News Portal

  • मल्ल र शाहीको हत्यारालाई कारबाही गर्छु: एसपी राना

    हिमाली संचार संवाददाता
    ४८६ पटक

    २०७७ असार १५, सोमवार
    नेपालगन्ज – बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले वसन्त मल्ल हत्याकाण्ड लगायत अन्य अपराधमा संलग्न अपराधीको लिष्ट तयार भइसकेको बताउँदै छिटै कारबाही गरिने बताएका छन्।

    वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए।

    एसपी रानाले भने–‘वसन्त मल्ल र प्रकाश शाहीको हत्या लगायतका अपराधमा संलग्न थप अपराधीको पहिचान भइसकेकोले उनीहरुको खोजी कार्य तिव्र पारिएको छ।

    उनले थपे–‘यसका लागि जिल्लामा विशेष सुरक्षा टिम परिचालन गरिएकोछ। अपराधमा संलग्न जो सुकै होस्, जस्तो सुकै अवस्था पक्राउ गरि कानूनी कारबाही गरिने बताउँदै छिट्टै नतिजा सार्वजनिक गर्नेछौं।

    प्रहरीले पक्राउ गरेका राजेशमाथि थप अनुसन्धान तथा कडा कारबाहीको माग गर्दै ठकुरी सहयोग सञ्जाल तथा ठकुरी पत्रकार समाजले सोमबार बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानालाई भेटी दोषी उपर छानबिन गरि कारबाहीका लागि संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका छन।

    ज्ञापनपत्र बुझ्दै बाँके प्रहरी प्रमुख रानाले भने –‘यस विषयमा बाँके प्रमुख जिल्ला अधिकारी ज्यूसंग मेरो छलफल भइसकेको छ। पीडितलाई न्याय र पीडकलाई कारबाहीका लागि बाँके प्रहरी कटिबद्ध छ। पीडित परिवारलाई शान्ति सुरक्षा प्राप्त हुन्छ।

    एसपी रानाले थपे–‘म जहाँ गएपनि विगतमा अपराधमा संलग्न अपराधीलाई पक्राउ गरि कारबाही गर्ने प्रमुख प्राथमिकतामा राखेको छु। यसमा सफलता पनि मिलेको छ।

    ज्ञापनपत्र बुझ्ने क्रममा उनले अगाडी थपे–‘पीडितको पीडा मैले महसुस गरेको छु। अहिलेसम्म कानूनको आँँखा छलेर बस्ने अपराधी कारबाहीको दायरामा ल्याउछु।

    एसपी रानाले बाँके जिल्ला आए लगत्तै जिल्लाको शान्ति सुरक्षा, अपराध न्यूनिकरण तथा फरार अपराधीलाई कानूनको कटघेरामा उभ्याउन विशेष सुरक्षा टोली खटाएर काम गरिरहेको बताए।

    तत्कालिन तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला) समुहको आडमा जिल्लामा दर्जन बढि अपराध गरेका राजेश बाँके प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको थियो।

    बाँके प्रहरीको मोस्ट वान्टेड रहेका राजेशलाई बाँके प्रहरीले असार ९ गते उनकै निवास बनकट्टिबाट पक्राउ गर्न सफल भएको हो।

    २०६५ साल माघ ११ गते बाँके राधापुर सैनिकका प्रकाश शाही तथा २०६६ भदौ २१ गते नेपालगन्ज २१ पुरैनाका वसन्त भनिने छन्द विक्रम मल्लको हत्यामा संलग्न पाइएका राजेशलाई प्रहरीले पक्राउ गरेको थियो।

    अपराधीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने र पीडित परिवारको माग शहिद तथा परिपुरणका लागि बाँके प्रहरीले आवश्यक कदम चाल्ने प्रतिबद्धता दिदै बाँके प्रहरी प्रमुख एसपी रानाले भने मल्ल र शाहीको घटनामा दोषी भेटिएका सबैलाई एक–एक गरि खोज्दै कारबाही गर्नेछु।

    दोषीलाई कडा कारबाही, हत्यामा सलंग्नको पहिचान, हत्या गरिनुको कारणको माग गर्दै ठकुरी सहयोग सञ्जाल बाँकेका अध्यक्ष दीपक बहादुर शाही र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाहले संयुक्तरुपमा उक्त ज्ञापन पत्र बाँके प्रहरी प्रमुख एसपी रानालाई बुझाएका हुन्।

    आईतबार मात्रै दोषीलाई कारबाही र पीडितका माग सम्बोधन गराउन सञ्जाल र समाजले संयुक्तरुपमा बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई ज्ञापन पत्र बुझाएका थिए।

    ज्ञापनपत्र बुझ्दै बाँके प्रमुख जिल्ला अधिकारीले आवश्यका कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता समेत दिएका थिए।

    संस्थागत रूपमा बुझाइएको विज्ञप्तीमा भनिएको छ वसन्त मल्ल तथा प्रकाश शाहीलाई सरकारले तत्काल कुनै दुविधामा नपरि शहिद घोषणा गरि शहिदले पाउनु पर्ने सेवासुविधा उपलब्ध गराउनुपर्ने, मल्ल र शाहीको हत्यामा संलग्न थप दोषीलाई पहिचान गरि उनीहरुलाई कानूनी कठघेरामा ल्याउनुपर्ने, मल्ल र शाहीको हत्यामा संलग्न धर्मा सिहं भनिने राजेश यादवसहित अन्य फरार अभियुक्त, हत्या गरिनुको कारण, हत्या गराउन लगाउने सबैलाई पहिचान गरि कडा भन्दा कडा कानूनी कारबाही गरिनुपर्ने तथा पीडित परिवारको सदस्यहरुको जीवधनको सुरक्षा प्रत्याभुतीका लागि आवश्यक वातावरण निमार्ण गरि शान्तिसुरक्षा प्रदान गर्नुपर्ने माग गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal