News Portal

कुवेतमा जनवरी ४ मा हुने सांगीतिक कार्यक्रमको तयारी पुरा, खुमन अधिकारीले धमका मच्चाउदै

हिमाली संचार संवाददाता
८४० पटक

कुवेत : आउदो शुक्रबार आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतको सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ। अंग्रेजी नयाँ बर्ष २०१९  जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रममा लोकप्रिय गायक गीतसंगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जितन सफल बहुचर्चित गायक खुमन अधिकारीको साथमा मनाउने कार्यक्रमको सम्पूर्ण तयारी भएको समाजका अध्यक्ष डोल राज न्यौपानेले जानकारी दिए।

उक्त सांगीतिक कार्यक्रमका लागी बहुचर्चित लोक गायक खुमन अधिकारी जनवरी ३ तारिख बिहान ५ बजे फ्लाई दुबई एरवेजबाट कुवेत आइपुग्ने हुँदा सम्पूर्ण कुवेतमा कृयासिल संघसँस्थालाई स्वागतको लागी उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।

“मौलिक कला र सस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले कुवेतमा अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम भब्य रुपमा सफल पार्न जोडतोडका साथ लागेको संस्थाका अध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए।

कार्यक्रममा अतिथि कलाकारले धमाका मच्चाउने छन् भने स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।

संस्थाका अध्यक्ष डोलराज न्यौपानेले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गरेका छन ।

             तपशिल

मिति : जनवरी ४ तारिख शुक्रबार २०१९
स्थान : हवालीस्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय : बिहान ११ बजे
आयोजक : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...