News Portal

  • अर्को माओवादी जन्मन सक्छ, झन ठूलो युद्ध हुन्छ : प्रचण्ड

    हिमाली संचार संवाददाता
    २३४ पटक

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने चेतावनी दिएका छन् ।

    वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्याविधि र प्रक्रिया’ पुस्तकको लोकार्पण गर्दै उनले शान्ति सम्झौता र संविधान इमान्दारिताका साथ कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताए ।

    ‘यदि शान्ति सम्झौता र संविधान कार्यान्वयनलाई हल्कारुपमा लिइएको छ भने अब चाँहि देशलाई फेरि गाह्रो पर्न सक्दछ’, उनले भने, ‘यदि हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा ग¥यौं । संविधान सभाबाट जे जति अधिकार प्रत्योजित ग¥र्यौँ, त्यसलाई इमान्दारिताका साथ लागू गरिएन भने फेरि एकचोटी हामीले नचाहँदा नचाहँदै द्वन्द्वको स्थित आउन सक्छ ।

    अब हुने द्वन्द्व भयानक हुने भन्दै त्यसलाई मुलुकले धान्न नसक्ने उनले बताए । शान्ति सम्झौताका अन्तरनिहित भएर अगाडि बढेका छौं त भन्ने प्रश्न उठेको बताउँदै उनले भने, ‘हामीले बनाएका नियम कानून शान्ति प्रक्रियाअनुसार परिलक्षित छन् त भन्नेमा आशांका गर्न थालिएको छ ।

    उनले जनताको घरदैलोमै सरकार पु¥याउने गरी संविधान बनाए पनि त्यो कार्यान्वयन नभएको अनुभूति हुन थालेको धारणा राखे ।

    ‘स्थानीय र प्रादेशिक तह संविधानअनुसार जुन मर्मका साथ कार्यान्वयन हुनुपर्ने हो, त्यो भएको छ या विस्तारै कमजोर त पारिँदै छैन ?’ उनले भने, ‘प्रदेशमा चाहिने कानून, सुरक्षा र आर्थिक व्यवस्थापनलाई संविधानअनुसार अगाडि बढाउँदै छौँ त भन्ने प्रश्न गर्दै अध्यक्ष दाहालले भने, ‘स्थानीय तहमा जेजस्ता अधिकारको कुरा संविधानले गरेको छ, त्यहीअनुसार सिंहदरबारबाट प्रत्याजित गर्ने हो ।

    पूर्वप्रधानमन्त्री दाहालले नेपालको लोकतान्त्रिक संविधान प्रणाली कमै देख्न पाइने भन्दै संविधानमा सबै उपेक्षित वर्ग समुदायलाई अधिकार सम्पन्न तुल्याउने जे भनिएको हो त्यही दिशातिर बढाउँदै छौँ त भनेर प्रश्न उठ्न थालेको बताए ।

    ‘म सुन्दैछु कि पुलिसमा भएका मुद्दा फटाफट अगाडि बढाएर पक्रन थाल्यो । २० वर्षपछि पनि फेरि उही’, उनले भने, ‘शान्ति सम्झौताको भावना र मर्म एकातिर छ, काम अर्कोतिर ।

    अध्यक्ष दाहालले पुरानै संस्कृति, संरचना, कार्यशैली र भ्रष्टाचारजस्ता रोगलाई संविधानमार्फत निदान गर्ने भनिए पनि त्यसो नभएको बताए । उनले मधेश र पहाडमा विकाराल स्थिति आउन सक्ने भन्दै त्यसलाई हिजोको जस्तै युगान्तकारी परिवर्तनको भावनाअनुसार काम गर्नुपर्ने बताए ।

    ‘विस्तारै विस्तारै माओवादीलाई सिध्याइहाल्यो भनेर कसैले ठानेको छ भने त्यो दुर्भाग्य हुन्छ, अर्को माओवादी जन्मिन्छ । झन ठूलो लडाइँ हुन्छ ।’ उनले भने, ‘त्यसैले शान्ति सम्झौता र संविधान कार्यान्वयनमा एकजुट भएर मुलुक बनाउने ऐतिहासिक अवसरमा लाग्नुपर्छ ।

    नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पुस्तकले स्थानीय तहको न्याय सम्पादनमा सहयोग पु¥याउने बताए । उनले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने भएकाले स्रोत साधनयुक्त बनाउनुपर्ने धारणा राखे ।

    पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले स्थानीय तहमा शिक्षा, स्वास्थ्य र उत्पादन गरी तीन कुरालाई अगाडि बढाएर स्थानीय तहको विकास हुने बताए । उनले प्रदेश र स्थानीय तहलाई संघले संविधानअनुसार अधिकार दिनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal