News Portal

सन्तोष देउसाली राईको “ईलामको चिया बारीमा” सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
६६० पटक

चुर्ण पुन मगर
काठमाडौं : सन्तोष देउसाली राई र चन्द्रकला राईको सुमधुर अावजमा सजिएको लोक दोहोरी गीत ईलामको चिया बारीमा सार्बजनिक भएको छ ।

नेपाली गीत संगीत छेत्रमा लामो समय देखि निरन्तर अाफ्ना पाइलाहरु अगाडि बढाउदै दर्शक श्रोताहरुको मनमा सफल गायक सन्तोष देउसाली राई अाफ्नै प्रस्तुतिमा, ईलामको चिया बारीमा गीति एल्बम बजारमा ल्याउनु भएको छ ।

ईलाममा जन्मिएका देउसाली राई, नेपाली लोक दोहोरी गीतलाई असाध्यै माया गर्ने संगीत प्रेमी मन हुन, यस गीतमा डाइरेक्टर/मोडलिङ्ग तथा अाफै स्वर दिनु भएको छ ।

फुलचोकी मिडियाबाट सार्वजनिक गरिएको यस गीति संग्रह तरंग रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन्न भएको थियोे । रत्न मगरको शब्द संगीत रहेको गीतमा, भिडियो निर्देशन स्वयम सन्तोषले नै गरेका हुन् । साजन राई, सजना राई र गायक स्वयमले उत्कृष्ट अभिनय गरेका छन् । विषेश सहयोगी सजना राई, भरत देवन, यम बाहादुर देउसाली, नगेन राई, रोसनी बि सी रहनु भएको छ ।

निकै कष्टका साथ निर्माण गरिएको यस इलामको चिया बारीमा गीतलाई एरेन्ज भने प्रियसी म्युजिक प्रालि बाट गरिएको कथन थियोे । गायक सन्तोष माउण्ट एभरेष्ट सेवा समाज मार्फत समाजसेवामा पनि क्रियाशिल छन् ।

गीतको पूरा भिडियो हेर्नुहोस।

https://youtu.be/KhncCCyJRzQ

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...