News Portal

  • स्वास्थ्य सामग्रीमा करोडौको भ्रष्ट्रचार हुनु दुर्भाग्य !

    कर्ण बहादुर अधिकारी
    ६३७ पटक
    काठमाडौ १७, २०७६ चैत

    कोभिड १९ कोरना भाईरसले संसारका समृद्धशाली राष्ट्र देखि बिपन्न राष्ट्रहरूलाई आक्रान्त बनाई रहेको अबस्थामा त्यहि कोरना नियन्त्रणका लागि नेपाल सरकारले चीन बाट खरीद गरीएको स्वास्थ्य सामाग्रीमा करोडौको नितिगत भ्रष्ट्राचार हुनु दुर्भाग्य पूर्ण कुरो हो।

    बिश्वका शक्तिशाली राष्ट्रहरू युरोप अमेरीका र चीनमा हजारौको संख्यामा मृत्यू र लाखौको संख्यामा संक्रमित भेटि रहेको अबस्थामा गरीबीको रेखा मुनी रहेको देश नेपाल र नेपालीलाई पनि आक्रान्तमा पारेको छ।हाल सम्म ५ जनामा संक्रमण भेटिएको छ भने हजारौ मान्छे क्वारेन्टाईनमा छन।

    नेपाल सरकारको फितलो काम कार्बाहीका कारण न त बिदेशबाट नेपाल आएका नेपालीको चेक जाच गर्न सकिएको छ न त भारतीय सिमाबाट भित्रिएका नेपालीहरूलाई नै क्वारेन्टाईनमा राख्न सफल भएका छन्।

    लक डाउनको ५/६ दिन बिति सक्दा पनि ८/९ सय जनाको मात्र चेक जाँच हुनु दुर्भाग्य हो। मेरो बिचारमा नेपालमा पनि हजारौको संख्यामा संक्रमित हुन सक्छन। त्यसै गरी हामी नेपाली जनता पनि त्यति नै भेडा छौ।

    लकडाउनको अबधीमा पनि खुलम खुल्ला बाहिर हिडडुल गर्नु राम्रो होईन्।सरकारले जारी गरेको कुरालाई पालना नगर्नाले इटलीले चरम पीडा भोग्दै छ। ईटालीलाई हेरेर हामीले पनि केहि सिक्न जरूरी छ। तसर्थ आफू पनि बचौ र अरूलाई बचाऔं।

    छिमेकी मित्र राष्ट्र चीनले कोरना माथि बिजय प्राप्त गरी रहेको अबस्थामा छिमेकीको नाताले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ भने नेपाल सरकारले नै चीनबाट खरीद गरी ल्याएको छ। उक्त खरीद गरी ल्याएको स्वास्थ्य सामग्रीमा करोडौ रूपैयाको नितिगत भ्रष्टचार गरीएको देखिन आएको छ।

    सरकारका स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रीले खरीद गरेका कोरोना टेस्ट गर्ने पिसिआर किटमा १४ करोड,चश्मामा १५ करोड,गाउनमा ११ करोड बढि मुल्य देखाईएको छ भने अन्य सामग्रीमा पनि भ्रष्ट्राचार भएको छ।

    ४० लाख पर्ने मेसिनलाई २ करोडमा खरीद गरीएको छ।एन ९५ माक्सलाई युएसडी १ डलर पर्नेमा ७ डलरमा खरीद गरीएको छ। त्यसै गरी कोरना टेस्टिङ किडको १० डलर पर्नेमा ३८ डलरमा खरीद गरीएको छ। प्रोटेक्टिभ ग्लोभ ३ डलर पर्नेमा १८ डलरमा खरीद गरीएको छ साथै अन्य सामग्रीमा पनि बढि नै मुल्य तिरीएको छ।

    यस्तो अबस्थामा भ्रष्ट्राचार हुनु भनेको नेपाल र नेपाली जनताको हित बिपरीत कार्य गर्नु हो। नेपाल सरकार र सरकारका मातहातका मन्त्रीहरूमा अलिकति पनि धर्म हुन्थ्यो भने यसरी भ्रष्ट्राचार हुने थिएन। नेपाल सरकारले यस बिषयमा पूर्ण रूपमा छानबीन गरी दोषीलाई कार्बाहीको दायरामा ल्याउनु जरूरी छ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal