News Portal

  • ८ घन्टाभन्दा बढी सुते हृदयरोगको खतरा !

    हिमाली संचार संवाददाता
    ४७६ पटक

    पर्याप्त निद्रा नपुग्दा त्यसले रोग निम्त्याउँछ, भर्खरै गरिएको एक अनुसन्धानका अनुसार निद्रा नपुग्नाले हृदयसम्बन्धी रोग लाग्न सक्छ । तर, के तपाईंलाई थाहा छ ८ घन्टाभन्दा बढी सुत्नाले पनि हृदयसम्बन्धी रोग लाग्ने खतरा हुन्छ ।

    ६ घन्टाभन्दा कम सुत्नाले मुटुको धड्कनमा गढबडी आउँछ र त्यो हृदयाघातको कारण हुन सक्छ । शोधकर्ताका अनुसार ६ घन्टाभन्दा कम सुत्ने र ७–८ घन्टा सुत्नेको तुलना गर्दा ७–८ घन्टा सुत्ने मानिसमा हृदयसम्बन्धी रोग हुने खतरा ३५ प्रतिशतले कम हुन्छ ।

    पर्याप्त निद्रा नपुग्नाले ऐथिरोस्क्लेरोसिसको खतरा हुन सक्छ । ऐथिरोस्क्लेरोसिस एउटा यस्तो रोग हो, जसका कारण धमनीमा ‘प्लाक’ जम्ने खतरा हुन्छ ।

    ज्यादा सुत्नाले पनि हुन सक्छ समस्या 

    अध्ययनमा आठ घन्टाभन्दा ज्यादा सुत्नेहरूमा पनि ऐथिरोस्क्लेरोसिसको खतरा हुने देखिएको छ ।अनुसन्धानकर्ताले जो महिला आठ घन्टाभन्दा ज्यादा सुत्छन्, उनीहरूमा मुटुसम्बन्धी रोगको खतरा ज्यादा हुने पत्रा लगाएका छन् ।

    अनुसन्धानमा संलग्न डा. वेलिन्टिन फ्युस्टका अनुसार गुणस्तरीय छोटोे निद्राले पनि हानिकारक तत्वलाई टाढा राख्छ । ज्यादा मदिरा र क्याफिनको सेवनले निद्रालाई प्रभावित गर्छ ।

    सुत्ने बानीमा परिवर्तन ज्यादा असरदार 

    म्याड्रिडमा अवस्थित स्पेनिस नेसनल सेन्टर फर कार्डियोभास्कुलर रिसर्च (सिएनआइसी)को अनुसन्धानको नतिजाले यो पनि देखाएको छ कि औषधिको तुलनामा सुत्ने तरिकामा परिवर्तन गर्नु मुटुको रोगको उपचारमा धेरै प्रभावकारी हुन्छ ।

    त्यसकारण सुत्ने तरिकामा पनि ध्यान दिनुपर्ने अध्यायनले बताएको छ । अमेरिकन कलेज अफ कार्डियोलोजीमा यो अध्ययन प्रकाशित भएको छ । अनुसन्धान टिमले स्पेनमा चार हजार बैंकरमाथि अध्ययन गरेको थियो ।

    तीमध्ये ४६ वर्ष उमेरका सहभागी कुनै पनि प्रकारको मुटुसम्बन्धी रोगबारे जानकार थिएनन् । निद्राको मापनका लागि सहभागीले एउटा ‘एक्टिग्राफ’ लगाएका थिए । यो एउटा यस्ताे यन्त्र हो, जसले सात दिनको निद्रा, आराम र गतिविधि आदिको मापन गर्न सक्छ ।

    अनुसन्धानकर्ताले सहभागीलाई चार समूहमा विभाजन गरेका थिए । ६ घन्टाभन्दा कम सुत्ने, ६ देखि ७ घन्टा सुत्ने, ७ देखि ८ घन्टा सुत्ने र ८ घन्टाभन्दा ज्यादा सुत्नेहरू । कार्डियोभास्कुलर रोगका प्रमाण हेर्नका लागि सहभागीहरूको ३–डी अल्ट्रासाउन्ड र सिटी स्क्यान पनि गरिएको थियो ।

    ६ घन्टाभन्दा कम सुत्नेहरूमा मुटुरोगको खतरा २७ प्रतिशतले बढी

    अध्ययनकर्ताले निद्राको गुणस्तरको यो आधारले हेरे कि कोही रातमा कतिचोटि बिउँझिन्छ र कतिचोटि सुत्ने आसन बदल्छ । आरामदायी निद्रा निदाउन सक्नेको तुलनामा रातमा राम्रोसँग निदाउन नसक्नहरूमा मुटुसम्बन्धी रोग हुने खतरा ३४ प्रतिशतले बढी हुन्छ । एजेन्सी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

    काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो...

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...