News Portal

  • गृहपृष्ठ समाचार

    प्रदेश १ नाम वहस-सकस: दलहरुबीच दन्तबझान, पहिचान पक्षधर संघसंस्थाहरु आन्दोलित

    विराटनगर – लामो समयदेखि प्रदेशको नामकरण औपचारिक छलफल शुरु भएको प्रदेश नं. १ को नामकरणको विषय वहससंगै दलहरुबीच सकस र चुनौतिका पर्खाल भित्र दलहरुबीच दन्तबझानमा अल्झिरहदा पूर्वाञ्चलका पहिचान पक्षधर संघसंस्थाहरु आन्दोलित भएका छन्। राईहरुको सर्वोच्च...बाँकी

    चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर कुवेत आउदै

    कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन। नेपाल कुवेत साँस्कृतिक...बाँकी

    भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, नेपालमा तत्काल मुल्य नघट्ने

    काठमाडौं – पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र...बाँकी

    कुबेतमा यसरी मनाईयो २०९औं भानु जयन्ती

    कुवेत – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले २०९औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम कुवेतकाे फाहहिलस्थित ए.वान. नेपाली रेस्टुरेन्टमा भव्य रुपमा सम्पन्न भयाे। हिजाे १५ जुलाई शुक्रवारका दिन २०९औं भानु जयन्ती तथा रचना वाचन...बाँकी

    मोरङको रंगेली नगरपालिकाले अतिवित्पन्न घर परिवारका लागि चौपाया वितरण गर्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले अतिवित्पन्न घरपरिवारका लागि सबल उद्धमी बनाउने उदेश्यले नगरका अतिवित्पन्न घर परिवारका कृषकका लागि चौपाया वितरण गरेका छन्। रंगली नगरपालिकाले विभिन्न समयमा कृषकहरुलाई सबल बनाउने उदेश्यले नगरभित्र विभिन्न कार्यक्रमहरु संचालन...बाँकी

    अस्ट्रेलियामा फस्टाउँदो हुण्डी, दूतावास मौन ! 

    हेमन्त काफ्ले सिड्नी। एक ठाँउमा पठाइने पैसा अर्को तिर पठाएर कमिसन खाने प्रकृयालाई सोझो हिसाबमा हुण्डी भनिन्छ। नेपालमा विदेशबाट पैसा ल्याउँदा हुण्डीमार्फत ल्याउनु अवैध मात्र होइन मुद्रा अपचलनको आरोपमा कडा सजायका भागिदार पनि बन्नुपर्छ। तर, अस्ट्रेलियामा...बाँकी

    आज नामिबियासँग खेल्दै नेपाल

    काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दै छ। स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नामिबियासँग खेल्न लागेको हो। यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। दोस्रो...बाँकी

    हाम्रो सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने सन्देश प्रवाह गर्न चलचित्र बनाएको हूँ : नवल खड्का

    काठमाडौं – हाम्रो खुल्ला सीमाना रहेका सिमानाहरुमा काँडेतार अभियानका संयोजक तथा चलचित्र काँडेतारका निर्माता एवं नायक नवल खड्काले विशेष गरी  नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताएका छन् ।...बाँकी

    इटहरीको विरेन्द्र चोकमा जडान गरिएको ट्राफिक लाइटको परिक्षण हुँदै

    विनोद राई/इटहरी – इटहरी उपमहानगरपालिका इटहरीको मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको छ । जडान गरिएको लाइटको परिक्षण सुरु गरिएको छ । इटहरीको ट्राफिक व्यबस्थापन गर्न २६ लाख ८७ हजार रुपैयाको लागतमा लाइट जडान गरिएको...बाँकी

    आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह्र ‘लौरो’

    काठमाडौं – निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । आयोगमा अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय केन्द्रिय समिति रहेको पार्टीले चुनाव चिन्ह लौरो पाएको छ । बिहीबार आयोगमा दल दर्ता भएको र चुनाव चिन्ह...बाँकी