News Portal

  • किरात राई यायोक्खाले “किरात प्रदेश” नामको लागि प्रधानमन्त्री देउवालाई स्मरण पत्र बुझायो

    हिमालीसंचार संवाददाता
    ३६३ पटक

    काठमाडौं – प्रदेश नं. १ को नाम “किरात प्रदेश” नामाकङन अभियानमा रहेका किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौंले आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई स्मरण पत्र बुझाउनुका साथै प्रदेश नं. १ को नामकरणका लागि छलफल गरेका छन् ।

    किरात राई यायोक्खाको स्मरण पत्र बुझ्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले किरात प्राचिन सभ्यता हो। पहिले काठमाडौ उपत्यका लगायद नेपालका धेरै ठाउँमा किरात नाममा नदिहरुको नाम रहेको उल्लेख गरे। उनले प्रदेश नं.१ को नाम पहिचानको आधारमा राख्न नेपाली कांग्रेस सकारात्मक रहेको बताए। 

    प्रधानमन्त्री देउवासंगको भेटमा किरात राई यायोक्खा अध्यक्ष दिवस राई तथा उपाध्यक्ष जीवन हाताचो राईले “किरात प्रदेश” नामांकनको औचित्य र आवश्यकता विषयमा आफ्नो धारणा राखेका थिए। आजका यस कार्यक्रमको सहजीकरणका लागि नेपाली कांग्रेस केन्द्रिय सदस्य लोकप्रिय सुनुवारले सहजीकरण गरेका किराया महासचिव जनक राईले हिमालीसंचारडटकमसंग बताए। 

    किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौको नेतृत्वमा पुर्वाञ्चलका १४ जिल्लाका जिल्ला कार्यसमिति, परिचानवादी पक्षधरहरु सहित दबाब मुलक कार्यक्रम आयोजना गर्दै प्रदेश नं. १ नाम “किरात प्रदेश” नामकरणको लागि आन्दोलित रहेको छ। गत साउन २ गते बृहत मोटरसाइकल र्‍याली सहित विराटनगर स्थित प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए। 

    प्रदेश नं.१ को राजधानी विराटनगरमै “किरात सभ्यता” नामक पुस्तकको सार्वजनिक कार्यक्रम र प्राज्ञिक बहस समेत सम्पन्न गरेको यायोक्खाले साउन ५ गते सांस्कृतिक प्रदर्शन सहित प्रदेश सभा भवन घेराउ गरेका थिए।  फेरी भोली साउन ८ गते आइतबार प्रदेशको राजधानी विराटनगर स्थित प्रदेशसभा भवन पुन: विशाल जनप्रदर्शन सहित घेराउ गर्ने किरायाले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...