News Portal

सिंगापुर पुलिसमा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय

हिमालीसंचार संवाददाता
४१२ पटक

सिंगापुर। ठगीको आरोपमा सिंगापुर पुलिस फोर्समा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय भएको छ। ३६ वर्षीय विकास गुरुङले सिंगापुरमा कार्यरत १९६ जनासँग पैसा नेपालमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिंगापुरको एक अदालतले १० वर्षको जेल सजाय तोकेको हो।

उनलाई ५४ लाख सिंगापुर डलर ठगी गरेको आरोप लागेको छ। अहिले उनी पुर्पक्षका लागि जेलमा छन्। विकासलाई सन् २०१८ देखि नै सेवाबाट बर्खास्त गरिसकिएको छ। अनलाइन सट्टेबाजीमा पैसा लगाउने लतमा फसेका उनले विभिन्न व्यक्तिसँग पैसा लिंदै बाजीमा लगाउने गरेको पाइएको छ।

अनलाइन सट्टेबाजीमा लगाइएको यो हालसम्मकै उच्चतम रकम भएको समाचार नेपालन्यूजमा उल्लेख छ। विकासले राम्रो दरभाउमा पैसा नेपाल पठाइदिन्छु भन्दै पैसा लिने गरेको पाइएको थियो।

आफूले लिएमध्ये दुई लाख डलरभन्दा बढी रकम मात्र नेपाल पठाएको र अरू पैसा उनले ठगी गरेको आरोप लागेको थियो। उनले प्रति व्यक्ति दुई हजार डलरदेखि दुई लाख ४० हजार डलरसम्म ठगी गरेको भेटिएको प्रहरीले जनाएको छ।

साथीहरूमाझ उनी भरपर्दो तरीकाले राम्रो डलर भाउमा पैसा नेपाल पठाउने संयन्त्र मिलाउन सक्ने व्यक्तिका रूपमा चिनिन्थे। तर, उनी सन् २०१६ मा फूटबलमा सट्टेबाजी गरी नराम्ररी पैसा गुमाउन पुगेका थिए।

उनले सिंगापुरबाट सामान किनेर नेपालमा महँगोमा बेच्दा नाफा हुने र सो नाफाका कारण सिंगापुर डलरको प्रचलित विनिमय दरभन्दा धेरै पैसा दिने लोभ देखाउँदै पैसा लिने गरेका थिए। एक जना अधिकृतले सन् २०१८ मा उजुरी गरेपछि उनको ठगी धन्दाबारे अनुसन्धान थालिएको थियो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...