News Portal

एपिक नेपाल म्युजिक अवार्ड दाङका अविनास डिसीले हात पारे

हिमाली संचार संवाददाता
६६४ पटक

काठमाडौं : ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नारासहित तयार भएको एपिक नेपाल ‘म्युजिक अवार्ड २०७५’ सम्पन्न भएको छ। एपिक नेपाल म्युजिक अवार्डको सर्वोकृष्ट म्युजिक सम्पादक अवार्ड दाङ निवासी अविनास डिसीले जितेका छन् ।

दाङ निवासी डिसीले लोकदोहोरी अछुत गीतको सम्पादनबाट एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट सम्पादकमा हात पार्न सफल भएका हुन् ।

अवार्ड हात पारेसँगै उनले आफुले जिवनमा गरेको संर्घषको फल प्राप्त गरेको बताएका छन् । उनले संगीतको क्षेत्रमा यो धेरै खुसीको क्षण भएको बताएका छन् । उनले अझै पनि गीत संगीतको क्षेत्रमा निरन्तर संर्घषमै रहने बताए ।

एपिक नेपाल म्युजिक अवार्डमा लोकगीत, पप र लोकपपगीत, तामाङ सेलो, मेंदोमाया, काँठे भाका, देउडा गीत, पूर्वेली भाका साथै दशैँ तिहार विधामा कलाकारहरू सम्मानित भएका थिए । अमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न अवार्ड कुल ६६ विधामा आयोजना गरिएको थियो ।

उक्त अवार्डमा विभिन्न टीभी, रेडियो र पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीहरूलाई एपिक नेपाल कला पत्रकारिताबाट सम्मानित गरिएको थियो । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार, संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...