News Portal

  • चितवनको भरतपुर अस्पतालले ओपिडी नि:शुल्क गर्यो

    हिमालीसंचार संवाददाता
    २५२ पटक

    भरतपुर – भरतपुर चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले ओपिडी निःशुल्क गरेको छ । अस्पताल विकास समितिको निर्णयानुसार आज साउन ८ गतेदेखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउने सर्वसाधरण सेवाग्राहीका लागि ओपिडी निःशुल्क गरेको हो।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार सरिवसाधरण सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै ओपिडी निःशुल्क गरिएको जानकारी दिए । उनले यो सुविधा नेपालमै पहिलो भएको बताउँदै विदेशमा पनि सेवा शुल्क निःशुल्क भन्ने आफूले नसुनेको बताए ।

    भरतपुर अस्पतालमा ओपिडी टिकटको ३० रुपैयाँ शुल्क लिँइदै आएको थियो । अस्पतालको सो निर्णयले गरिब तथा विपन्न व्यक्तिहरुको लागि राहत पुग्ने र टिकटबाट प्राप्त हुने शुल्क समितिले बेहोर्ने प्रा.डा. पौडेलले बताए ।सर्वसाधारणलाई राज्यबाट राहतको अनुभूति पनि हुने र टिकटकै कारण बिरामी रोकिनु नपरोस् भनेर सो निर्णय गरिएको प्रा.डा. पौडेलले बताए ।

    प्रा.डा. पौडेलका अनुसार भरतपुर अस्पतालमा दैनिक १२ सयदेखि १७ सय बिरामी उपचारका लागि आउँछन् । आइतबार अन्य बारभन्दा बढी भीडभाड हुनेगर्छ । 

    अस्पतालमा दैनिक औसत संख्या १५ सय बिरामीको भीड हुने भरतपुर अस्पतालमा कोरोना सङ्क्रमण तथा अन्य सङ्क्रामक रोग बढ्न नदिन र बिरामीलाई भीडभाडबाट टाढै राख्न परीक्षणका रुपमा ओपिडी शुल्क निःशुल्क गरिएको अस्पताल श्रोतले बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...