News Portal

डाक्टर नवराज लम्साललाई महालक्ष्मी साहित्य पुरस्कार

हिमालीसंचार संवाददाता
४२६ पटक

काठमाडौँ – यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्साललाई प्रदान गरिने भएको हो।

पुरस्कार नगद राशि ५१ हजारसहित सम्मानपत्र रहने छ। गतवर्षसम्म २१ हजार एकको रहेको महालक्ष्मी साहित्य पुरस्कारको राशि यस वर्षबाट वृद्धि गरी रु ५१ हजार बनाइएको बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले जानकारी दिनुभयो।

सामाजिक उत्तरदायित्व निभाउँदै बैकले साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको पराजुलीले जानकारी दिनुभयो।

यही फागुन २९ गते एक कार्यक्रमको आयोजना गरी महालक्ष्मी साहित्य पुरस्कारबाट डा. लम्साल, मातृभूमि राष्ट्रिय सम्मान २०७७ बाट कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान २०७७ बाट इतिहास लेखक केदारप्रसाद न्यौपानेलाई सम्मान गरिने छ।

सोही दिन कवि दिनेश शर्मा न्यौापानेको कविता सङ्ग्रह विमोचन गरिनेछ। मातृभूमी साहित्य समाज मकवानपुरले आगामी फागुन २८ गते शुक्रबार एक कार्यक्रम आयोजना गरी विभिन्न विधिमा १५ साहित्य सम्मान प्रदान तथा पुरस्कार प्रदान गर्ने भएको छ।

कोरोनाका कारणसहित विभिन्न समस्याले प्रदान गर्न बाकी रहेका गत वर्षका सम्मान र पुरस्कार यसै वर्ष प्रदान गरिने गरी कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष माधव पोख्रेलले जानकारी दिनुभयो।

अन्य पुरस्कार मातृभूमि राष्ट्रिय पुरस्कार, २०७७ बाट संयुक्तरुपमा नाट्यकर्मी सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई, ईश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७५ बाट गजलकार पुष्प अधिकारी, ईश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७६ बाट मिथिला नाट्यकला परिषद्, नित्य गोविन्द स्मृति–मातृभूमि सङ्गीत पुरस्कार २०७६ बाट बाबु क्षेत्रीलाई प्रदान गरिने छ।

यसैगरी श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार २०७६ बाट समाजसेवी राजकुमार सिंधी, होमनाथ बलदेवी–मातृभूमि छन्द साहित्य सम्मान २०७७ बाट साहित्यकार केशवराज आमोदी, मायादेवी–मातृभूमि पुरस्कार २०७७ बाट कवि अनुराधा शर्मा प्रदान गरिने भएको हो।

त्यस्तै शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार २०७६ बाट प्राडा नारायणप्रसाद खनाल र २०७७ बाट सुवर्णबहादुर थापा, हातेमालो–मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७ बाट सुवास खनाल, क्षेत्रबहादुर स्मृति–मातृभूमि सम्मान २०७७ बाट कवि डा.गणेशकुमार पौडेललाई प्रदान गरिने छ।

यसैगरी राजकुमार स्मृति–मातृभूमि सम्मान २०७७ बाट आसाम निवासी कृष्णविक्रम राणा, केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७ बाट सुवर्णलाल श्रेष्ठ, झलकबहादुर बानियाँ स्मृति जीवन सङ्घर्ष मातृभूमि सम्मान २०७७ बाट विसु लामा र मङ्गलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७ बाट दिव्या चौलागाईलाई प्रदान गरिने भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...