News Portal

बसाइसराईका कारण जनजातिको बाहुल्यता पर्वतका दर्जनौ गाउँबस्ती रित्तिए !

हिमाली संचार डटकम
५५५ पटक
दुर्गाप्रसाद शर्मा,पर्वत

पर्वतका ग्रामीण क्षेत्रबाट बसाई सर्ने क्रम बढेपछि गाउं रित्तिन थालेका छन । शिक्षा, स्वास्थ्य र भौतिक सुबिधा नभएको भन्दै ग्रामिण क्षेत्रका स्थानीय जनता सुगम ठाउंमा स्थानान्तरण हुन थालेका छन । गाउँ छाड्ने क्रम बढेपछि जनजातिको बाहुल्यता भएका पर्वतका दर्जनौ बस्ती रित्तो हुदै गएको छ ।

डेढ दशकको अवधीमा पर्वतको आर्थर डाडाँखर्क, चित्रे, भूकदेउराली, दुर्लुङ्ग, पुर्णगाउँ, भोक्सिङ्ग, क्याङ्ग, शालिजा, लेस्पार लगायतका बस्तीहरुबाट दुई तिहाई भन्दा बढी स्थानीय सुगम क्षेत्र खोज्दै बसाई सरेका हुन । सुबिधाको खोजीमा अधिकाश ग्रामिण क्षेत्रका बासिन्दा पोखरा वरपरका क्षेत्रमा बसाई सरेका छन भने कुस्मा, पातीचौर, बेनी लगायतका बजारमा पनि उत्तिकै संख्यामा स्थानान्तरण भएका छन ।

दुर्लुङ्गको काफलचौरमा दुई दशक अघि करिब ७० परिवारको बसोबास थियो । कसैका पनि घरमा शौचालय थिएनन् । गाउँमा खानेपानी,बिजुली र सिँचाइ आदि कुनै सुविधा थिएन । सामान्य बिरामी पर्दा पनि उपचारका लागि ४ घण्टाको यात्रा गरेर सदरमुकाम कुश्मा पुग्नुपथ्र्यो । गम्भीर बिरामी पर्दा बिरामी बाँच्ने आसै हुदैन थियो ।

अहिले त्यहाको अवस्था फेरिएको छ । घरघरै पानीका धारा छन् । अस्थायी छाप्रामा पनि चिटिक्कका पक्की शौचालय बनेका छन् । एक–दुई घर भएका स्थानमा पनि बिजुलीका फलामे पोलमा तार पुगेको छ ।टोलटोलमा सडक छ । खेती गर्न सिँचाइको व्यवस्था पनि भएको छ । तर, गाउँ रित्तिएको छ ।

‘यहाँ मोटर बाटो आउने बेलासम्म सबै जसो परिवार यहीं बस्थे,’ स्थानीय मनबहादुर गुरुङले भन्नुभयो– ‘जब बाटो आयो , गाडी आउन थाले, मान्छे सबै सहर झरे  अहिले दुखबिमार पर्दा बोकेर लैजाने मान्छे कोही छैनन् । कुनै समय ३७ परिवार गुरुङको बस्ती भएको काफलचौरमा अहिले १२ परिवारको मात्रै बसोबास रहेको उहांले बताउनुभयो ।

दुर्लुङमा अधिकांश गुरुङ समुदायको बस्ती रहेको छ । हरेक परिवारका युवा वैदेशिक रोजगारीमा छन् । युवा पुस्ता युरोप, अमेरिका र जापान लगायत देशमा गएकाले आम्दानी रामै्र छ । वैदेशिक रोजगारीको आम्दानीबाट सबैजसोले सदरमुकाम कुश्मा, पोखरा, काठमाडौं लगायतका शहरबजारमा घर किनेर परिवार लैजान थालेपछि ती बस्ती खाली हुदै गएको हो ।आर्थरकमा पनि त्यही समस्या छ । त्यहांबाट झण्डै ४ सय घर गुरुङ्ग परिवार पोखरा बसाई सरको छन । बाहुन, क्षेत्री र दलित समुदायका २ सय घर परिवारले पनि उक्त स्थान छाडिसकेका छन ।

सुबिधा खोज्दै हिडेका स्थानीयले भने बसाईसराईको कागजात भने लगेका छैनन । वडा अध्यक्ष भीम गुरुङ्ग महिनामा १० दिन कम्तीमा पनि पोखरा पुग्नै पर्ने बाध्यता रहेको बताउनुहुन्छ । ‘सबैजसो गाउँले पोखरामा छन ’ उहांले भन्नुभयो– ‘काम जति पोखरामा भएपछि वडा कार्यालय भन्दा बढी पोखरामा जानुपर्ने हुन्छ ।

गाउँगाउँमा पक्की सडक, खानेपानी, पर्यटकीय पूर्बाधारको बिकास गर्दै लगिएको छ तर अझै पनि गाउँलेलाई घरगाउँमा फर्काउन कठिन भएको चित्रेका वडा अध्यक्ष सुकबहादुर गुरुङ्ग बताउनुहुन्छ । बसाईसराईका कारण गाउँघरमा जमिन बाँझो बन्दै गएको उहांले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...