News Portal

सन्तोष देउसाली राईको “ईलामको चिया बारीमा” सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
६४५ पटक

चुर्ण पुन मगर
काठमाडौं : सन्तोष देउसाली राई र चन्द्रकला राईको सुमधुर अावजमा सजिएको लोक दोहोरी गीत ईलामको चिया बारीमा सार्बजनिक भएको छ ।

नेपाली गीत संगीत छेत्रमा लामो समय देखि निरन्तर अाफ्ना पाइलाहरु अगाडि बढाउदै दर्शक श्रोताहरुको मनमा सफल गायक सन्तोष देउसाली राई अाफ्नै प्रस्तुतिमा, ईलामको चिया बारीमा गीति एल्बम बजारमा ल्याउनु भएको छ ।

ईलाममा जन्मिएका देउसाली राई, नेपाली लोक दोहोरी गीतलाई असाध्यै माया गर्ने संगीत प्रेमी मन हुन, यस गीतमा डाइरेक्टर/मोडलिङ्ग तथा अाफै स्वर दिनु भएको छ ।

फुलचोकी मिडियाबाट सार्वजनिक गरिएको यस गीति संग्रह तरंग रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन्न भएको थियोे । रत्न मगरको शब्द संगीत रहेको गीतमा, भिडियो निर्देशन स्वयम सन्तोषले नै गरेका हुन् । साजन राई, सजना राई र गायक स्वयमले उत्कृष्ट अभिनय गरेका छन् । विषेश सहयोगी सजना राई, भरत देवन, यम बाहादुर देउसाली, नगेन राई, रोसनी बि सी रहनु भएको छ ।

निकै कष्टका साथ निर्माण गरिएको यस इलामको चिया बारीमा गीतलाई एरेन्ज भने प्रियसी म्युजिक प्रालि बाट गरिएको कथन थियोे । गायक सन्तोष माउण्ट एभरेष्ट सेवा समाज मार्फत समाजसेवामा पनि क्रियाशिल छन् ।

गीतको पूरा भिडियो हेर्नुहोस।

https://youtu.be/KhncCCyJRzQ

प्रतिकृया दिनुहोस्

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...