News Portal

एपिक नेपाल म्युजिक अवार्ड दाङका अविनास डिसीले हात पारे

हिमाली संचार संवाददाता
६९१ पटक

काठमाडौं : ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नारासहित तयार भएको एपिक नेपाल ‘म्युजिक अवार्ड २०७५’ सम्पन्न भएको छ। एपिक नेपाल म्युजिक अवार्डको सर्वोकृष्ट म्युजिक सम्पादक अवार्ड दाङ निवासी अविनास डिसीले जितेका छन् ।

दाङ निवासी डिसीले लोकदोहोरी अछुत गीतको सम्पादनबाट एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट सम्पादकमा हात पार्न सफल भएका हुन् ।

अवार्ड हात पारेसँगै उनले आफुले जिवनमा गरेको संर्घषको फल प्राप्त गरेको बताएका छन् । उनले संगीतको क्षेत्रमा यो धेरै खुसीको क्षण भएको बताएका छन् । उनले अझै पनि गीत संगीतको क्षेत्रमा निरन्तर संर्घषमै रहने बताए ।

एपिक नेपाल म्युजिक अवार्डमा लोकगीत, पप र लोकपपगीत, तामाङ सेलो, मेंदोमाया, काँठे भाका, देउडा गीत, पूर्वेली भाका साथै दशैँ तिहार विधामा कलाकारहरू सम्मानित भएका थिए । अमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न अवार्ड कुल ६६ विधामा आयोजना गरिएको थियो ।

उक्त अवार्डमा विभिन्न टीभी, रेडियो र पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीहरूलाई एपिक नेपाल कला पत्रकारिताबाट सम्मानित गरिएको थियो । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार, संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...