News Portal

वैशाखदेखि ‘मार्केट डिलर’ संचालन आउदै !

हिमाली संचार संवाददाता
५४० पटक
कमल नेपाल

काठमाडौं : नागरिक लगानी कोषलाई मार्केट डिलरको रुपमा काम गर्न बाटो खुलेसँगै वैशाखदेखि काम थाल्ने तयारीमा कोष जुटेको छ। १ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी खडा गरेर कोषले मार्केट डिलरको रुपमा काम गर्ने भएको हो। माउ कम्पनीको चुक्ता पुँजीभन्दा सहायक कम्पनीको बढी हुन नपाउने व्यवस्थाका कारण सहायक कम्पनीको चुक्ता पुँजी १ अर्ब मात्रै कायम गरिएको हो। कोषको चुक्ता पुँजी १ अर्ब १० करोड मात्रै छ।

यद्यपी ‘बास्केट फण्ड’ बनाएर सहायक कम्पनीले डिलरको काम गर्ने छ। ‘बास्केट फण्ड’को आकार ५० अर्बको पुर्याउने लक्ष्य लिइएको कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले जानकारी दिए। ‘सहायक कम्पनीको चुक्ता पुँजी कम भए पनि बास्केट फण्ड बनाएर लगानी हुन्छ’ कार्कीले सेतोपाटीसँग भने।

बास्केट फण्डका लागि कोषले नै १० अर्ब रुपैयाँ योगदान गर्नेछ। बाँकी ४० अर्ब संचयकोष, टेलिकम, बिमा कम्पनीहरु लगायतबाट जुटाउने योजना रहेको उनले बताए। ति संस्थानहरुबाट लिइने रकमलाई निश्चित प्रतिफल हामीले ज्ञारेन्टी गर्छौँ, त्यसकारण रकम जुटाउन समस्या नहोला’ उनले भने ‘कम्तीमा ५० अर्बको फण्ड त बनाउनै पर्यो।

सहायक कम्पनी दर्ता गर्ने र धितोपत्र बोर्डबाट स्वीकृत लिइसकेपछि वैशाखदेखि काम थाल्ने योजना रहेको उपव्यवस्थापक कार्कीले बताए। कोषले प्रवन्धपत्रको ड्राफ्ट बनाउने काम सकाएको छ। अब दर्ता तथा बोर्डबाट स्वीकृति लिने काम अघि बढ्ने उनले बताए। बोर्डले यसअघि नै डिलरको रुपमा काम गर्न कोषलाई प्रस्ताव गरेकाले बोर्डबाट कोषले स्वीकृति पाउने छ।

मार्केट डिलरलाई स्टक एक्स्चेन्जले छुट्टै ‘विन्डो’ उपलव्ध गराउने छ। सो विन्डोमार्फत कोष आफैले सेयर खरिद तथा बिक्री गर्न सक्नेछ। डिलरलाई ब्रोकरेज कमिसन तिर्नु पर्दैन। ब्रोकर कमिसनबाहेक नेप्से र धितोपत्र बोर्डलाई तिर्नुपर्ने शुल्क भने लाग्नेछ।

कोषले अहिले पनि सेयरमा लगानी गर्दै आएको छ। कात्तिक मसान्तसम्म कोषले साधारण र संस्थापक सेयर तथा संस्थागत ऋणपत्रमा गरी कुल ४ अर्ब ८२ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ। मार्केट डिलरको रुपमा काम गर्ने भएपछि कोषले सेयर तथा संस्थागत ऋणपत्रमा लगानी बढाउँदै गएको तथ्याङ्कले देखाउँछ। गत असारसम्म ४ अर्ब ५ करोड रुपैयाँ सेयर तथा संस्थागत ऋणपत्रमा लगानी गरेको कोषले कात्तिकसम्म यसलाई बढाएर ४ अर्ब ८२ करोड पुर्याएको हो।

सहायक कम्पनी संचालनमा आइसकेपछि कोषसँग भएको सेयर मौज्दात सेयरका रुपमा सहायकमा सर्ने उपव्यवस्थापक कार्कीले जानकारी दिए। कात्तिक मसान्तसम्म १ खर्ब ११ अर्ब रुपैयाँ संकलन गरेको कोषले निक्षेपमा सबैभन्दा धेरै रकम लगानी गरेको छ।सो अवधिसम्म वाणिज्य बैंकहरुमा ६८ अर्ब ८० करोड, विकास बैंकहरुमा २० करोड तथा फाइनान्स कम्पनीहरुमा ९२ करोड निक्षेपमा लगानी गरेको छ।

सेयर बजार घटेका बेला मार्केट डिलरले खरिद बढाउने र बजार बढेका बेला बिक्री बढाउने हुँदा बजार सन्तुलनमा ल्याउन टेवा पुग्ने विश्लेषकहरु बताउँछन्। मार्केट डिलर नहुँदा सेयर बजार असन्तुलित बनेको भन्दै लगानीकर्ताले वर्षौदेखि मार्केट डिलरको माग गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...