News Portal

  • बसाइसराईका कारण जनजातिको बाहुल्यता पर्वतका दर्जनौ गाउँबस्ती रित्तिए !

    हिमाली संचार डटकम
    ४७५ पटक
    दुर्गाप्रसाद शर्मा,पर्वत

    पर्वतका ग्रामीण क्षेत्रबाट बसाई सर्ने क्रम बढेपछि गाउं रित्तिन थालेका छन । शिक्षा, स्वास्थ्य र भौतिक सुबिधा नभएको भन्दै ग्रामिण क्षेत्रका स्थानीय जनता सुगम ठाउंमा स्थानान्तरण हुन थालेका छन । गाउँ छाड्ने क्रम बढेपछि जनजातिको बाहुल्यता भएका पर्वतका दर्जनौ बस्ती रित्तो हुदै गएको छ ।

    डेढ दशकको अवधीमा पर्वतको आर्थर डाडाँखर्क, चित्रे, भूकदेउराली, दुर्लुङ्ग, पुर्णगाउँ, भोक्सिङ्ग, क्याङ्ग, शालिजा, लेस्पार लगायतका बस्तीहरुबाट दुई तिहाई भन्दा बढी स्थानीय सुगम क्षेत्र खोज्दै बसाई सरेका हुन । सुबिधाको खोजीमा अधिकाश ग्रामिण क्षेत्रका बासिन्दा पोखरा वरपरका क्षेत्रमा बसाई सरेका छन भने कुस्मा, पातीचौर, बेनी लगायतका बजारमा पनि उत्तिकै संख्यामा स्थानान्तरण भएका छन ।

    दुर्लुङ्गको काफलचौरमा दुई दशक अघि करिब ७० परिवारको बसोबास थियो । कसैका पनि घरमा शौचालय थिएनन् । गाउँमा खानेपानी,बिजुली र सिँचाइ आदि कुनै सुविधा थिएन । सामान्य बिरामी पर्दा पनि उपचारका लागि ४ घण्टाको यात्रा गरेर सदरमुकाम कुश्मा पुग्नुपथ्र्यो । गम्भीर बिरामी पर्दा बिरामी बाँच्ने आसै हुदैन थियो ।

    अहिले त्यहाको अवस्था फेरिएको छ । घरघरै पानीका धारा छन् । अस्थायी छाप्रामा पनि चिटिक्कका पक्की शौचालय बनेका छन् । एक–दुई घर भएका स्थानमा पनि बिजुलीका फलामे पोलमा तार पुगेको छ ।टोलटोलमा सडक छ । खेती गर्न सिँचाइको व्यवस्था पनि भएको छ । तर, गाउँ रित्तिएको छ ।

    ‘यहाँ मोटर बाटो आउने बेलासम्म सबै जसो परिवार यहीं बस्थे,’ स्थानीय मनबहादुर गुरुङले भन्नुभयो– ‘जब बाटो आयो , गाडी आउन थाले, मान्छे सबै सहर झरे  अहिले दुखबिमार पर्दा बोकेर लैजाने मान्छे कोही छैनन् । कुनै समय ३७ परिवार गुरुङको बस्ती भएको काफलचौरमा अहिले १२ परिवारको मात्रै बसोबास रहेको उहांले बताउनुभयो ।

    दुर्लुङमा अधिकांश गुरुङ समुदायको बस्ती रहेको छ । हरेक परिवारका युवा वैदेशिक रोजगारीमा छन् । युवा पुस्ता युरोप, अमेरिका र जापान लगायत देशमा गएकाले आम्दानी रामै्र छ । वैदेशिक रोजगारीको आम्दानीबाट सबैजसोले सदरमुकाम कुश्मा, पोखरा, काठमाडौं लगायतका शहरबजारमा घर किनेर परिवार लैजान थालेपछि ती बस्ती खाली हुदै गएको हो ।आर्थरकमा पनि त्यही समस्या छ । त्यहांबाट झण्डै ४ सय घर गुरुङ्ग परिवार पोखरा बसाई सरको छन । बाहुन, क्षेत्री र दलित समुदायका २ सय घर परिवारले पनि उक्त स्थान छाडिसकेका छन ।

    सुबिधा खोज्दै हिडेका स्थानीयले भने बसाईसराईको कागजात भने लगेका छैनन । वडा अध्यक्ष भीम गुरुङ्ग महिनामा १० दिन कम्तीमा पनि पोखरा पुग्नै पर्ने बाध्यता रहेको बताउनुहुन्छ । ‘सबैजसो गाउँले पोखरामा छन ’ उहांले भन्नुभयो– ‘काम जति पोखरामा भएपछि वडा कार्यालय भन्दा बढी पोखरामा जानुपर्ने हुन्छ ।

    गाउँगाउँमा पक्की सडक, खानेपानी, पर्यटकीय पूर्बाधारको बिकास गर्दै लगिएको छ तर अझै पनि गाउँलेलाई घरगाउँमा फर्काउन कठिन भएको चित्रेका वडा अध्यक्ष सुकबहादुर गुरुङ्ग बताउनुहुन्छ । बसाईसराईका कारण गाउँघरमा जमिन बाँझो बन्दै गएको उहांले बताउनुभयो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...