News Portal

  • कुवेतमा “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” हुँदै

    दूई पंन्छि गायक सहित गायिका शान्ता परियारले धमाका मच्चाउने !

    हिमाली संचार संवाददाता
    ६८७ पटक

    कुवेत, २९ जनवरी : कुवेतमा लुम्बिनी समाज नेपाल कुवेतको आयोजनामा “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” हुने भएको छ।

    आगामी मार्च १५ तारिख शुक्रबार दिन कुवेतको जिविब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आफ्नो छैटौ वार्षिकोत्सवको अवसर पारी आयोजना गर्न लागेको “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९ LUMBINI MEGA MUSIC SHOW – 2019″ (Buddha was born in Nepal) मा आफ्नो सागितिक प्रस्तुति दिन अतिथि कलाकारहरु कुवेत आउन लागेको कार्यक्रम संयोजक रमेश पाल्पालीले जानकारी दिएका छन ।

    चर्चित पंन्छि गायक पुष्पन प्रधान, नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ता परियार कुवेत आउने समाजले जानकारी दिएको छ।

    प्रवासबाटै दुखि, पिडित, समस्यामा परेकाहरुलाई मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाजले केही नयाँ संन्देश सहित आफ्नो छैटौ वार्षिकोत्सव सागितिक धमाका सहित मनाउने उद्देश्यले “लुम्बिनी मेघा म्यूज़िक सो २०१९” आयोजना गर्ने लागिएको हुदा कुवेतमा कृयाशिल सघ संस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लयागत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाइ हार्दिक निमन्त्रणा सहित कार्यक्रम सफल पारिदिनुहुन समाजका अध्यक्ष रुपेन हमालले सबैमाझ अनुरोध गरेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...