News Portal

लुम्बिनी समाज नेपाल कुवेतले मार्च १५ मा अतिथि कलाकारका साथमा वार्षिकोत्सव मनाउने

हिमाली संचार संवाददाता
५५९ पटक

कुवेत : लुम्बिनी समाज नेपाल कुवेतले आउदो मार्च १५ तारिख शुक्रबारका दिन समाजको छैटौं वार्षिकोत्सव मनाउने भएको समाजका महासचिब नेत्र पेमी मगरले जानकारी दिएका छन।

सो समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष बैठकले नेपालका चर्चित कलाकारको साथमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरि समाजको वार्षिकोत्सव मनाउने निर्णय गरेको हो।

लुम्बिनी समाज नेपाल कुवेत, नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई समस्यामा परेका बेलामा मलम लगाउदै सामाजिक गतिविधिमा कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल सामाजिक सस्थाको रूपमा चिनिन्छ।

सो समाजले मार्च १५ मा मनाउन लागेको छैटौं वार्षिकोत्सवमा निम्त्याईने अथिति कलाकार र कार्यक्रम हुने स्थानको बारेमा छिट्टै सार्वजनिक गरिने समेत जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...