News Portal

  • बजारमा नयाँ टिसर्ट- “नाटकै हो, ९ टंकी नै हो!”

    हिमालीसंचार संवाददाता
    १८० पटक

    काठमाण्डौ – सामाजिक सञ्जालमा सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओली र नेकपा अध्यक्ष प्रचण्डको एउटा वाक्य खुबै भाइरल छ, ‘नाटकै हो, नौटंकी नै हो।’ यो वाक्य नेकपा अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्द जोडेर बनेको ‘मिम’ हो। प्रचण्डले एक कार्यक्रममा प्रधानमन्त्रीले भारतीय च्यानललाई दिएको अन्तर्वार्ता ‘नाटकै हो’ भनेका थिए। उता ओलीले जवाफ दिँदै ‘नौटंकी नै हो’ भने। आज यही शब्द सहितको टिसर्ट बजारमा आएको छ।

    यी दुईका भनाइ जोडेर बनेको वाक्य रातारात मिम बन्यो, टिकटकमा भाइरल भयो। अझ यही शब्द राखेर गीत पनि सार्वजनिक भए। दुई नेताले बोलेको शैली र शब्दले राजनीति बुझ्ने र यसबारे जानकार रहनेको मात्र होइन, राजनीतिबाट धेरै टाढा रहेका जनताको पनि ध्यान खिच्यो। अझ युवा पुस्ता उनीहरूका मिम बनाउन अघि सरे।

    मिम, टिकटक र गीतपछि यतिबेला ‘नाटकै हो, नौटंकी नै हो’ ले टिसर्टमा स्थान पाएको छ। फेसबुक र ट्विटरतिर अचेल यही वाक्य प्रिन्ट भएका टिसर्ट देखिन थालेको छ। केहीले यस्ता टिसर्ट लगाएर पोस्ट गरेका छन् भने कतिपय पसल र प्रिन्टिङ प्रेसबाट प्रिन्ट गरिन्छ भन्दै जानकारी दिन थालेका छन्।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal