आज : २०२६-१०-२७, मङ्गलबार

पूर्वराजासंग विजयादशमीको टीका लगाउन निर्मल निवासमा उल्लेख्य भिड

काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाउने क्रम जारी रहेको छ।

पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज अपराह्न ४ बजेदेखि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउन शुरु गरेका हुन्।

पूर्वराजा शाहसंग टीका लगाउन बच्चादेखि बृद्धसम्म सर्वसाधारण, कलाकार लगायत हरेक तहतप्काका मानिसहरुको उल्लेख्य भिड लागेको छ।

नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।