रिय सम्मान २०७७ बाट कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान २०७७ बाट इतिहास लेखक केदारप्रसाद न्यौपानेलाई सम्मान गरिने छ।

    सोही दिन कवि दिनेश शर्मा न्यौापानेको कविता सङ्ग्रह विमोचन गरिनेछ। मातृभूमी साहित्य समाज मकवानपुरले आगामी फागुन २८ गते शुक्रबार एक कार्यक्रम आयोजना गरी विभिन्न विधिमा १५ साहित्य सम्मान प्रदान तथा पुरस्कार प्रदान गर्ने भएको छ।

    कोरोनाका कारणसहित विभिन्न समस्याले प्रदान गर्न बाकी रहेका गत वर्षका सम्मान र पुरस्कार यसै वर्ष प्रदान गरिने गरी कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष माधव पोख्रेलले जानकारी दिनुभयो।

    अन्य पुरस्कार मातृभूमि राष्ट्रिय पुरस्कार, २०७७ बाट संयुक्तरुपमा नाट्यकर्मी सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई, ईश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७५ बाट गजलकार पुष्प अधिकारी, ईश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७६ बाट मिथिला नाट्यकला परिषद्, नित्य गोविन्द स्मृति–मातृभूमि सङ्गीत पुरस्कार २०७६ बाट बाबु क्षेत्रीलाई प्रदान गरिने छ।

    यसैगरी श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार २०७६ बाट समाजसेवी राजकुमार सिंधी, होमनाथ बलदेवी–मातृभूमि छन्द साहित्य सम्मान २०७७ बाट साहित्यकार केशवराज आमोदी, मायादेवी–मातृभूमि पुरस्कार २०७७ बाट कवि अनुराधा शर्मा प्रदान गरिने भएको हो।

    त्यस्तै शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार २०७६ बाट प्राडा नारायणप्रसाद खनाल र २०७७ बाट सुवर्णबहादुर थापा, हातेमालो–मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७ बाट सुवास खनाल, क्षेत्रबहादुर स्मृति–मातृभूमि सम्मान २०७७ बाट कवि डा.गणेशकुमार पौडेललाई प्रदान गरिने छ।

    यसैगरी राजकुमार स्मृति–मातृभूमि सम्मान २०७७ बाट आसाम निवासी कृष्णविक्रम राणा, केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७ बाट सुवर्णलाल श्रेष्ठ, झलकबहादुर बानियाँ स्मृति जीवन सङ्घर्ष मातृभूमि सम्मान २०७७ बाट विसु लामा र मङ्गलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७ बाट दिव्या चौलागाईलाई प्रदान गरिने भएको हो।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal