News Portal

मन्थली अस्पताल निर्माण अलपत्र: ठेकेदार सम्पर्कविहीन, मजदुरको बिचल्ली

हिमालीसंचार संवाददाता
२६२ पटक

रामेछाप। अस्पतालको निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन्। निर्माण कार्य थालनी गरेको ११ महिना बित्दा पनि २० प्रतिशतभन्दा बढी कार्य सम्पन्न नगरी ठेकेदार सम्पर्कविहीन भएका हुन्।

ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन मन्थली अस्पतालको कार्य अलपत्र परेको छ। ठेकदार सम्पर्कविहीन भएपछि अस्पताल भवन निर्माण कार्यमा संलग्न मजदुरहरूको बिचल्ली परेको खबर नेपालसमाचारपत्रले लेखेको छ।

गत आर्थिक वर्ष २०७८/७९ को मंसिर ३० गते निर्माण कार्य सक्ने गरी हुत्त अस्पताल भवनको ठेक्का श्री गाल्ला/लाल शुभ मेन्द्रो जेभ कम्पनीले लिएको थियो। तत्कालीन मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले २०७८ भदौ १० गते यो अस्पतालको शिलान्यास गरेका थिए।

शिलान्यास भएको ११ महिनासम्म जम्मा २० प्रतिशत काम सकेर अस्पताल निर्माणको काम अलपत्र अवस्थामा छ। ठेकदार सम्पर्कविहीन भएपछि गत मंसिरदेखि काम गरेको पैसा नपाएर इलाम, खोटाङ, भोजपुर, सिन्धुली, सर्लाही, रामेछापलगायत जिल्लाका मजदुरहरू बिचल्लीमा परेका हुन्।

निर्माण व्यवसायेले काम गरेको पैसा नदिएपछि त्यहाँ काम गर्ने मजदुरको बिचल्ली भएको छ। गत मङ्सीदेखि अस्पताल निर्माणका लागि चार हजार एक सय जना मजदुरले काम गरे बापत पाउने ४५ लाख रुपियाँभन्दा बढी पैसा लिन बाँकी रहेको खोटाङका मजदुर राकेश राईले बताए।

काम गरेको ज्याला नपाएर तेलसम्म किन्न नसक्दा पानीमा पकाएको तरकारीसँग भात खाएको राईको गुनासो छ। फरार ठेकेदारले पैसा नदिएको भन्दै सिडिओलाई निवेदन दिदा पनि अहिलेसम्म त्यसको सुनुवाइ नभएको मजदुरको गुनासो छ।

अस्पताल निर्माणका लागि ७८ जना भन्दा बढी मजदुरमध्येबाट कसैले दैनिक ६ सय, ८ सय, १ हजार र १ हजार ४ सम्मको ज्यालामा काम गरेका छन्। हाम्रो हाजिरअनुसार ठेकेदारले ४५ लाख रुपियाँभन्दा बढी पैसा दिनुपर्ने हो, तर ठेकेदार नै सम्पर्कमा नभएको धेरै भइसक्यो, अब के गर्ने भन्ने मै अन्योलता भएको भोजपुरका अर्का मजदुर प्रवीन भुजेल बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...