News Portal

मन्थली अस्पताल निर्माण अलपत्र: ठेकेदार सम्पर्कविहीन, मजदुरको बिचल्ली

हिमालीसंचार संवाददाता
३१२ पटक

रामेछाप। अस्पतालको निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन्। निर्माण कार्य थालनी गरेको ११ महिना बित्दा पनि २० प्रतिशतभन्दा बढी कार्य सम्पन्न नगरी ठेकेदार सम्पर्कविहीन भएका हुन्।

ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन मन्थली अस्पतालको कार्य अलपत्र परेको छ। ठेकदार सम्पर्कविहीन भएपछि अस्पताल भवन निर्माण कार्यमा संलग्न मजदुरहरूको बिचल्ली परेको खबर नेपालसमाचारपत्रले लेखेको छ।

गत आर्थिक वर्ष २०७८/७९ को मंसिर ३० गते निर्माण कार्य सक्ने गरी हुत्त अस्पताल भवनको ठेक्का श्री गाल्ला/लाल शुभ मेन्द्रो जेभ कम्पनीले लिएको थियो। तत्कालीन मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले २०७८ भदौ १० गते यो अस्पतालको शिलान्यास गरेका थिए।

शिलान्यास भएको ११ महिनासम्म जम्मा २० प्रतिशत काम सकेर अस्पताल निर्माणको काम अलपत्र अवस्थामा छ। ठेकदार सम्पर्कविहीन भएपछि गत मंसिरदेखि काम गरेको पैसा नपाएर इलाम, खोटाङ, भोजपुर, सिन्धुली, सर्लाही, रामेछापलगायत जिल्लाका मजदुरहरू बिचल्लीमा परेका हुन्।

निर्माण व्यवसायेले काम गरेको पैसा नदिएपछि त्यहाँ काम गर्ने मजदुरको बिचल्ली भएको छ। गत मङ्सीदेखि अस्पताल निर्माणका लागि चार हजार एक सय जना मजदुरले काम गरे बापत पाउने ४५ लाख रुपियाँभन्दा बढी पैसा लिन बाँकी रहेको खोटाङका मजदुर राकेश राईले बताए।

काम गरेको ज्याला नपाएर तेलसम्म किन्न नसक्दा पानीमा पकाएको तरकारीसँग भात खाएको राईको गुनासो छ। फरार ठेकेदारले पैसा नदिएको भन्दै सिडिओलाई निवेदन दिदा पनि अहिलेसम्म त्यसको सुनुवाइ नभएको मजदुरको गुनासो छ।

अस्पताल निर्माणका लागि ७८ जना भन्दा बढी मजदुरमध्येबाट कसैले दैनिक ६ सय, ८ सय, १ हजार र १ हजार ४ सम्मको ज्यालामा काम गरेका छन्। हाम्रो हाजिरअनुसार ठेकेदारले ४५ लाख रुपियाँभन्दा बढी पैसा दिनुपर्ने हो, तर ठेकेदार नै सम्पर्कमा नभएको धेरै भइसक्यो, अब के गर्ने भन्ने मै अन्योलता भएको भोजपुरका अर्का मजदुर प्रवीन भुजेल बताए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...