News Portal

माेरङकाे अति बिकट ठाउँ जहाँ स्वास्थ्य, बिधुत छैन

शिक्षा अार्जन गर्ने भारतीय भुमिमा जानू पर्ने बाध्यता !

हिमाली संचार संवाददाता
९१९ पटक

रबिन्द्र बराल
माेरङ : माेरङकाे रतुवामाई नगरपालिका ३ स्थित निर्चाडागी गाउँमा वसाेवास गर्ने १ सय २५ घर परिवार बिगत १५ बर्ष देखि रतुवा खाेलाकाे बिच्चमा बस्न बाध्य रहेका छन। उनिहरु पुर्वमा दमुनाकाे सानाे खाेला पश्चिमा रतुवा खाेला उत्तरमा रतुवा खाेलाकाे सम्थल भाग र दक्षिणमा भारतीय सिमानामा जाेडिएकाे र पुर्व र पश्चिम तर्फबाट अाएकाे पानीको मुहानकाे बिच्च भागमा बस्न बाध्य रहेका छन ।

त्यस ठाउँमा बसाेवास गर्ने मानिसहरु जब जेठ महिना सुरु हुन्छ तब उनिहरु लाई अब खाेलामा पानी बढेपछि अाफु हरुलाई खाेलाले नै पाे बगाएर लैजाने पाे हाे कि भन्दै खाेलाकाे पानी तिर निहाल्न थाल्छन । ४५ बर्षिया हरीन देवि गनगाई भन्छिन खाेलामा पानीकाे बहाव वढन थालेपछि अाफुहरु लाई राति भएपछि निन्द्र लाग्दैन पानी अाएर बगाएर पाे लाने हाेकि भन्दै अत्यन्तै भयबित हुने गरेेकाे उनले बताएईन ।

खाेलामा पानी पढेपछि अाफुहरु कता भाग्ने भाग्ने ठाउँ छैन । भागैत कता भागै चारैतिर खाेलै खाेला मात्रै छ । उनी अहिले ३ बिधा खेत अधियामा लिएर तरकारी खेती गर्ने गरेको र ६ परिवार काे पाल्न पाेषण समेत गरिरहेकाेे उनलेे बताएईन । साे गाउँमा बसाेवास गर्ने अधिकान्स गनागाई, ताजपुरीया, हरिजन, यादवहरुकाे बसाेवास गरिरहेका छन । साे गाउँमा विद्यालयकाे नाममा एउटा श्री विपि अाधारभुत बिधालय मात्रै छ । साे स्कुलमा कक्षा तीन सम्म बालबालिकाहरु पढिरहेका छन । तीन कक्षा पढिसक्छन बालबालिका उनिहरु पढाइबाट बन्चित हुनुपर्ने अबस्थामा पुग्छन । साे गाउँ बाट चार कक्षा पढनका लागि भारतीय बाटाे भएर ५ किलोमिटरकाे दुरीमा रहेको झापाको गाैरिगञ्ज सम्म पुग्नुु पर्ने माेरङकाे पिडारी स्कुल अाउनका लागि बालबालिका हरुले रतुवा खाेला नाउँको भरमा खाेला पार गरेर बिधालय अाउनुपर्ने हुन्छ ।

हिउँदकाे समयमा बालबालिकाहरु जसाे तसाे विद्यालय गएता पनि बर्खा याम सुरु भएपछि उनीहरु झापामा घर भाडामा लिएर बस्नुपर्ने बाध्यता रहेको छ । देवकोटा सेकेन्डरी स्कुलमा गाैरीगञ्जमा कक्षा सातमा अध्यनरत करण कुमार सिहं भन्छन वर्षा याम सुरुभएपछि अाफुहरु घर भाडामा लिएर पढाईका लागि वस्नु पर्ने बाध्य रहेको बताउछन् । साे गाउँमा रातिकाे समयमा कसैलाई सर्पले टाेक्याे वा कुनै गर्भवती महिलालाई सुत्केरी गराउनका लागि स्वास्थ्य चाैकीसम्म पुगाउनुु पर्‍यो अत्याधिक मात्रामा समस्या रहेको स्थानीय गुरुदेव सिंहले बताए ।

उनले भने केही महिना अगाडि रातिको समयमा एक ब्यक्तिलाई विसालु सर्पले टाेके पछि उनलाई उपचार गराउनका लागि भारतकाे किसन्गंज भएर गाैरीगंन्ज हुदै दमक सम्म पुर्‍याएर उपचार गरेको उनले बताए । उनी जस्तो बिरामीहरुले बढि समस्या भाेग्नु परेको स्थानीय बताउछन् । साे गाउँमा बिगत ३ बर्ष देखि बिजुलि बत्तीबाट समेत बन्चित रहेका छन । रतुवा खाेलामा अाएकाे बाढिका कारण बिधुतका पाेल समेत बगाएर लाैजाने गरेको स्थानीय महेश प्रसाद सिहंले बताए ।

साे गाउँमा बिगत तीन बर्षदेखि गाउँमा कसैले सोलार जडान गरेका छन भने कसैले मट्टितेलकाे सहारामा कुप्पि बालेर बस्न बाध्य रहेका छन । ताराचन्द भन्छन अाफुहरु भारत भएर अाफुले उव्जाएकाे तरकारी ,साग सव्जि, धान,गहुँ ,लगायतका समाग्रि हरु भारत भए र नेपाल बिक्रीवितरणका लैजाने गरेता पनि भरतिय प्रहरीहरुले अाफु हरुलाई गालि बैजति गर्ने गरेको र अत्यन्तै दुःख दिने गरेको उनले बताए ।

रतुवा खाेलामा झुलुङगे पुल निर्माण गरिदिए अाफुहरुले भारतीय प्रहरीकाे ज्यादती अत्यन्तै कम हुने गरेको बताए । साे ठाउँमा बिगत २६ बर्ष देखि उनिहरुकाे वसाेवास रहेको र बिगतमा एक सय ५० घर धुरी रहेकोमा अहिले अाएर बाटाेघाटाे, स्वास्थ्य सेवा नपुग्दा बिस्तापित भएर अहिले एक सय घर रहेको छ । उनीहरुले अाफ्नाे खेतीयोग्य खाेलामा परिणत भएपछि अहिले भारतीय भुमिमा गएर खेति ठेक्का र अधियामा लिएर धान,गहुँ, तरकारीहरु उव्जनि गरेर अाफ्नाे दैनिकी गुजरा चलाई रहेका छन । त्यस ठाउँमा सर्वसाधारणहरुले श्रीलंकाकाे टापु भनेर परीचित समेत हुन गएकाे छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...