यो तस्वीरमा ब्वाँसोको एक समुह हिउँमा लस्करै हिडेको देखिन्छ । यो साधारण तस्वीरले ब्वाँसोको समुहको संगठन र संस्कृतिलाई स्पष्ट रूपमा देखाउँछ । तिनीहरू ५ खण्डहरूमा विभाजित भएर हिडिरहेका छ्न् ।
अगाडिको ब्वाँसो समुहको नेता होइन । यी तीन ब्वाँसा समुहको पहिलो विशेष समूह हो । तिनीहरू समुहको सबैभन्दा वृद्ध, बिरामी र अनुभवी ब्वाँसाहरू हुन् । तिनीहरूलाई अगाडि जान दिनु भनेको पछाडि नपर्न र सम्पूर्ण समूहको गति र लयलाई नियन्त्रण गर्नु हो । विशेष परिस्थितिमा वृद्ध र बिरामी ब्वाँसाहरूले शत्रुको ध्यान आकर्षित गर्न आफैलाई बलिदान गर्नेछन् ।
त्यसपछि दोस्रो समूह छ । यी पाँच ब्वाँसाहरू ब्वाँसोको समुहका सबैभन्दा बलियो र सबैभन्दा कडा ब्वाँसाहरू हुन् । तिनीहरू समुहको सुरक्षाको लागि मुख्य रूपमा जिम्मेवार छन् । यदि ब्वाँसाहरूलाई आक्रमण गरे तिनीहरूले समयमै अगाडिको भागको रक्षा गर्न सक्छन् ।
त्यसपछि तेश्रो समूह छ । यो समुहमा सबैभन्दा धेरै ब्वाँसाहरू छन् । त्यो समुहका महिला र बालबालिका हुन् । सम्पूर्ण ब्वाँसो समुहमा कमजोर समूह । तिनीहरू अगाडि र पछाडिको समुहद्वारा सुरक्षित हुन्छन् ।
अब चौथो समूहका यी पाँचवटा ब्वाँसाहरू दोश्रो समुह जस्तै जवान र बलियो ब्वाँसाहरू हुन् । तिनीहरू समुहको अगाडि र पछाडिको समुहको सुरक्षाको लागि मुख्य रूपमा जिम्मेवार हुन्छन् । र अब, समुहको अन्तिममा एउटा मात्रै ब्वाँसो बाँकी छ । ऊ सधैं अगाडिको समूहबाट टाढा रहन्छ । मानौं उसलाई ब्वाँसाहरूले छोडेको हो । तर यो परित्याग गरिएको जस्तो देखिने ब्वाँसो समुहको नेता हो । उ नै वास्तविक ब्वाँसोको राजा हो । उ पछाडि हिंड्नुको कारण अगाडि अवलोकन गर्नु एक निश्चित क्षेत्रलाई परिधिमा राख्नु हो । ताकि सम्पूर्ण समुहलाई उसको निगरानीमा राख्न सकोस् । यो सुनिश्चित छ कि कुनै पनि ब्वाँसो पछाडि छोडिएको छैन् ।
जब तपाइँ यो देख्नुहुन्छ, ब्वाँसाहरू अविश्वसनीय रूपमा चतुर छन् भन्ने महसुस गर्नुहुन्छ । तिनीहरू आफ्नो समुहमा धेरै राम्रो संगठित छन् ।
अर्कोतर्फ मानिस यसको विपरीत छन् । नेता जहिले पनि अगाडि बढ्छ र सबैभन्दा कमजोर पछाडि उभिनुपर्छ । ब्वाँसाहरूको संसारमा तिनीहरू यति सहिष्णु र सहयोगी र सुरक्षात्मक हुन्छ्न् । त्यसैले यो वास्तविक ब्वाँसो संस्कृति हो ।